MENU

विशेष

खेती किसानी गर्ने प्रमोदलाई व्यापारी भएर रसिया पुगेको पत्तो भएन

सन्जिता देवकोटा/उज्यालो । 

काठमाडौं, चैत ७ – खेती किसानी गरेर जीवनयापन गरिरहेका धनुषाको क्षीरेश्वर नगरपालिका ३ का प्रमोद सिंहलाई दुई वर्ष अघि दलालले व्यापारी बनाएर रसिया पुर्‍यायो । कखरा मात्रै चिन्न सक्ने प्रमोदले रसियाको विमानस्थलमा पुगे पछि मात्र आफूलाई विजनेस भिसामा रसिया पठाएर ठगेको पत्तो पाउनु भयो । 

महिनै पिच्छे सात सय डलर कमाउने खुसीले भुईंमा खुट्टा थिएनन प्रमोदको । धेरै पैसा कमाउने, ऋण तिर्ने, घर बनाउने सपना बोकेर प्रमोद रसिया जान दलालकै मोटरसाइकल चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । काठमाडौंबाट दुवई ट्रान्जिट भएर प्रमोद मस्को पग्नुभएको थियो । त्यो बिरानो ठाउँको विमानस्थलमा प्रमोदलाई लिन कोही आएनन ।

नेपालबाट हवाइजहाज चढेर सँगै गएका साथीहरुलाई लिन आउने मान्छेहरुले प्रमोदको कागपत्र चेक गर्दा मात्र उहाँले आफूलाई विजनेस भिसामा रसिया आएको थाहा भयो । ‘सँगै गएका साथीलाई लिन आउनेले कागजपत्र हेरेर तिम्रो त विजनेस भिसा हो, पाँच महिना भन्दा बढि बस्न पाउँदैनौ भने’ प्रमोदले भन्नुभयो ‘त्यति सुनेपछि मेरो त हात खुट्टै काँपेर आयो, सास रोकिएला जस्तो भयो ।’

काठमाडौंबाट पठाउने दलालले मस्कोमा ‘शर्मा’ नाम गरेको मानिस लिन आउँछन् भनेका थिए प्रमोदलाई । तर कोही लिन नआएपछि तिनै साथीलाई लिन आउने नेपालीहरुसँगै उहाँ पनि मस्कोको एउटा होस्टलमा पुग्नुभयो । र उनीहरुका साथ लागेर काठमाडौंको दलालले लिन आउँछ भनेको रसियाको दलाल कहाँ पुर्‍याइदिए। 

होटलको कोठा बुकिङ पनि नक्कली 

खर्चका लागि प्रमोदले नेपालबाटै एक हजार अमेरिकी डलर बोक्नु भएको थियो । तिनै शर्मा नाम गरेका दलालले एक हजार डलर पनि लिएर हिँडे । अब न नेपाली साथीहरुको होस्टलको बास रह्यो, न त खर्चका लागि बोकेको पैसा नै । रसियामा प्रमोदका विचल्लिका दिन सुरु भए । 

हातमा महङ्गो होटलको कोठा बुकिङ गरेको कागज छ, तर नक्कली । रसियामा प्रमोदका धेरै दिनरात खाली पेट बिते । 

त्यसपछि सामान्य होटलमा आफैंले पकाएर खान पर्ने ठाउँमा प्रमोद जस्तै दलालले फसाएका साथीहरु मिलेर बस्नुभयो । रसियाको भाषा नबुझ्ने भएपछि बाहिर निस्कदा पुलिसले समात्ने डरले प्रमोद होटलको कोठामै दिन रात बिताउन थाल्नुभयो । त्यसरी आठ महिना बिते । 

प्रमोद घरमा आफ्नो अवस्थाबारे बताउन सक्नुहुन्नथ्यो । घरखेत धितो राखेर ऋण लिएको पैसामा दलालले उहाँलाई व्यापारी बनाइसकेको थियोे । घरमा मुसुरो र चना बाहेक अरु नबेचेका प्रमोदले विरानो ठाउँमा आफू व्यापारी त कसरी बन्नु, भाषा नजान्दा पानी पनि किन्न सक्नुहुन्थ्यो । 

रसियामा भेटेका सबै साथीलाई काम खोजीदिन आग्रह गरेपनि प्रमोदले कुनै काम पाउनुभएन् । जति प्रयास गर्दा पनि सिप नचलेपछि प्रमोदलाई नेपालबाटै भाइले एक लाख रुपैयाँ पठाइ दिए । प्रमोदले आफू सहित अरु दुईजना भारतीय साथीको पनि रसियन साथीको सहयोगमा घर फर्किने कानूनी पत्र बनाउनु भयो । भारतीय साथीका आफन्तले उहाँका लागि पनि टिकट पठाइ दिए । भरतको नयाँ दिल्लिहुदै प्रमोद आठ महिना पछि घर फर्किनुभयो ।

मलेसियाको चिनजानले रसियाको यात्रा 

प्रमोद २०६१ सालमा लेवरको भिसामा मलेसिया पनि जानु भएको थियो । काम पनि ठिकठाकै थियो । दुई वर्ष पछि जाँच गर्दा मेडिकल फेल भए पछि उहाँ नेपाल फर्किनुभयो । प्रमोद मलेसियाबाट फर्के पछि पहिले देखि गरि आएको काम खेतिपातीमै परिवारसँग रमाएर बस्नुभयो । दुई सन्तान, श्रीमती, बुवाआमा, दाजुभाई जेनतेन परिवार चलेकै थियो ।

तीन वर्षपछि मलेसियामा सँगै बसेको साथीसँग उहाँको घरमै भेटभयो । साथीले आफ्नो काकासँग भेट गरायो । ‘साथीको काकाले मान्छे विदेश पठाउने दलालको काम गर्नु हुँदोरैछ, मलाई पनि विदेश जानु म पठाउछु मेडिकल फेल भएर केहि हुन्न भनेर विश्वास दिलायो, प्रमोदले भन्नुभयो । साथीको काका भएकाले प्रमोदले झट्टै दलाललाई विश्वास गरिहाल्नुभयो । 

त्यही विश्वासमा उहाँले भिसा र प्रक्रियाका लागि भनेर घरमै लिन आएको साथीलाई एक लाख दिनुभयो । साथीलाई एकलाख दिएको एक वर्ष पछि प्रमोद रसिया पुग्नुभएको थियो । रसिया जानेबेलामा उहाँले अरु चार लाख दलाललाई दिनुभयो । एकहजार डलर खल्तिमा बेकेर रसिया पुग्नुभएको थियो ।

ऋणको साँवा ब्याजले घरजग्गा डुब्ने बेला भयो 

सय कडा तीनका दरले घरजग्गा धितो राखेर लिएको सात लाख रुपैयाँको साँवा ब्याजले उहाँको घरजग्गा खान लागेको छ । प्रमोद रसियाबाट फर्केको नौ महिना भइसक्यो । उहाँले पैसा फिर्ता धेरै अनुरोध गर्नुभयो । 

हुन्छ भन्ने आश देखाएर दलाल अहिले सम्पर्कविहिन छन् । ‘पहिले पहिले फोन गर्दा तीन जना दाजुभाइलाई विदेश पठाइदिन्छु भन्थ्यो । तर अहिले न फोन उठाउँछ न त म्यासेजको रिप्लाई नै गर्छ । उल्टै मेरो फोन ब्लक गरेको छ’ प्रमोदले भन्नुभयो । 

प्रमोद अहिले डुबेको पैसा उठाउनका लागि दलाल खोज्न गुहार माग्दै काठमाडौं आउनु भएको छ । दलालको मोवाइलमा फोन त लाग्छ, तर उठ्दैन् । त्यो पैसा नउठाए धितोमा राखेको घरखेत उकास्ने पैसा अरुतिरबाट ल्याउने अवस्था पनि छैन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • मरिसके भनेका श्रीमानसँग भिडियो कल

    गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गर्नुभएको छ । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गर्नुभयो । त्यति बेला पनि उहाँ हास्न सक्नुभएन । ‘दाँत देखाउन मन लागेन, आँसु झारिन मन कुँडिएको थियो ।’ बिमला भन्नुुहुन्छ ।

  • १८ वर्ष हराएकी सरस्वती घर फर्किंदा...(भिडियोसहित)

    उफ्रिदै, दौडदै कबड्डी खेलेको सरस्वतीको माइतको आँगनमा अहिले चिल्ला गाडी कुद्न थालेका थिए । माइती गाउँको जवानी चढेको थियो तर भाइबुहारीको उमेर ढल्किएको थियो । भाइहरुको मात्र हैन, १८ बर्षपछि घर फर्केकी सरस्वतीको पनि रुपरंग फेरिएको थियो

  • २३ वर्ष भयो निमकुमार कुवेत गएको, बाँचे मरेको पत्तो छैन

    मोवाइलको सुविधा भएपछि परिवारसँग टाढा भएकाहरु दिन दिनमा अनि छिनछिनमा कुरा गर्छन । तर चिठ्ठी पठाउने जमानामा विदेश गएका निमकुमार भने मोवाइलको जमाना आएपछि बेपत्ता छन् । त्यो पनि कुवेतमा ।

  • ​कम्पनीकै कारण ‘ओभरस्टे’ हुँदा युएईमै अड्किए तीन युवा, कमाएको पैसा अदालत धाउँदा सक्कियो

    साहुले भनेको समयमा पनि भिसा नलगाइदिएपछि रमेशसँगै काठमाडौंको बुढानिलकण्ठका राजन बस्नेत र राजेन्द्र पण्डितलाई झस्का पस्यो । ओभरस्टेको समय बढ्दै गएकाले विभिन्न माध्यमबाट बुझ्दा उहाँहरुले आफूले काम गरिरहेको लुइस रेष्टुरेन्ट क्याफे अध्यागम विभागको कालो सूचीमा परेकाले भिसा दिलाउन नसकेको थाहा पाउनुभयो ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस