MENU

विशेष

​विदेशमा सिकेका सबै सीप प्रयोग गर्ने ठाउँ पाइन

सुभास श्रेष्ठ/सर्लाही ।

सर्लाही, पुस २४ –  सर्लाहीको हरिऔन–१ लिच्ची टोलमा एउटा छाप्रोमा मोटर वर्कसप छ । वर्कसपमा व्यस्त हुनुहुन्छ सञ्चालक गोपाल श्रेष्ठ । यति व्यस्त कि बोल्ने फुर्सद पनि छैन उहाँसँग । 

अहिले वर्कसपमा व्यस्त गोपालको जिन्दगीमा उकाली ओराली धेरै छन् । १५ वर्ष अघिसम्म गोपालको परिवार गाउँकै सम्पन्न परिवारमा गनिन्थ्यो । खेतबारी थियो । अहिले वर्कसप भएकै ठाउँमा नौ गोल निकालिएको घर थियो । त्यहीबेला झाडापखाला लागेर गोपालका माइला दाजुको ज्यान गयो । गोपाल त्यतिबेला सानै हुनुहुन्थ्यो । त्यसैले त्यति धेरै बुझ्नु पनि भएन । तर बुवाआमालाई भने छोराको ज्यान गएपछि नमेटिने गहिरो चोट पर्यो । बुवाआमाले घरव्यवहार चलाउन गर्दै गरेको काम राम्ररी गर्न सक्नुभएन । 

बुवा रक्सीको लतमा लागेपछि गोपालको घरको आर्थिक अवस्था बिग्रिँदै गयो । त्यतिबेला गोपाल १७ वर्षको हुनुहुन्थ्यो । घरको त्यो अवस्था हेर्न नसकेपछि उहाँ भारत जानुभयो । ‘भारत जाने बेला मैले कमाएँ भने घरको अवस्था राम्रो होला भन्ने सोचें’ गोपाल भन्नुहुन्छ । 

तीन वर्ष भारत बस्दा घरको अवस्था सुधार्न सक्नुभएन उल्टै भएको पनि बिग्रियो । किनकी भारतबाट फर्किंदा गोपालको हात रित्तै थियो । त्यति मात्रै होइन तीन वर्ष भारत बसेर फर्किंदा आमा पनि बित्नुभएको थियो । अनि बुवाले भएको जग्गामध्ये १५ कठ्ठा जग्गा बेचिसक्नुभएको थियो । 

त्यही बिचमा बिहे गरेपछि भने गोपाललाई व्यवहारले झन धेरै थिच्यो । जेनतेन दुई वर्ष त बिताउनुभयो तर व्यवहार राम्रो हुनुको साटो झनै बिग्रिएपछि विदेश जाने निधोमा पुग्नुभयो । अनि चिनेकै एजेण्टमार्फत २०६५ सालमा मलेसिया पुग्नुभयो । 

मलेसियामा आल्मुनीयम कम्पनीमा काम गरेका गोपालले पाँच वर्ष त्यहीँ बिताउनुभयो । पाँच वर्षको कमाइले घरको अवस्था केही फेर्न सक्नुभयो गोपालले । ‘मलेसियाको कमाइले २५ कठ्ठा जग्गा किनें’ गोपालले सुनाउनुभयो । आफ्नै जग्गा जोडेपछि उहाँ घर फर्किनुभयो ।

आँट लिएर फर्किएका गोपालको कमाइ सबै जग्गामै लगानी भएपछि  फेरि विदेश नै जानुको विकल्प भएन । फेरि मलेसिया नै पुगेका गोपालले तीन वर्ष वडी वेल्डिङ वर्कसपमा काम गर्नुभयो । तीन वर्षको दोस्रो पटकको मलेसिया बसाई पहिलो पटकको जस्तो भएन । उहाँले केही कमाउनुभयो तर पहिलो पटकको जस्तो केहि जोड्ने गरी होइन । त्यसैले घर फर्किनुभयो । 

गोपाल नेपाल फर्किंदा घरको अवस्था उस्तै थियो तर गाउँ भने धेरै फेरिइसकेको थियो । धेरैले पक्की घर बनाएका थिए भने प्रायःले केही न केही व्यवसाय गरिरहेका थिए । ‘अरुले गरेको कामले मैले पनि नयाँ सम्भावना देखें’ गोपाल भन्नुहुन्छ ‘त्यही भएर मैले पनि ग्रील उद्योग सुरु गरें ।’

गोपालले ग्रील उद्योगमा सातलाख रुपैयाँ लगानी गर्नुभयो । त्यही उद्योगले गोपालको अवस्था फेरिदिएको छ । गोपाल अहिले महिनाको २५ देखि ३० हजार रुपैयाँसम्म कमाइरहनुभएको छ । काम र कमाइ त भैरहेको छ तर गोपाल अझै पनि सन्तुष्ट हुनुहुन्न गोपाल । 

उहाँ भन्नुहुन्छ ‘मेरो सीप अझै सबै प्रयोग गर्न पाएको छैन । मेरो दक्षता भनेको गाडीको बडी निर्माण गर्ने हो तर यहाँ त्यस्तो काम गर्ने ठाउँ छैन ।’ गाडीको इन्जिन र चेसिस मात्र ल्याएपनि गाडीको बडी बनाउन सक्ने गोपालको भनाइ छ । तर त्यो अनुसारको न उहाँले अवसर पाउनुभएको छ न त आफैं काम गर्न लाई त्यस्तो ठाउँ नै छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • काशीराम भन्छन्, छोरीले नेपाली बुझ्न छाडी, कसले नेपाल फर्काइदेला

    छोरीले फोन नगरेपछि काशीरामले यतैबाट त्यही नम्बरमा फोन गर्नुभयो तर अर्कै केटी नबुझ्ने भाषामा बोलेपछि उहाँलाई झनै छट्पटी भयो । के बोलेको बुझ्नु भएन तर छोरीलाई नेपाली नै बोल्न नसक्ने बनाइ सकेछन् कि क्या हो भनेर काशीराम छक्क पनि पर्नुभयो ।

  • मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा !

    नवलपरासीको देवचुली बजारको सडक पूर्वको आकर्षक दुई तले घरको भुर्इंतलामा ३५ वर्षकी हरिमाया लामा आफ्नै टेलर्समा कपडा सिलाउँदै हुनुहुन्छ । अरुका कपडा सिलाउने हरिमायाको मन भने युएईमा काम गर्न गएका श्रीमान् रामबहादुर अचानक मारिएपछि २२ महिनादेखि छिया छिया भएर फाटेको छ ।

  • कमाई नभएपछि भागेर काम गर्छु भनेका गोविन्द मलेसियामै हराए

    ‘अब कम्पनी छोडेर भागेर काम गर्नुपर्यो’ त्यो भन्दा अघि काम बारे कुनै गुनासो नगरेका श्रीमानले एकाएक यस्तो कुरा गरेपछि हिरालाई झस्कायो । विदेशका नियमका बारेमा उहाँलाई त्यति धेरै थाहा थिएन । तर भागेर काम गर्नु चाहिँ अवैधानिक हो भन्ने थाहा थियो उहाँलाई ।

  • मलेसियामा हराएका रामबाबुले फोन गरेर भने–‘केटी नखोज्नु मैले बिहे गरिसकें’

    चार महिनादेखि हराएपनि छोराले फोन गर्छ भन्ने आशा मार्नुभएको थिएन रामसोमारी सोनारले । भयो पनि त्यस्तै । चार महिनादेखि हराएका छोरा रामबाबुले गएको शुक्रबार फोन गर्नुभएको छ ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • गतहप्तादेखि रहदै आएको राजनीतिक उथल-पुथल लम्बिने संकेत देखिदैछ। कतार नझुक्ने र साउदी अरब, युएई जसरी पनि झुकाउन पर्छ भन्ने मान्यतामा छन्। तर पनि युद्ध नभएको खण्डमा हामी नेपाली प्रबासिहरुलाई आत्तिनुपर्ने अवस्था छैन। तर सजग रहनुपर्ने अबश्य पनि छ। बजारमा सबै सामानहरु पनि सामान्य अवस्थामा छ। हामी सबै प्राथना गरौकि झण्डै साडेचार लाख नेपालीलाई रोजगारी दिन सफल भएको यो खाडीको सानो देश कतारले चाडै नै यस संकटबाट मुक्ति पाओस्।

    हरि प्रसाद लम्साल / सैना मैना १, रुपन्देही (हाल कतार)
  • साफरी मलमा गएको थिए हिजो एक क्रेट अन्डा को २९ रियल पुगेछ। बढिमा १५ रियाल हुनुपर्ने हो ।अलमराईको दूध, दहिको र्‍याक खाली छ। बाकी सामन्य नै छ। आत्तिनु पर्ने आबस्था छैन।

    आईत बहादुर थापा मगर / कतार
  • कुटनैतीक सम्बन्धमा बादल छाए पनि स्थिती सामान्य छ। आत्तिहाल्नु पर्ने स्थिती नरहेको र अनावश्यक भ्रामक समाचारहरुको पछाडि दौडिहाल्नु पर्ने स्थिति आईहालेको छैन।

    सम्योग भट्टराई / कतार
  • वाक्रामा चाहि स्थिती सामन्य नै छ। लुलु क्यरिफोरमा चाहि अनावश्यक हल्लाले गर्दा सामान धेरै बिक्री भएकोले अलि पाउन मुस्किल भाएकोछ। त्यो पनि भोलिपल्ट सामान्य हुन्छ। हल्लाको पछि नलाग्न सबैलाइ आग्रह गर्छु।

    सुमन तिवारी / वाक्रा, कतार
सबै हेर्नुहोस