MENU

विशेष

​देशमा होइन, दिमागमा छैन रोजगारी

सोम दियाली

हरिवन, पुस २७-अहिले देशमा रोजगारी पाईंन भनेर विदेश जानेको लर्को छ । कामका लागि देश छाड्ने मध्ये धेरै नेपालमा गरिरहेको काम छाड्ने, पढाई छाडेर जानेहरु छन् । हाम्रो दिमागमै देशमा रोजगारी छैन भन्ने बसेको छ । यहाँ कुनै प्रयास नगरेपछि कसरी पाइन्छ रोजगारी ?

सर्लाहीको राजघाट ८ बिहानी चोकका २५ वर्षिय दिपेन्द्र मैनाली पनि हात बाँधेर बस्नु भएको भए रोजगारी पाउनु हुन्नथ्यो । दिपेन्द्रले स्नातक सम्मको पढाई सकेर पनि कुनै जागीर खानु भएको थिएन । 

गाउँका प्राय उमेर पुगेका युवा कोही खाडीका देश त कोही मलेसियातिरै छन् । हुर्किंदै घर छाड्नेको संख्या दिनदिनै बढिरहेको छ। गाउँले मान्यगुन्नेले दिपेन्द्रलाई पनि विदेश जाननै सल्लाह दिन्थे । तर दिपेन्द्रलाई पटक्कै मन थिएन विदेश जान । 

उहाँ घरको जेठो छोरो हो । भाइ घरमा आमा बुवालाई सघाउँदै छन् भने बहिनी काठमाण्डौंमा बसेर डाक्टर पढ्दैछिन् । 

उहाँलाई लाग्थ्यो, ‘सीप हुनेले विदेश नै जानु पर्छ भन्ने छैन । स्वदेशमा नै कमाउन सकिन्छ ।’ विदेश जाने मन नगरेका दिपेन्द्र काका राजन मैनालीको सल्लाहमा काठमाडौं जानुभयो ।

इजरायलबाट आएका प्राविधिकसित कृषि सम्बन्धी तालिम लिने अवसर मिल्यो । बेमौसमी तरकारी खेती सम्बन्धी प्रविधिक ज्ञान लिनुभयो । अनि घर फर्केर त्यसै अनुसार खेती थाल्नुभयो ।

२०७० सालमा जयकाली कृषि फार्म दर्ता गरेर खेतिपातीमा लागेका दिपेद्रलाई सुरुमा पक्कै सजिलो भएन । बेमौसमी तरकारी उत्पादन गर्न आवश्यक पर्ने सामाग्री जुटाउन हम्मे हम्मे पर्‍यो । 

तर पछि परिवारका अन्य सदस्यले पनि त्यहीँ काम पाए । उहाँको तीन कट्ठा जग्गा बाह्रैमास खाली हँदैन । दिपेन्द्रको आम्दानीको श्रोत यही तीन कठा जग्गा हो । 

अहिले यहाँ गोलभेँडा, काँक्रा, खुर्सानी, बोडी लगायतका तरकारी लटरम्म छन् । हिजो आज परिवारका अरु सदस्यले नै धान्न थालेका छन् । दिपेन्द्रलाई त यस्तै खेती गर्न अरुलाई सिकाउँदा भ्याई नभ्याई छ । धेरै जसो उहाँ कृषि प्रविधि सम्बन्धी तालिम दिनमा व्यस्त हुनुहुन्छ । 

ग्रिन हाउस, टनेल, थोपा सिँचाई, सिल्पोलिन यूभी प्याष्टिक, गार्डेन सिचाई, लगायतका प्रविधिक कुरा सिकाउन उहाँलाई विभिन्न जिल्लाबाट बोलाउँछन् । यसबाट पनि मनग्य आम्दानी हुन्छ ।

दिपेन्द्र सफल कृषकका रुपमा पनि समानित भैसक्नु भएको छ । नयाँ प्रविधिको प्रयोग गरेर खेती गरे काम खोज्दै अर्काको देशमा जान नपर्ने दिपेन्द्र बताउनुहुन्छ । 

दिपेन्द्रको अनुभवले पनि यो संभव देखिन्छ । यसको कमाइले उहाँले घर नजिकै ७ कट्ठा जमिन किन्नु भएको छ । एउटा मटरसाइकल पनि किन्नु भयो ।

भाइ बहिनी पढाउने र घर खर्च टार्ने मेसो पनि यहि हो । अब यहिँको कमाइले राम्रो घर बनाएर विवाह गर्ने सोच छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • कुवेतमा दुर्घटनामा परेपछि महेन्द्रको मानसिक स्थिती गुम्यो

    कुवेतमा दुर्घटनामा परेका नवलपरासीका महेन्द्र हरिजनले मानसिक सन्तुलन गुमाएका छन् । दुर्घटना टाउको चोट लागेका उनको स्मरण शक्ति गुमेको कुवेतको फर्वानिया अस्पतालका डाक्टरले जनाएका छन् । दुर्घटनामा परेका महेन्द्रलाई प्रहरीले उद्दार गरी अस्पताल पुर्‍याएकाे थियो ।

  • परदेशको कमाईको डेढ करोड समाजसेवामा

    सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहनुभएको छ । सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको पोखरेलले बताउनुभयो ।

  • ​पाँच पटक विदेश जाँदा ऋण घटेन बढ्यो, तिर्ने उपाय छैन

    खोटाङको रुपाकोट मझुवागढी १० पाथेकाका मंगल भुजेल त्यति बेला कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । १६ वर्ष मात्रै पुगेका मंगललाई कतारमा रहेका दाई नाता पर्ने व्यक्तिले विदेश जान उकासेपछि उहाँले उमेर बढाएर नागरिकतासँगै पासपोर्ट पनि बनाउनुभयो ।

  • ​विदेशबाट घर फर्किंदा यी बस्तु ल्याए भन्सारले जफत गर्छ ! नियम थाहा पाउनुहोस्

    दसैं नजिकिएसँगै वैदेशिक रोजगारीबाट विदामा घर फर्किने परदेशीको संख्या बढेको छ । परदेशमा दुःख गरेर कमाएको पैसाले घर फर्किंदा ल्याउने सामानको भन्सार नियम थाहा नपाउँदा कतिपयको सामान नै जफतमा पर्ने गरेको छ ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस