MENU

विशेष

वैदेशिक रोजगारीका क्रममा पीडित भएकालाई ‘साथी अभियान’ले सहयोग गर्ने

पुस २४ – नेपाली साझा मञ्च साउदी अरबले ‘साथी अभियान’ सञ्चालनमा ल्याएको छ । रोजगारीका क्रममा पीडित भएकालाई निःशुल्क कानूनी सहयोग र परमर्श दिन अभियान सञ्चालनमा ल्याइएको हो । 

नेपाली राजदूतावास रियादका श्रम सहचारी अम्बिकाप्रसाद अधिकारी, गैर आवासीय नेपाली संघ साउदी अरबका पूर्व अध्यक्ष पुरुषोत्तमदास श्रेष्ठ, तमु धिंका केन्द्रीय सदस्य तुलसीमाया गुरुङ र हरी घिमिरे लगायतले संयुक्त रुपमा नेपाली साझा मञ्चको लोगो अंकित “देशका लागि केही त गरौं ।” लेखिएको टिसर्ट लोकार्पण गरेर अभियान सञ्चालन भएको घोषणा गरिएको थियो । कार्यक्रममा संघसंस्थाका प्रतिनिधि एवं समाजसेवीहरुले शुभकामना दिँदै अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अभियान सञ्चालनका लागि सरस्वती भट्टको संयोजकत्वमा कानुन व्यवसायी र समाजसेवी सम्मिलित समिति गठन गरिएको छ । संस्थाकी सचिव भट्टको संयोजकत्वमा रहेको समितिमा जगनाथ घिमिरे, सञ्जय प्रसाईं, शेखरमान तामाङ, अम्बिकादेवी भट्टराई र चन्द्रकला घिमिरे सदस्य रहेका छन् ।

संस्थाका संरक्षक तथा अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठले साथी अभियान मार्फत पीडित र उनीहरुका परिवारलाई न्याय दिलाउने तथा राहतका लागि आवश्यक कानूनी सहयोग गर्ने जानकारी दिनुभयो । वैदेशिक रोजगारीका क्रममा पीडित भएका र तीनका परिवारले काठमाडौंबाट सेवा लिन सक्ने उहाँले बताउनुभयो । 

काठमाडौंको तीनकुनेस्थित मञ्चकोे केन्द्रीय कार्यालयबाट साथी अभियानको सेवा सर्वसाधारणले लिन सक्नेछन् । अभियान मार्फत कानूनी सहयोगका साथै रोजगारीका क्रममा ज्यान गुमाएकाको परिवार र अंगभंग भएकाहरुलाई आर्थिक राहत दिलाउनपनि सहयोग गरिनेछ । रोजगारीका क्रममा साउदी अरबमा रहेका नेपालीहरुले एक वर्ष अघि (जनवरी ५, २०१६)मा फेसबुकमार्फत नेपाली साझा मञ्च स्थापना गरेका थिए । 

पहिलो वार्षिकोत्सवको अवसरमा साउदी अरबको जुबैलमा आयोजना गरिएको कार्यक्रममा मञ्चले विभिन्न संघसंस्था, समाजसेवी र नेपाली कुटनैतिक नियोगका कर्मचारीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुने संस्थाहरुमा गैर आवासीय नेपाली संघ साउदी अरब, मैथली एकता समाज, जिफन्ट, दलित एकता सञ्जाल, आदिवासी जनजाति महासंघ, नेपाली जन प्रगतिशिल मञ्च, फ्रेण्डस् अफ नेपाल, स्याङ्जा सहयोग समाज, नेपाली एकता समाज, नेपाली जनसम्पर्क समिती, नेपाली प्रवासी समाज, तमु धिं, नेवाः समाज रहेका छन् । त्यस्तै विवेकशिल नेपाली दल, नेपाल मगर संघ, गन्तव्य नेपाल, प्रवासी नेपाली मञ्च, नेपाली युवा क्लब, नेपाली सेवा समाज, संयुक्त नेपाली समाज, संघीय लिम्बूवान सामाजिक मञ्च, लोकतान्त्रिक राष्ट्रिय मञ्च, परोपकार सेवा समाज हेटौंडा, नेपाल जन प्रगतिशील मोर्चा, एनए मिडिया, सैलुङ्ग डट कम, लुम्बिनी प्रवासी सम्पर्क मञ्च, नवलपरासी प्रवासी सम्पर्क मञ्चलगायतलाई पनि मञ्चले सम्मान गरेको छ । 

त्यसैगरी समाजसेवीहरु जोहन अर्याल, जेन लामा, राजु सैयद, विदुर कोइराला, धरम केसी, पुरुषोत्तम दास श्रेष्ठ, परशुराम मिश्र, किशोर थापा, श्री यवा लिम्बू, मुस्ताकमदानी, गोविन्द चौहान, होमनाथ लामिछाने, दिपेन्द्र खड्का, राजेश सेन्दाङ्ग, भक्त हमाल, विशाल श्रेष्ठ, नवराज काफ्ले, विधुर पौडल, तेजुकुमार श्रेष्ठ, घनश्याम कुमार कुवँर (जिके क्षेत्री), हेमचन्द्र थापा, विष्णु थापा मगर, कृष्ण पुरी, ओमप्रसाद फुयाँल, अन्जनी कुमार अधिकारी, भोजकुमार कार्की, राजन सुवेदी लगायतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्द प्रसाद शर्मा, श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, कार्यवाहक महावाणिज्यदूत रेवती रमण पौडेल, श्रम सहचारी भोजराज घिमिरे, दूतावासका विजयकुमार राउत, सूर्यप्रसाद अर्याल, सन्तोष कुमार अधिकारी, वीरकुमार राय, अमानुल्ला मन्सुर, सरोजचन्द्र अधिकारी, हरी घिमिरे र मानबहादुर थापालाई पनि सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय अभियन्ता तथा कार्यक्रम संयोजक कृष्ण पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहेका श्रम सहचारी अम्बिकाप्रसाद अधिकारीले साथी अभियानले पीडितलाई सेवा दिन सफल भए वैदेशिक रोजगारीमा देखिएका समस्या कम हुँदै जाने अपेक्षा गर्नुभयो । नेपाली युवालाई स्वदेशमै रोजगार दिलाउने अभियान पनि थालनी गर्न उहाँले आग्रह गर्नुभयो । 

एनआरएन साउदी अरबका संरक्षक पुरुषोत्तम दास श्रेष्ठले आफू संस्थाको नारा र अभियानबाट प्रभावित भएको चर्चा गर्दै नेपाली साझा मञ्च जस्ता संस्थाहरुको स्थापना हुन सके परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । 

लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा पीडित भएकाहरुको समस्या समाधानका लागि कार्यरत हरी घिमिरेले पदका पछि नलागी समाज परिवर्तन र देश विकासका लागि लाग्नु पर्नेमा जोड दिनुभयो । मञ्चले थालेको अभियानलाई निरन्तरता दिन पनि उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष रामकृष्ण घिमिरेले मञ्चलाई सबैको साझा बनाउन आफूहरु प्रतिबद्ध भएर लागि परेको बताउनुभयो । संस्थाको ढोका सबैका लागि खुल्ला रहेको उहाँले बताउनुभयो । 

मञ्चमा आवद्ध सदस्यहरुको भेलाले साउदी अरबका लागि १७ सदस्यीय राष्ट्रिय समन्वय समिति पनि गठन गरेको छ । समितिको संयोजक कृष्ण पुुरी र उपसंयोजकमा अजनीकुमार अधिकारी चयन हुनुभयो । सदस्यहरुमा देवेन्द्र सुवेदी, नवराज काफ्ले, तेजु कुमार श्रेष्ठ, जिके क्षेत्री, विष्णु घिमिरे, अकल प्रधान, भोजकुमार कार्की, गोविन्द चौहान रहनुभएको छ । बाँकी सात जना सदस्य अर्को बैठकले चयन गर्नेछ । त्यस्तै समितिको सल्लाहकारमा हरी घिमिरे, रामकृष्ण घिमिरे, भक्त हमाल, विदुर पौडेल र श्री यवा लिम्बू रहनुभएको छ । मञ्चको संरक्षकमा महेश श्रेष्ठलाई चयन गरिएको छ । 

वार्षिकोत्सव समारोहमा साउदी अरबमै रहेका गीतकार तथा समाजसेवी दिपेन्द्र खड्काकोे आधुनिक गीति एल्वम विमोचन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • कुवेतको अस्पतालबाट भागिरथलाई नेपाल ल्याउन पैसा पुगेन

    कुवेतको अस्पतालमा ७ महिनादेखि उपचार गराई रहेका नवलपरासीको जहदा दविल्लाका भागिरथ चापागाईंलाई नेपाल फर्काउन सहयोग गर्न परिवारले अपिल गरेको छ । १४ महिना अघि कुवेत पुगेका भागिरथ सडक दुर्घटनामा परेपछि अस्पतालमा हुनुहुन्छ ।

  • खाडीका सात देश जाने युवा ठग्न गाम्काको अर्को चलखेल

    खाडीका सात देशमा जाने कामदारलाई स्वास्थ्य परिक्षणका नाममा फेरि आर्थिकभार थप्ने चलखेल सुरु भएको छ । गाम्का नेपालले स्वास्थ्य परिक्षण गर्नु पहिले अनलाइन फारम भर्नुपर्ने भन्दै वैदेशिक रोजगार व्यवसायी संघमा पत्रचार गरेको हो । अनलाइन फारम भरेर कामदारले १० डलर गल्फ हेल्थ काउन्सिलको खातामा जम्मा गर्नुपर्ने नियम लगाएको छ ।

  • केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लान इजरायल तयार

    इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौट गर्ने संस्था पिआइबिएबिच छलफल सुरु भएको छ ।

  • देश निकालामा परेका युवा भन्छन् : नेपाल फर्किएपछि पनि न्याय पाएनौं

    ‘युएईमा काम गरेको पैसा नपाए पनि विदेश जाँदा फसेको पैसा मात्रै दिएपनि हुन्थ्यो,’ पीडित मध्येका एक बिनोद नेपाली भन्नुहुन्छ, ‘क्षतिपूर्ति कसले दिन्छ थाहा छैन, तर दुःख चाँहि युएई र यहाँ उस्तै पाइरहेका छौं ।’

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु नै छ जहाँ बसे पनि तर आँखाबाट आसु त्यो बेला झर्छ जब हामी आफ्नै नेपाली साथीबाट हेपिन्छौँ र लुटिन्छौँ। यदि हामी अनुशासनमा रही काम गर्‍यौँ भने यहाँको लोकल मान्छेसँग खासै डर हुँदैन तर आफ्नोसँग हुन्छ।

    जय नारायण /मलेसिया
  • विदेशस्थित कम्पनीहरुमा काम गर्ने नेपाली कामदारहरु कुनै कानूनी झमेलामा परेमा उक्तकम्पनीले भिसा क्यान्सील गरिदिने कारणले गर्दा ति कामदारहरु ज्यादैनै मारमापर्ने गरेका छन्। पिडितको तर्फबाट न्यायमा पहुँच पुर्‍याउनका लागि न नेपाल सरकारले चासो देखाएको छ न  त कुनै रोजगारदाताले नै। कामदारहरुका कानूनीहकहितको लागि कुनै पहल नगरिनु राज्यको गैर जिम्मेवारिपन हो। जुन क्षेत्रबाट कर असुलिन्छ देशको प्राथमिकता त्यस क्षेत्रको सुधारमा हुनुपर्दछ। तसर्थ राज्यबाट आधिकारिकरुपबाट विदेश गएका प्रत्येक कामदारको न्यायिकहक सुनिश्चितता गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जावस्। 

    नाम ठेगाना उल्लेख नगरेको / इनरुवा
  • त्यहाँ देखि तपाईंहरूले सम्पर्क नम्बर त दिनुहुन्छ तर यहाँ चाहिँ ठूलो कुरा गर्दै उल्टो पैसा खाएर हामीलाई अप्ठ्यारो पार्ने काम भइरहेको हुन्छ। कतारमा पनि यस्तै घटना भएको छ। कम्पनीले तलब नदिएपछि दूतावासमा सम्पर्क गर्दा दूतावासको कर्मचारीले कम्पनीको मुदीरसँग घुस लिएर अप्ठ्यारोमा परेको छन्। कामदारलाई स्वदेश फिर्ता हुन चाहदा पनि नदिएको र काम नदिइकन राखेका छन्। यस प्रति कसैले ध्यान नदिएको बताएका छन् उक्त कामदारहरुले।

    जेम्स बिश्वकर्मा / कतार
  • म्यानपावरको झुठो आश्वनसनको कारणले नेपाली कामदारले साउदीमा धेरै नै समस्या भोगिरहेका छन्। म पनि त्यस्तै समस्यामा छु। मलाई सेलेसम्यानको काम भनेर पठाएको थियो तर यहाँ आएर फ्याक्ट्रिमा काम गर्नु परिरहेको छ। म्यानपावरलाई भन्दा कम्पनीले जे लगाउछ त्यही गर्नु पर्छ भन्छ। सरकारले अनुगमन गरे राम्रो हुन्थ्यो होला।

    फजरुल्लाह अन्सारी / साउदी अरब
सबै हेर्नुहोस