MENU

विशेष

​बिहे नगरी विदेश पठाउँदा छोरा हरायो

दुर्गाप्रसाद भट्टराई/सर्लाही 

सर्लाही, पुस २५ –  केहिदिन अघि शिवकला पासवानलाई आफन्तले सोधे ‘छोरो कहिले आउँछ विदेशबाट ? अनि आएपछि त विहे गर्ने होला नी ?’ 

आफन्तका यस्ता प्रश्नले शिवकलले मन थाम्न सक्नुभएन । किनकी आफन्तले विहेको प्रस्ताव गरिरहेका शिवकलाका छोरा लखिन्द्र उतै बेपत्ता भएका छन् । विहे गर्ने कुरा त शिवकलाले लखिन्द्र जानुभन्दा अघि नै श्रीमानसँग गर्नुभएको थियो । तर त्यति बेला लखिन्द्रले विदेश जानै हतार गरेपछि विहे गर्न भ्याउनुभएन । त्यही भएर अहिले पनि उहाँ श्रीमान दुखा पासवानसँग गनगन गरिरहनुहुन्छ ‘बिहे गरेर पठाएको भए छोरा हराउँदैनथ्यो होला ।’

चिन्ता त दुखालाई पनि छ तर उत्तर छैन । उहाँसँग आफनो हारगुहार छोरासम्म कसैले पु¥याइदेला कि भन्ने आशा गर्नु बाहेक अरु कुनै विकल्प छैन । 

त्यतिबेला लखिन्द्रका दाजु रविन्द्र मलेसियामै हुनुहुन्थ्यो । त्यसैले लखिन्द्रले पनि २०६७ सालमा आफू पनि विदेश जाने प्रस्ताव राख्नुभयो । 

‘दाजु उतै छ म पनि विदेश जान्छु कमाएको पैशाले घर बनाउँछु अनि श्रृण पनि तिर्छु भन्यो ।’ दुखाले ६ वर्षअघिको कुरा सुनाउनुभयो । 

विदेश पठाउने एजेन्ट थिए गाउँकै गणेश चौधरी । गणे मार्फत नै गाउँ ा अरु पनि धेरै विदेश गएका थिए । त्यसैले लखिन्द्रले बुवासँग उनैमार्फत विदेश जाने बताउनुभयो । 

गणेशले मलेसियामा वेल्डिङको कामको माग आएको भन्दै पठाउन १ लाख ५० हजार रुपैयाँ लाग्ने बताए । लखिन्द्रले बुवासँग भन्नुभयो ‘के गर्ने बुवा उसले जति चाँडो पैसा ठिक पा¥यो त्यति नै छिटो जान पाइन्छ रे ।’

तर दुखासँग पैसा थिएन । त्यसैले गाउँमा ऋण खोज्नुभयो । नातेदार पर्ने सतल पासवानबाट ऋण पाएपछि दुखाले गणेशलाई पैसा दिनुभयो । लखिन्द्र २०६७ सालमा मलेसिया उड्नुभयो । 

मलेसिया पुगेर काम र कमाई राम्रो छ भनेका लखिन्द्रले ५ वर्षमा तीन पटक गरेर १ लाख ३० हजार रुपैयाँ पठाउनुभयो । दुखाले त्यसमै ५५ हजार रुपैयाँ थपेर जाँदा लागेको ऋणको साँवा ब्याज गरी १ लाख ८५ हजार रुपैयाँ रुपैयाँ तिर्नुभयो । 
लखिन्द्रले २०७२ माघ महिनामा दाजु रविन्द्रलाई फोन गर्नुभयो । फोनमा दाजुसँगै घरको पनि खबर सोध्नुभयो ।

त्यतिबेला रविन्द्र घर आइसक्नुभएको थियो । रविन्द्रले लखिन्द्रलाई व्यवहार मिलाउन ६० हजार रुपैयाँ चाहिएको बताउनुभयो । लखिन्द्रले त्यसो भए म पठाइदिन्छु भन्नुभयो । तर न पैसा आयो न त त्यसपछि लखिन्द्रको फोन नै । ‘त्यही नै अन्तिम कुराकानी भयो’ दुखाले भन्नुभयो । अहिले यताबाट फोन गर्दा लखिन्द्रको नम्बरमा फोन नै लाग्दैन । 

तिमी आए पुग्छ पैसा चाहिँदैन 

लखिन्द्रका साथीलाई देख्ता आमा शिवकला रुन थाल्नुहुन्छ । उहाँलाई भेट्ने लखिन्द्रका साथीले उसले हामीलाई फोन गरेको थियो उसलाई राम्रो छ अरे भन्छन तर शिवकलालाई त्यो कुरामा फिटिक्कै विश्वास लाग्दैन । भन्नुहुन्छ ‘साथीलाई फोन गर्दा त हामीलाई पनि गरिहाल्थ्यो नी । यो त सबै हाम्रो चित्त बुझाउन मात्रै भनेका हुन् ।’छोरा सम्पर्कविहिन भएदेखि अहिलेसम्म कसैले पनि उसको बारेमा पासवान परिवारलाई जानकारी दिएको छैन । त्यसैले पासवान परिवार अरुले भए पनि लखिन्द्रका बारेमा सहि कुरा सुनाइदेओस भन्ने आशामा छ । विदेश जाने बेलामा त बुवाआमा दुवैले छोराले कमाउँछ भन्ने नै सोचेका थिए । तर अहिले त उनीहरुलाई कमाई चाहिएको छैन । निन्याउरो अनुहार पार्दै दुखाले भन्नुभयो ‘तिमी आए पुग्छ छोरा पैसा चाहिँदैन ।’ 

लखिन्द्रका बारेमा सोध्ने जो कोहीलाई पनि शिवकला विन्ति बिसाउन छोड्नुहुन्छ । भन्नुुहुन्छ  ‘यो खबर लखिन्द्रसम्म पु¥याउनेलाई त म गोसाईँ (देउता) मान्छु । हामीले गरेको सबै धर्म पनि उसैलाई लाग्छ ।’  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • नेपालबाट नयाँ आउने कामदारहरुलाई कामकोबारे साधारण ज्ञान सम्म नहुनु अनि पुरानाले पनि वास्ता नगर्नु, सानो सानो कुरामा रिस देखाउनु, कुरा नबुझी निष्कर्श निकाल्नु, क्यान्सल जान्छु भन्नु, जिम्मेवारीको वोध नहुनु, झै-झगडा, रक्सि, तास र पर स्त्रिसँग सम्बन्ध बढाउनु आदिले गर्दा सबै नेपाली कामदारमाथि नै प्रश्न चिन्न उठ्ने गर्दछ।

    धन बहादुर बुढाथोकी/ कतार
  • नेपालमा त सरकार नै छैन भन्दानि हुन्छ। यदि भएको भए त म्यानपावरका दलालहरुले किन मनपरी गर्थे र ? जवकी खाडी मुलुकमा जानको लागी फ्री भिसा फ्री टिकट अनि जम्मा दश हजार रुपैयाँ तोकेकोमा मान्छे बेच्न पल्केका दलालहरुले खाडी मुलुक अन्तरगत संयुक्त अरब इमिरेट्स अबुधाबिको पि.एस.बि.डी.सेक्युरिटी गार्डको लागी ४ लाख ५० हजार रुपैयाँ लिरहेकाछ्न्। यो सरासर सरकारको आँखामा छारो हालेको भएन र ? यदि हाम्रो देशमा सरकार छ भने अबिलम्व त्यस्ता म्यानपावर भनाउँदा दलालहरु उपर छानबिन गरी कार्वाही होस्।

    देब सल्यानी देबु
  • मरुभुमिको यो तातो घाममा दिनभरी गैती र बेल्चा हान्नुपर्छ। न त भने जस्तो खान पाइन्छ न थकाइ लाग्यो भनेर थकाइ नै मार्न पाइन्छ। खाना पनि बासिभात खानुपर्छ। नत राख्ने ठाउँ छ ल्याएर एउटा खजुरको बोट मुनि राखेर काम थाल्नुपर्छ। भरे खाने बेलामा त्यो तातो घामले गजज्ज पानी आइराखेको हुन्छ। बाध्यता, त्यसैलाइ पानी हालेर पखालेर खानुको बिकल्प अरु केनै छ  र? खुन र पसिनामा निथ्रुक्क भिजेर यो दुःखी जीवन यस्तै छ। यस्तो परिश्रम गर्ने हो भने त हाम्रो देशमा सुन फलाइन्छ। जय मार्तीभुमी। 

    दोहा, कतार
  • म युरोपको इटली आएको चार बर्ष भयो। सोचे जस्तो काम नपाएर बाच्नै मुश्किल भइरहेको छ। बस्न खान मात्रै नेपाली ४०-४५ हजार लाग्छ।  अहिले आएर लाग्छ कि नेपालमै मेहनेत गर्दा हुने थियो बरु। के गर्नु विदेशको जिन्दगी। युरोपमा त सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेको थिए।

    किरण थापा /इटहरी (हाल इटली)
सबै हेर्नुहोस