MENU

विशेष

​२ करोड ३० लाख ठगेका राजा गुरुसँगै जेल गए

उजिर कार्की/उज्यालो । 

काठमाडौं, पुस १९-अरुलाई विभिन्न देशमा पुर्‍याउन सक्ने मान्छे आफैं त्यो भन्दा कम होला र ! सहजै अनुमान लगाउन सकिन्छ, उ यस अघिनै ती देशमा पुगिसकेको हुनुपर्छ । त्याहाँको बारेमा सबै थाहा भएको हुनुपर्छ । 

काठमाडौं महानगरपालिका ३० घर भई ललितपुरको महालक्ष्मी नगरपालिका १८ बस्ने बनोज भनिने अनुपकुमार सिंह भने न आफू ती देश गएका थिए न त अरुलाई नै भनेका देशमा पुर्‍याउन सके । अरुलाई आकर्षक रोजगारीका लागि अमेरिका, बेलायत, जापान पठाउँछु भन्ने अनुप यतिबेला आफैं नक्खू कारागार पुगेका छन् । 

झुटा आश्वसन दिएर विभिन्न व्यक्तिबाट २ करोड ३० लाख ४५ हजार रुपैयाँ ठगेका अनुपलाई आइतबार जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । आफूलाई राजा भन्ने अनुपसँगै सर्लाही राजघाटका गुरु भन्ने रमेश कुमार खत्री जेल परेका हुन् । 

यसरी ठगेका थिए गुरु र राजाले

चावाहिलमा हात हेर्ने ज्योतिषी बनेका रमेशले विदेशमा भाग्य र अवसर छ भन्दै मनोज सम्म युवा पुर्‍याउने काम गर्थे । ज्योतिषीले समेत राम्रो छ भनेपछि रोजगारीका जापान, वेलायत र अमेरिका जस्ता देशमा जान उत्सुक व्यक्तिहरु मनोजको फेला परेपछि थप ढुक्क हुन्थे । 

आफैं नेता हुँ भन्ने मनोजले आफ्नो मन्त्रीसँग पनि राम्रो सम्बन्ध रहेको बताउँथे । मनोजले मन्त्रीको भ्रमण टोलीसँगै केहिलाई अमेरिका, केहिलाई जापान र वेलायत पुर्‍याउने आश्वसन दिएका थिए । त्यहि आश्वसनमा परेर विदेश जान आत्तुर युवाले प्रतिव्यक्ति १८ लाख रुपैयाँ सम्म बुझाए ।

यसरी विभिन्न व्यक्तिबाट पैसा अशुलेपछि भने मनोजले सरकार परिवर्तनलाई समेत ढिलो हुनुको कारण बनाए । भिसा लागेको पासपोर्ट वितरण गर्न नेता ल्याए भने नक्कली भिसा लगाएर केहिलाई पासपोर्ट समेत दिए ।  

यसरि मनोजले आफूलाई शक्तिशाली देखाउने कोसिस गरे । यसरी विभिन्न बहानामा ठगीने युवाको भेट हुन थाल्यो र ठगीको रहस्य बिस्तारै खुल्न थाल्यो । मोटो रकम असुलेका मनोजसित पीडितको सम्पर्क विस्तारै पातलिन थाल्यो । 

त्यसपछि भाग्य देखाउने ज्योतिषी बनेका रमेशलेसमेत मनोजबाट आफैं पीडित भएको नाटक गर्न थाले । कहिँ केहि नचलेपछि कसैले वैदेशिक रोजगार विभाग, कसैले प्रहरी अपराध महाशाखा र कसैले ललितपुर प्रहरीमा उजुरी दिएका थिए । 

राजालाई मंसिर १८ गते प्रहरीले पक्राउ गरेपछि आफू पनि ठगिएको भन्दै ज्योतिषी खत्री १९ गते महानगरीय प्रहरी परिसर ललितपुर पुगे । तर सबै कुरा पत्ता लगाएको प्रहरीले उनलाई पनि छाडेन । 

यसअघि पनि जेल 

मनोजबहादुर सिंह अर्थात राजा यो भन्दा अघि दुईवर्ष जेल जीवन बिताएका व्यक्ति हुन् । उनी २०६८ मा ठगी र हातहतियार तथा खरखजाना मुद्दामा दुईबर्ष जेल बसेका थिए ।  उनको घरमा प्रहरीले खानतलासी गर्दा त्यसबेला इनारमा लुकाइएको दुईवटा पेस्तोल बरामद भएको थियो । त्यतिबेला उनले विभिन्न मान्छेलाई प्रहरीमा लगाइदिने भन्दै एक करोड रुपैयाँ भन्दा बढी असुल गरेका थिए । 

यो पनि पढ्नुहोस्

ज्योतिषी राखेर यसरी गरिन्छ ठगी 

ज्योतिषीले देखाए अमेरिकामा भविष्य, मन्त्रीसँगै जाने र उतै रमाउने चाहनामा युवाले बुझाए लाखौं रुपैयाँ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
  • विदेश जाने सोच्नु भएका साथिहरु कृपया कुनै पनि देश जानु भन्दा अगाडी त्यस देशको रहनसहन, भेषभुषा, धर्म, भाषा, वातावरण र काम गर्न जान लागेको कम्पनी नयाँ होकी पुरानो ! यस्ता कुरा राम्ररी बुझ्नुहोला। यदि नयाँ कम्पनी हो भने कामदार कति छन त्यस्ता कुरा पनि ध्यान दिनु पर्छ। विदेशीएका मध्य धेरैले भनेको काम नपाउनु, भने जति पैसा नपाउने भनेका यस्तै नयाँ कम्पनीहरु हुन। त्यसैले जसरी विदेश जान गाह्रो छ, त्यसको दश गुणा स्वदेश फर्कन छ। त्यसैले यदि जानु हुन्छ भने शाहस बोकेर जानुहोला। जस्तो सुकै काम गर्न सक्छु भन्न सक्ने मात्र जानु होला। विदेशमा सजिलो काम भन्ने हुदैन। अत्यन्तै गाह्रो हुन्छ। गए पछि तुरुन्त फर्कन सकिन्न। यदि फर्किहाले पनि लगानी डुब्छ। बरु त्यो लगानी नेपालमा गर्नुहोस। त्यहि लाभदायक हुनेछ। 

    हरि थापा/ भेड्पु दोलखा (हाल मलेसिया)
  • समस्या त धेरै छन् तर समस्यामध्ये मुल समस्या भनेको यो परदेशमा समयमा तलब नपाउने तलब पाए पनि आफूले गरेको कामको पुरा नपाउने।  साथै कामदारको लागि कम्पनीले दिने खाना अनि बस्ने ठाँउ राम्रो नहुनु। अनि मेरो आफ्नै अनुभवमा भन्नु पर्दा अर्को समस्या हामी आफैमा पनि हुन्छ। जस्तै कि आउने देशको भाषा, नियम कानुन, कामको बारेमा राम्रो जानकारी नहुनु। त्यसैले वैदेशिक रोजगारीमा आउनु भन्दा पहिला आफू जाने देशको बारेमा केही न केही जानकारीहरु हुनै पर्ने रैछ।

    राज कुमार तामाङ /अबुधाबी,युएई
सबै हेर्नुहोस