MENU

विशेष

विदेशमा रहेका आफन्तसित सस्तोमा कसरी कुरा गर्ने ?

काठमाडौं, पुस २३– अर्घाखाँचीको खन बडाचौरका रविलाल खनाल १३ वर्ष अघि २५ वटा खाम बोकेर युएई जानुभएको थियो । रोजगारीका लागि गएका रविलालले चिठ्ठी लेखेर तिनै खाममा परदेशका सुख दुःख परिवारसम्म पठाउनु हुन्थ्यो । त्यस्ता चिठ्ठी पत्र घरपरिवार, आफन्त र छरछिमेकका खबर बोकेर ओहोर–दोहोर हुन्थे ।

तर चिठ्ठी ओहोर दोहार हुन लामो समय लाग्थ्यो । खबर थाहा पाउन महिनौं सम्म कुर्नु पथ्र्यो । कतिपय समय त चिठ्ठी पत्र भन्दा पहिले मान्छे आइपुग्थे । एक दशक अघिसम्म परदेशबाट गाउँमा र गाउँबाट परदेशमा चिठ्ठी पत्र हुलाकमार्फत खबर आदानप्रदान गरिन्थ्यो । 

त्यसपछि छिट्फुट रुपमा गाउँमा स्याटलाइट मार्फत चल्ने फोन पुग्न थाले । लामो बाटो हिँडेर पुग्नु पथ्र्यो ।अनि, घण्टौं कुरेर आफन्तका खबर थाहा पाएर फर्किन्थे परदेशीका परिवार । यो समय धेरै लामो समय रहेन । दिनदिनै प्रविधिको विकास हुन थाल्यो । 

गाउँ गाउँमा सिडिएमए सेट फोन पुग्न थाले । त्यसको लामो समय पर्खनै परेन । घर घरमा प्रत्येक व्यक्तिको हात हातमा मोवाइल पुग्यो । नेपालमा मोवाइल नहुने परिवार सायद नहोलान् । 

तर यसको सदुपयोग गर्न जाने झनै सुलभ मुल्यमा परदेशमा रहेका आफन्तसित कुरा गर्न सकिन्छ । टेलिफोन, मोवाईल फोनबाट कुरा नगरी इमेल इन्टरनेटबाट कुरा गर्ने हो भने धेरै सस्तो पर्छ । 

फेसबुक, भाइवर, स्काइपी, ह्वाट्सएप, इमोजस्ता एप्लिकेसनहरुले इन्टरनेटमा कुराकानी गर्न सजिलो पारेका छन् । अडियो मात्रै होइन्, भिडियो सहित यस्ता एप्लिकेसनबाट कुरा गर्न सकिन्छ । र यसरी कुरा गर्दा सस्तो पनि पर्छ । 

नेफ्स्कोनका कार्यकारी अधिकृत शिवजी सापकोटाले वैदेशिक रोजगारमा गएकाका परिवारलाई कसरी परदेशमा रहेका आफन्तसित कुराकानी गर्ने भन्ने विषयमा सिकाउन थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, यी माध्यमबाट कुरा गरेमा नेपालकै मुल्यमा परदेशमा रहेका आफन्तसित कुरा हुन सक्छ । 

नियमित कुराकानी सहज र सुलभ भए परिवारको व्यवस्थापनमा समेत सहयोग पुग्नेछ । परिवारिक विखण्डन कम हुने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

    नबीन अधिकारी / युएई
  • मैले CTEVT बाट इलेक्ट्रोनिक तालिम लिएको छुँ। मैले भोगेको र दखेको सरकारले तालिम दिन्छ तर नेपालमा काम नै पाइदैन। अगाडि लागेका ठेकेदारले आ-आफ्ना ब्याकतिलाई काममा लगाउछन। कतै काम पाए पनि हामिलाई सम्झौता अनुसारको तलब दिदैनन्। त्यसैले हामि जस्ता गरिब कामदारले विदेशिनु पर्छ।

    मनराज बोगटी / कुच्चि, कालिकास्थान, अछाम
  • वैदेशिक रोजगारीमा सरकार आफैले आफ्नै निगरानीमा पठाउनु पर्छ, त्यो भन्दा पहिला सरकारलाई सम्पूर्ण जानाकारी प्रशासनिक रुपमा सम्बन्धित दूतावासले गर्नुपर्छ र बढिमा २ महिनाको कमाइ सरकारले आफैले राख्नुपर्दछ। रेमिट्यान्समा चलेको देशले यति कदम चाल्न मिल्छ कि नाई? म्यानपावरले गर्ने नै ठगी हो, सबै सचेत होउँ। सबै म्यानपावर सरकारको मापदण्ड र नियमसँग चल्ने हुनुपर्दछ, ब्याक्तिगत हावी कत्ती हुनुहुन्न।  

    किरण ढुङ्गाना / युएई
  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
सबै हेर्नुहोस