MENU

विशेष

युएईमा एक वर्षमा ६६ जना नेपालीले ज्यान गुमाए

उमाकान्त पाण्डे/उज्यालो । 

युएई , पुस १८– गएको वर्ष युएईमा ६६ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने मध्ये ६० जना पुरुष र ६ जना महिला छन् । यो सख्या अघिल्लो वर्ष भन्दा दुईजनाले धेरै हो । सन् २०१५ मा ६४ जना नेपाली कामदारको ज्यान गएको थियो । 

हृदयघात, मस्तिष्क पक्षघात तथा धेरै रक्सी खाएका कारण सन् २०१६ मा ३६ जनाको ज्यान गएको छ । यसलाई प्राकृतिक कारण भनिएको छ । २२ जनाको हृदयघातका कारण, ८ जनाको बिभिन्न रोग लागेर र ५ जनाले धेरै जाडरक्सी खाएका कारण ज्यान गुमाएका हुन् । एक जनाको मृत्युको कारण खुलेको छैन । 

युएईस्थित नेपाली दूतावासको तथ्याँक अनुसार १२ जनाले आत्महत्या गरेको र १८ जना दुर्घटनामा परेका छन् । यसमध्य ८ जनाको सडक दुर्घटना र अन्य ४ जनाको जलेर तथा पानीमा डुबेर ज्यान गएको हो । त्यस्तै ३ जनाको कार्यस्थलमै दुर्घटना भएको, २ जनाको हत्या भएको र बाँकी एक जनाको कारण खुलेको छैन। 

२६ देखी ३० वर्ष उमेर समुहका १७ जना, ३१ देखी ३५ वर्षका १६ जना, २१ देखी ३५ वर्षका १२ जना रहेका छन् । ३६ देखी ४० वर्षका ७ जना, ४१ वर्ष माथिका १० जना र  २० वर्ष तलका ४ जनाले ज्यान गुमाएका छन् । 

गएको ४ वर्षमा २ सय ६३ जना नेपालीले यूएईमा ज्यान गुमाएका छन् । सडक दुर्घटनामा परेर युएईमा ज्यान गुमाउनेको सँख्या औसतमा गएको तीन वर्षमा समान छ । तर पछिल्ला ३ बर्षमा त्यसरी ज्यान गुमाउनेको सख्या भने आधाले घटेकाे छ । सडक दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली हुन् । 

गएको चार वर्षमा विविध कारणले ज्यान गुमाउनेको संख्या घटे पनि जाडरक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या बढेको छ । त्यस्तै जाडरक्सी खाएर झै झगडा तथा हो–हल्ला गरेका कारण पक्राउ परेर जेल जीवन बिताउने नेपालीको संख्या पनि बढेको दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । 

पछिल्लो पाँच वर्षको तथ्याकं अनुसार युएईमा औसतमा ज्यान गुमाउने नेपालीको संख्या घट्दै गएको छ । दूतावास एक्लैले भन्दा पनि कामदार आफैं सचेत भई खानपिनमा विशेष ध्यान दिएर काम गरे मृत्युदर न्यून गर्दै लान सकिने युएईका लागि कार्यबाहक राजदूत नेत्रबहादुर टण्डनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • कुवेतको अस्पतालबाट भागिरथलाई नेपाल ल्याउन पैसा पुगेन

    कुवेतको अस्पतालमा ७ महिनादेखि उपचार गराई रहेका नवलपरासीको जहदा दविल्लाका भागिरथ चापागाईंलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले अपिल गरेको छ । १४ महिना अघि कुवेत पुगेका भागिरथ सडक दुर्घटनामा परेपछि अस्पतालमा हुनुहुन्छ ।

  • खाडीका सात देश जाने युवा ठग्न गाम्काको अर्को चलखेल

    खाडीका सात देशमा जाने कामदारलाई स्वास्थ्य परिक्षणका नाममा फेरि आर्थिकभार थप्ने चलखेल सुरु भएको छ । गाम्का नेपालले स्वास्थ्य परिक्षण गर्नु पहिले अनलाइन फारम भर्नुपर्ने भन्दै वैदेशिक रोजगार व्यवसायी संघमा पत्रचार गरेको हो । अनलाइन फारम भरेर कामदारले १० डलर गल्फ हेल्थ काउन्सिलको खातामा जम्मा गर्नुपर्ने नियम लगाएको छ ।

  • केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लान इजरायल तयार

    इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौट गर्ने संस्था पिआइबिएबिच छलफल सुरु भएको छ ।

  • देश निकालामा परेका युवा भन्छन् : नेपाल फर्किएपछि पनि न्याय पाएनौं

    ‘युएईमा काम गरेको पैसा नपाए पनि विदेश जाँदा फसेको पैसा मात्रै दिएपनि हुन्थ्यो,’ पीडित मध्येका एक बिनोद नेपाली भन्नुहुन्छ, ‘क्षतिपूर्ति कसले दिन्छ थाहा छैन, तर दुःख चाँहि युएई र यहाँ उस्तै पाइरहेका छौं ।’

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु नै छ जहाँ बसे पनि तर आँखाबाट आसु त्यो बेला झर्छ जब हामी आफ्नै नेपाली साथीबाट हेपिन्छौँ र लुटिन्छौँ। यदि हामी अनुशासनमा रही काम गर्‍यौँ भने यहाँको लोकल मान्छेसँग खासै डर हुँदैन तर आफ्नोसँग हुन्छ।

    जय नारायण /मलेसिया
  • विदेशस्थित कम्पनीहरुमा काम गर्ने नेपाली कामदारहरु कुनै कानूनी झमेलामा परेमा उक्तकम्पनीले भिसा क्यान्सील गरिदिने कारणले गर्दा ति कामदारहरु ज्यादैनै मारमापर्ने गरेका छन्। पिडितको तर्फबाट न्यायमा पहुँच पुर्‍याउनका लागि न नेपाल सरकारले चासो देखाएको छ न  त कुनै रोजगारदाताले नै। कामदारहरुका कानूनीहकहितको लागि कुनै पहल नगरिनु राज्यको गैर जिम्मेवारिपन हो। जुन क्षेत्रबाट कर असुलिन्छ देशको प्राथमिकता त्यस क्षेत्रको सुधारमा हुनुपर्दछ। तसर्थ राज्यबाट आधिकारिकरुपबाट विदेश गएका प्रत्येक कामदारको न्यायिकहक सुनिश्चितता गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जावस्। 

    नाम ठेगाना उल्लेख नगरेको / इनरुवा
  • त्यहाँ देखि तपाईंहरूले सम्पर्क नम्बर त दिनुहुन्छ तर यहाँ चाहिँ ठूलो कुरा गर्दै उल्टो पैसा खाएर हामीलाई अप्ठ्यारो पार्ने काम भइरहेको हुन्छ। कतारमा पनि यस्तै घटना भएको छ। कम्पनीले तलब नदिएपछि दूतावासमा सम्पर्क गर्दा दूतावासको कर्मचारीले कम्पनीको मुदीरसँग घुस लिएर अप्ठ्यारोमा परेको छन्। कामदारलाई स्वदेश फिर्ता हुन चाहदा पनि नदिएको र काम नदिइकन राखेका छन्। यस प्रति कसैले ध्यान नदिएको बताएका छन् उक्त कामदारहरुले।

    जेम्स बिश्वकर्मा / कतार
  • म्यानपावरको झुठो आश्वनसनको कारणले नेपाली कामदारले साउदीमा धेरै नै समस्या भोगिरहेका छन्। म पनि त्यस्तै समस्यामा छु। मलाई सेलेसम्यानको काम भनेर पठाएको थियो तर यहाँ आएर फ्याक्ट्रिमा काम गर्नु परिरहेको छ। म्यानपावरलाई भन्दा कम्पनीले जे लगाउछ त्यही गर्नु पर्छ भन्छ। सरकारले अनुगमन गरे राम्रो हुन्थ्यो होला।

    फजरुल्लाह अन्सारी / साउदी अरब
सबै हेर्नुहोस