MENU

विशेष

गर्न सक्नेलाई बारीकै माटोमा पैसा छ

श्यामशशितल परियार/उज्यालो ।  

लमजुङ, पुस १४ – उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर पनि उहाँ अझै सक्रिय जीवन बिताइरहनुभएको छ । बिहान उठेपछि पूजापाठ । त्यसलगत्तै, घर अगाडिको दुई रोपनी जग्गामा लगाइएको केराको हेरचाहमै समय बित्छ, उहाँको । सकेसम्म केराको गोडमेलमा उहाँ आफै गर्नु हुन्छ । लमजुङको सुन्दरबजार नगरपालिका–९, तार्कु कमेरेका पद्मदत्त ढकाललाई हिँड्नका लागि लौराको सहारा चाहिन्छ । घर्किदो उमेरमा पनि कृषि कर्ममा रम्न पाउँदा उहाँलाई खुशी र आत्मसन्तुष्टि दुवै मिलेको छ । ‘सकुञ्जेलसम्म केही काम गर्नैपर्छ, कृषि कर्मबाटै छोराछोरी हुर्काइयो, पढाइयो’,  कान कम सुन्नने उहाँले चर्को श्वरमा भन्नुभयो, ‘यो उमेरमा पनि सकेको काम गरेकै छु ।’

पद्मदत्तलाई उहाँकी श्रीमती पार्वती ढकालले पनि सघाउनुहुन्छ । पहिले धान, मकै, कोदो खेती गर्ने ढकाल दम्पत्ति उमेर ढल्केसँगै केराखेतीमा तानिएका हुन् । केराखेतीबाट राम्रो आम्दानी भएको छ ।

‘पहिले कोदो, धान, मकै लगाइन्थ्यो, अहिले त उमेर ढल्कदै गयो, यो बुढेसकालमा खनजोत गर्न गाह्रो हुन्छ’, पार्वतीले भन्नुभयो, ‘कम लगानी र श्रम गरे पुग्छ, अरु खेतीभन्दा केराबाट आम्दानी राम्रो हुन्छ, त्यसैले केराखेती गरेका हौँ, सकेको काम गरिरहेका छौँ ।’

सात मध्ये चार छोरा पनि केरा खेतीमै 

ढकाल दम्पत्तिका ७ छोरा र ३ छोरी छन् । सबै छोराहरुले आ–आफ्नो घर सम्हालिसकेका छन् । छोरीहरुले आफ्नै घरमा छन् । नातिनातिनाका धनी भइसकेका ढकाल दम्पत्ति अहिले छुट्टै घरमा बस्दै आएका छन् । नजिकै छोराहरुको घर छ । छुट्टै घरमा बसे पनि सबै छोराहरुले बाआमाको ख्याल राख्छन्, काममा सघाउँछन्, गाह्रोसाह्रोमा उत्तिक्कै साथ दिन्छन् । 

पद्ममदत्तले सबै छोराहरुलाई अंश बाँडफाँड गरी सक्नुभएको छ । सबै दाजुभाइ मिलेर काम गर्छन्, आफूले जाने सिकेको कृषि कर्मका ज्ञान, सीप एकअर्कामा आदानप्रदान पनि गर्छन् । 

बोटमै बिक्छ केरा

ढकालका जेठा छोरा मुक्तिनाथ ढकाल पेसाले शिक्षक हुनुहुन्छ । तार्कु खहरेस्थित विद्याज्योति माविमा पढाउने उहाँले एक रोपनी जग्गामा केरा खेती गर्नुभएको छ । साथमा व्यावसायिक तरकारी र कफि खेती पनि गर्नुभएको छ । ‘शिक्षण पेसासँगै फुर्सदको समय कृषि कर्मममा बिताउने गरेको छु, प्रतिफल राम्रै छ’, उहाँले भन्नुभयो, ‘केरा बोटमै बिकेका छन् । आजसम्मलाई बजारको अभाव छैन ।’

उहाँका अनुसार बगैँचाबाट उत्पादित केरा किन्नका लागि घरमै व्यापारी आउने गर्छन् । ‘काँचो दर्जनको ४० देखी ५० रुपैयाँ र पाकेको केरा प्रतिदर्जन ६० देखि ८० रुपैयाँका दरले बेच्ने गरेका छौँ’, उहाँले बजारभाउ सुनाउनुभयो । गर्न सकेमा आफ्नै पाखोबारीको माटोमा पैसा रहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खनाइदैछ श्रम खाड़ीको देशमा, सबै सोच्छन सुन फल्छ विदेशमा, नेपालमा पैसा हैन श्रम सम्मानको खाँचोंछ, विदेशमा पसीना बग्दैछ तर मातृभूमि बाझो छ।

    राकेश लुइटेल / भक्तपुर
  • हामी नेपाली कामकालागि खाडी जान्छौं । जहाँ जान सरकारले फ्रिः भिसा फ्रिःटिकटको व्यवस्था गरेको छ। तर म्यानपावरले ठगि गरि धेरै पैसा लिने गरेको छ। हामीहरुलाई विदेश पठाउन सरकारले नै व्यवस्था गरे हुदैन र? यदि यसो गरेमा धेरै नेपालीहरु ठगिबाट जोगिने थिए कि?

    रुद्रबहादुर बिक/ दाङ
  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
सबै हेर्नुहोस