MENU

विशेष

मलेसिया जाँदा अढाई लाख, फर्कंदा ५० हजार ऋण

बलराम भट्ट/मलेसिया । 

पुस २२ – कुनै समय मलेसियामा काम गर्न जाँदा ऋणमा फसेका धादिङको धुषा ७ का सानुबाबु सिलवाल अहिले गाउँको अब्बल कृषक बन्नुभएको छ । कृषि गर्ने पुरानो तरिका फेरेर उहाँले नयाँ किसिमले कृषि गर्न थाल्नुभएको छ । 

विदेशमा पाएको दुःखले स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उहाँको धारणा छ । विदेशमा जत्तिकै परिश्रम गर्ने हो भने स्वदेशमा धेरै आयस्ता गर्न सकिने उहाँले बताउनुभयो । 

विदेशका विषयमा सुनेको र आफूले प्रत्यक्ष भोगेको कुरा आकाश जमिनको फरक हुँदोरहेछ भन्ने सानुबाबुलाई लागेको छ । त्यै भोगाइ पछि आफ्नै ठाउँमा खेर गइरहेको स्रोत साधन सदुपयोग गरेर उहाँले व्यवसाय गर्ने सोच बनाउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुमा नेपालमा नै व्यवसाय गर्नका लागि तनमन तयार बनाएँ । यही जाँगर चलाएर काम गर्छु भन्ने सोच र अठोट लिएँ ।’

तीन लाख रुपैयाँ ऋण लिएर आफ्नै खेतबारीमा बोडी, सिमी र टमाटर लगाउँदा पहिलो बाली राम्रैसँग भयो । अहिले दिनमा तीन क्विन्टल भन्दा बढि टमाटर बिक्रि हुन्छ । दैनिक एक क्विन्टल सिमि र त्यतिनै बोडी बजारमा जान्छ । सानुबाबुले राखेको हिसावकितावमा दैनिक आम्दानी १३ हजार भन्दा धेरै हुन्छ । 

सानुबाबुले यो भन्दा अझै ठूलो र फराकिलो ठाउँमा आधुनिक तरिकाले गर्ने सोच बनाउनुभएको छ । सँगै दुई जना युवालाई पनि काम दिने तयारी गरिरहनुभएको छ । उहाँले खेतीपातीबाटै मनग्य आम्दानी गर्न थालेपछि गाउँका धेरैजसो युवाहरु यसरी नै तरकारी खेतीमा आकर्षित भएका छन् ।

भरोसै भरोसामा मलेसिया पुगेका सानुबाबुलाई विदेश पुगेपछि मात्रै ठगिएको थाहा भयो । तर अहिले गाउँ फर्केर आफ्नै व्यवसाय गर्न थालेपछि उहाँ खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘जसोतसो आफ्नै ठाउँमा आइपुगे, म यसमा नै खुसी छु । नेपालमै दुःख गर्छु, खानै नपाए पनि पासपोर्ट बोकेर दलालकोमा धाउँदिन ।’

मलेसियाका सास्ती 

झण्डै डेढ वर्ष अघि काठमाडौंको एक म्यानपावरलाई दुई लाख २५ हजार रुपैयाँ बुझाएर सानुबाबु मलेसिया पुग्नुभएको थियो । मलेसियाको सेलाङ्गोर राज्यमा रहेको नास्कमी कम्पनीमा काम गर्न पुगेका उहाँलाई हप्ता दिनमै वैदेशिक रोजगारीले विरक्त मात्रै बनाएन्, बाँच्न समेत सकस हुन थाल्यो । धेरै हप्ता बितिसक्दा पनि कम्पनीले नत काम दियो, नत पैसा नै । साथमा भएको केही पैसा पनि एयरपोर्टमै सकिएको थियो । 

सधंै एउटै कोठामा धेरै जना कोचेर राखिन्थ्यो । सानुबाबुसहित अरु कामदारलाई कैदीबन्दीको जस्तै व्यवहार गरिन्थ्यो । म्यानपावरले उनीहरुलाई मलेसियामा सप्लाई कम्पनीमा पठाएको थियो । ३५ दिन त्यसरी नै बिते । 

म्यानपावर उद्दार गर्न अग्रसर भएको थिएन् । कम्पनीले खाना दिन छाडेपछि उनीहरुले चिनारुहरुसित केही दिन मागेर खाए । अन्ततः गाउँकै साथीसँग ऋण काडेर ५० औं दिनमा उहाँ घर पुग्नुभयो । उहाँले मलेसिया जान म्यानपावरलाई बुझाएको दुई लाख २५ हजार रुपैयाँ अहिलेसम्म फिर्ता पाउनुभएको छैन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • कुवेतको अस्पतालबाट भागिरथलाई नेपाल ल्याउन पैसा पुगेन

    कुवेतको अस्पतालमा ७ महिनादेखि उपचार गराई रहेका नवलपरासीको जहदा दविल्लाका भागिरथ चापागाईंलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले अपिल गरेको छ । १४ महिना अघि कुवेत पुगेका भागिरथ सडक दुर्घटनामा परेपछि अस्पतालमा हुनुहुन्छ ।

  • खाडीका सात देश जाने युवा ठग्न गाम्काको अर्को चलखेल

    खाडीका सात देशमा जाने कामदारलाई स्वास्थ्य परिक्षणका नाममा फेरि आर्थिकभार थप्ने चलखेल सुरु भएको छ । गाम्का नेपालले स्वास्थ्य परिक्षण गर्नु पहिले अनलाइन फारम भर्नुपर्ने भन्दै वैदेशिक रोजगार व्यवसायी संघमा पत्रचार गरेको हो । अनलाइन फारम भरेर कामदारले १० डलर गल्फ हेल्थ काउन्सिलको खातामा जम्मा गर्नुपर्ने नियम लगाएको छ ।

  • केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लान इजरायल तयार

    इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौट गर्ने संस्था पिआइबिएबिच छलफल सुरु भएको छ ।

  • देश निकालामा परेका युवा भन्छन् : नेपाल फर्किएपछि पनि न्याय पाएनौं

    ‘युएईमा काम गरेको पैसा नपाए पनि विदेश जाँदा फसेको पैसा मात्रै दिएपनि हुन्थ्यो,’ पीडित मध्येका एक बिनोद नेपाली भन्नुहुन्छ, ‘क्षतिपूर्ति कसले दिन्छ थाहा छैन, तर दुःख चाँहि युएई र यहाँ उस्तै पाइरहेका छौं ।’

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु नै छ जहाँ बसे पनि तर आँखाबाट आसु त्यो बेला झर्छ जब हामी आफ्नै नेपाली साथीबाट हेपिन्छौँ र लुटिन्छौँ। यदि हामी अनुशासनमा रही काम गर्‍यौँ भने यहाँको लोकल मान्छेसँग खासै डर हुँदैन तर आफ्नोसँग हुन्छ।

    जय नारायण /मलेसिया
  • विदेशस्थित कम्पनीहरुमा काम गर्ने नेपाली कामदारहरु कुनै कानूनी झमेलामा परेमा उक्तकम्पनीले भिसा क्यान्सील गरिदिने कारणले गर्दा ति कामदारहरु ज्यादैनै मारमापर्ने गरेका छन्। पिडितको तर्फबाट न्यायमा पहुँच पुर्‍याउनका लागि न नेपाल सरकारले चासो देखाएको छ न  त कुनै रोजगारदाताले नै। कामदारहरुका कानूनीहकहितको लागि कुनै पहल नगरिनु राज्यको गैर जिम्मेवारिपन हो। जुन क्षेत्रबाट कर असुलिन्छ देशको प्राथमिकता त्यस क्षेत्रको सुधारमा हुनुपर्दछ। तसर्थ राज्यबाट आधिकारिकरुपबाट विदेश गएका प्रत्येक कामदारको न्यायिकहक सुनिश्चितता गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जावस्। 

    नाम ठेगाना उल्लेख नगरेको / इनरुवा
  • त्यहाँ देखि तपाईंहरूले सम्पर्क नम्बर त दिनुहुन्छ तर यहाँ चाहिँ ठूलो कुरा गर्दै उल्टो पैसा खाएर हामीलाई अप्ठ्यारो पार्ने काम भइरहेको हुन्छ। कतारमा पनि यस्तै घटना भएको छ। कम्पनीले तलब नदिएपछि दूतावासमा सम्पर्क गर्दा दूतावासको कर्मचारीले कम्पनीको मुदीरसँग घुस लिएर अप्ठ्यारोमा परेको छन्। कामदारलाई स्वदेश फिर्ता हुन चाहदा पनि नदिएको र काम नदिइकन राखेका छन्। यस प्रति कसैले ध्यान नदिएको बताएका छन् उक्त कामदारहरुले।

    जेम्स बिश्वकर्मा / कतार
  • म्यानपावरको झुठो आश्वनसनको कारणले नेपाली कामदारले साउदीमा धेरै नै समस्या भोगिरहेका छन्। म पनि त्यस्तै समस्यामा छु। मलाई सेलेसम्यानको काम भनेर पठाएको थियो तर यहाँ आएर फ्याक्ट्रिमा काम गर्नु परिरहेको छ। म्यानपावरलाई भन्दा कम्पनीले जे लगाउछ त्यही गर्नु पर्छ भन्छ। सरकारले अनुगमन गरे राम्रो हुन्थ्यो होला।

    फजरुल्लाह अन्सारी / साउदी अरब
सबै हेर्नुहोस