MENU

विशेष

एक वर्षमा २५ नेपालीले कुवेतमा ज्यान गुमाए, मृत्यु हुनेको संख्या पोहोरभन्दा कम

नैनकला राई/कुवेत ।

पुस १९ – एक वर्षको अवधिमा २५ जना नेपाली कामदारले कुवेतमा ज्यान गुमाएका छन् । सन् २०१६ को एक वर्षको अवधिमा कुवेतलाई कर्मथलो बनाउँदै आएकामध्ये २५ जनाले ज्यान गुमाएका हुन् ।

ज्यान गुमाउनेमा १८ पुरुष र सात जना महिला छन् । हृदयघात, मस्तिष्क पक्षघातजस्ता प्राकृतिक मृत्यु तथा विभिन्न रोगका कारण नौ जना पुरुष र तीन जना महिलाले ज्यान गुमाएका छन । त्यस्तै सडक दुर्घटनामा पाँच जना पुरुष र एकजना महिलाको मृत्यु भएको छ । रोजगारीका लागि कुवेतमा नै रहेका बेला चार जना पुरुष र दुई जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै, एकजना सुत्केरीले ज्यान गुमाएको नेपाली दूतावास कुवेतका सहचारी मनोज कुमार सिंहले जानकारी दिनुभयो । 

दूतावासको तथ्याङ्क अनुसार सन् २०१० देखी २०१५ सम्ममा दुई सय २७ जना नेपाली कामदारको विभिन्न कारणले निधन भएको थियो । गएको वर्ष सन् २०१५ को तुलनामा यो वर्ष मृत्यु हुनेको संख्या घटेको तथ्याङ्कले देखाएको छ । सन् २०१५ मा ४५ जना नेपाली कामदारले कुवेतमा ज्यान गुमाएको थिए । 

तथ्याङ्कलाई हेर्दा औसतमा ज्यान गुमाउने नेपालीको संख्या घट्दै गएको देखिएको छ । कामदारलाई ट्राफिक नियमको ज्ञान र डिप्रेसनबाट जोगिन जनचेतना बढेका कारण मृत्युदर घटेको सहचारी सिंहले बताउनुभयो । नयाँ कामदारलाई सम्बन्धित देशको नियम कानुनका साथै काम र मौसमको बारेमा जानकारी दिन सके डिप्रेसनबाट जोगिने र आउँदो दिनमा कामदार आफंै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । मौसम अनुकुल खानपिनमा ध्यान दिए मृत्युदर कम हुने उहाँको भनाई छ । 

कुवेतमा ६० हजार भन्दा धेरै नेपाली कामदार कार्यरत छन् । तीमध्ये झण्डै आधा नेपाली कामदार घरेलु कामदारको रुपमा कार्यरत छन् । 

सन् २०१७ को पहिलो दिन मोरङका जीवन भट्टराईले पनि ज्यान गुमाएका छन् । एउटै कम्पनीमा काम गर्ने रसुवाका राजेश ग्यावाले चक्कु प्रहार गरी जीवनको हत्या गरेका थिए । घटनाका बारेमा कुवेत प्रहरीले नेपाली दूतावासालाई जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस