MENU

विशेष

विदेशमा मृत्यु भएका साढे पाँच हजार कामदारका परिवार र सात सय २९ जना अंगभंग भएका पीडितले क्षतिपूर्ति लिए

रीतु थेबे/उज्यालो । 

काठमाडौं, वैशाख ८ – झण्डै ९ वर्षको अवधिमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट विदेशमा ज्यान गुमाएका पाँच हजार चार सय ९० जनाका परिवारले क्षतिपूर्ति लिएका छन् । 

यो अवधिमा विदेशमा ज्यान गुमाएका एक सय १६ जना महिला कामदारका परिवारले क्षतिपूर्ति लिएका थिए । बोर्डले आर्थिक सहायता दिन सुरु गरेको आर्थिक वर्ष २०६५/६६ मा तीन जना महिला सहित ७८ जना मृतकका परिवारले क्षतिपूर्ति लिएका थिए । 

त्यस्तै आर्थिक वर्ष २०६६/६७ मा चार सय १९ जना मृतकका परिवारले क्षतिपूर्ति लिए । त्यस वर्ष  विदेशमा ज्यान गुमाएका १९ जना महिला कामदारका परिवारले क्षतिपूर्ति लिएको बोर्डले जनाएको छ । 

आर्थिक वर्ष २०६७/६८ मा पाँच सय ५८ जना विदेशमा मृत्यु भएका कामदारका परिवारले बोर्डबाट क्षतिपूर्ति लिएका छन् । क्षतिपूर्ति लिनेमा विदेशमा मृत्यु भएका ८ जना महिला कामदारका परिवार छन् । 

आर्थिक वर्ष २०६८/६९ मा १८ जना महिला सहित छ सय ४७ मृतक कामदारका परिवारले क्षतिपूर्ति लिएका थिए । आव २०६९/७० मा ११ जना महिला सहित सात सय २२ र आव २०७०/७१ मा २४ जना महिला कामदार सहित आठ सय ७६ जना मृतकका परिवारले क्षतिपूर्ति लिएका थिए । 

क्षतिपूर्ति लिनेको संख्या वर्षेनी बढेको वैदेशिक रोजगार प्रवर्द्धन बोडर्कको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७१/७२ मा ६ जना महिला कामदार सहित एक हजार ६ जना मृतक परिवारले क्षतिपूर्ति लिँदा आव २०७२/७३ मा २४ जना महिला सहित आठ सय १५ जना मृतकका परिवारले क्षतिपूर्ति लिएका छन् । 

चालु आर्थिक वर्ष २०७३/७४ सकिन झण्डै दुई महिना बाँकी रहँदा तीन सय ६१ जनाले बोर्डबाट क्षतिपूर्ति लिएका छन् । तीमध्ये विदेशमा मृत्यु भएका सात जना महिला कामदारका परिवारले क्षतिपूर्ति लिएका हुन् । 

विदेशमा अंगभंग भएर फर्केका कतिले क्षतिपूर्ति लिए ?

कार्यस्थलमा हुने र्दुघटना, सडक र्दुघटनाका साथै अन्य र्दुघटनामा परेर अंगभंग भएका सात सय २९ जनाले बोर्डबाट क्षतिपूर्ति लिएका छन् । 

आर्थिक वर्ष २०६५/६६ देखि अहिलेसम्मको अवधिमा उनीहरुले क्षतिपूर्ति लिएका हुन् । तीमध्ये विदेशमा अंगभंग भएर फर्केका २५ जना महिला कामदार छन् । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा आठ जना र आव २०६६/६७ मा १० जना अंगभंग भएका पीडितले क्षतिपूर्ति लिए । 

त्यस्तै, आव २०६७/२०६८ मा ३१ जना, आव २०६८/६९ मा दुई जना महिलासहित ५७ जना र आव २०६९/७० मा तीन महिला सहित ९० जना विदेशमा अंगभंग भएर फर्केकाले बोर्डबाट क्षतिपूर्ति लिएका हुन् । 

आव २०७०/७१ मा आठ जना महिला सहित एक सय १६ जना, आव २०७१/७२ मा चार जना महिला सहित एक सय ८३ जना र आव २०७२/७३ मा पाँच जना महिला सहित एक सय १६ जनाले क्षतिपूर्ति लिएको बोर्डले जनाएको छ । 

चालु आर्थिक वर्ष २०७३/७४ को चैत मसान्तसम्म एक जना महिला कामदार सहित विदेशमा कार्यरत छँदा अंगभंग भएका एक सय १८ ले बोर्डबाट क्षतिपूर्ति लिएका छन् । 

आर्थिक सहायता कसरी लिने ?

मृतक कामदारका परिवारले तीन लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् । सहायता पाउन वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिई गएको, करार अवधिभित्र मृत्यु भएको, मृत्यु भएको प्रमाणित भएको एक वर्षभित्र मृतक कामदारको हकवालाले वोर्डको सचिवालयमा निवेदन पेश गरेको हुनुपर्छ । 

निवेदनका साथ मृतक कामदारको पासपोर्ट, श्रम स्वीकृति पत्र, करारपत्र, रोजगारदाता मुलुकको निकायबाट प्रमाणित हुने किसिमको मृत्यु प्रमाणपत्र, दूतावासको सिफारिस पत्र, मृत्यू दर्ता प्रमाणपत्र, हकवालासँग मृतकको नाता प्रमाणित पत्र, मृतक कामदारको नागरिकता, हकवालाको नागरिकता, हकवालाको पासपोर्ट साइजको दुई प्रति फोटो र मृतक अविवाहित भए त्यसको प्रमाणित कागजात संलग्न गर्नुपर्छ । 

त्यस्तै, वैदेशिक रोजगारमा छँदा दुर्घटनामा परी अंगभंग भई स्वदेश फर्किएका कामदारलाई वोर्डले अंगभंगको प्रकृति अनुसार तीन लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँछ । वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिई गएको, करार अवधि भित्र अंगभंग भएको, अंगभंग भई स्वदेश फर्किएको एक वर्ष भित्र वोर्डमा निवेदन दिनु पर्छ । 

अंगभंग भएका पीडितले पासपोर्ट, श्रम स्वीकृति पत्र, करारपत्र, रोजगारदाता मुलुकमा उपचार गराएको कागज पत्र, सम्बन्धित दूतावासको सिफारिस पत्र, कामदारको नागरिकता, अंगभंग भएको कामदारको अंगभंग भएको फोटो, नेपाल फर्किए पछि सरकारी अस्पतालमा उपचार गराएको कागज पत्र र नेपाल फर्कंदाको हवाई टिकटका निवदेन दिए क्षतिपूर्ति पाउँछन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • बर्मलालको १५ वर्षे विदेश यात्रा : तीन पटक बिहे, नौ महिना जेल

    ‘मर्नलाई काल आउनुपर्छ भन्थे साँच्चै हो रैछ’ वैदेशिक रोजगारीको प्रसङ्ग कोट्याउने वित्तिकै बर्मलाल लुईटेलले पीडा सुनाउन थाल्नुभयो । उहाँका कुरा सुन्दा लाग्थ्यो वैदेशिक रोजगारीले उहाँलाई पीडा बाहेक अरु केही दिएन ।

  • संशोधन भएको वैदेशिक रोजगार ऐनमा के सुधार भयो ?

    सरकारले वैदेशिक रोजगार ऐन, २०६४ तेश्रो पटक संशोधन गरेको छ । तेश्रो संशोधित नियमावली, २०७४ साउन १६ गते देखि कार्यन्वयनमा आएको छ ।

  • युएईमा ८० दिन कोमामा बसेकी देवीको फेरि पनि मृत्युसँग संघर्ष

    संसारसँग हार गुहार गरेर बचाएकी श्रीमतीको फेरि उस्तै हालतमा पुगेपछि लोकेन्द्र गएको शक्रबार युएईबाट काठमाडौं आउनुभएको छ । बोल्न सक्ने बनाएर नेपाल ल्याएकी श्रीमती अहिले भने जीवनको अन्तिम सास लिइरहेकी छिन् । त्यसैले त अबले उहाँले पनि श्रीमती बाँच्ने आशा मारिसक्नुभएको छ । भेन्टिलेटरमा राख्दा पनि देवीलाई अब तीन दिनपछि मुखबाट पाइप लगाउन नमिल्ने डाक्टरले बताएका छन् ।

  • १० वर्षमा विदेश जानेको संख्या दोब्बर

    संस्थागत रुपमा रोजगारीका लागि विदेश जाने क्रम ३० वर्ष भन्दा अघि देखि चलेपनि आव २०५०/५१ बाट मात्रै तथ्याङ्क राख्न थालिएको हो । तथ्याङ्क राख्न सुरु गरिएदेखि अहिलेसम्म ४७ लाख ७७ हजार ६३४ जनाले श्रमस्वीकृति लिएका छन् ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु नै छ जहाँ बसे पनि तर आँखाबाट आसु त्यो बेला झर्छ जब हामी आफ्नै नेपाली साथीबाट हेपिन्छौँ र लुटिन्छौँ। यदि हामी अनुशासनमा रही काम गर्‍यौँ भने यहाँको लोकल मान्छेसँग खासै डर हुँदैन तर आफ्नोसँग हुन्छ।

    जय नारायण /मलेसिया
  • विदेशस्थित कम्पनीहरुमा काम गर्ने नेपाली कामदारहरु कुनै कानूनी झमेलामा परेमा उक्तकम्पनीले भिसा क्यान्सील गरिदिने कारणले गर्दा ति कामदारहरु ज्यादैनै मारमापर्ने गरेका छन्। पिडितको तर्फबाट न्यायमा पहुँच पुर्‍याउनका लागि न नेपाल सरकारले चासो देखाएको छ न  त कुनै रोजगारदाताले नै। कामदारहरुका कानूनीहकहितको लागि कुनै पहल नगरिनु राज्यको गैर जिम्मेवारिपन हो। जुन क्षेत्रबाट कर असुलिन्छ देशको प्राथमिकता त्यस क्षेत्रको सुधारमा हुनुपर्दछ। तसर्थ राज्यबाट आधिकारिकरुपबाट विदेश गएका प्रत्येक कामदारको न्यायिकहक सुनिश्चितता गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जावस्। 

    नाम ठेगाना उल्लेख नगरेको / इनरुवा
  • त्यहाँ देखि तपाईंहरूले सम्पर्क नम्बर त दिनुहुन्छ तर यहाँ चाहिँ ठूलो कुरा गर्दै उल्टो पैसा खाएर हामीलाई अप्ठ्यारो पार्ने काम भइरहेको हुन्छ। कतारमा पनि यस्तै घटना भएको छ। कम्पनीले तलब नदिएपछि दूतावासमा सम्पर्क गर्दा दूतावासको कर्मचारीले कम्पनीको मुदीरसँग घुस लिएर अप्ठ्यारोमा परेको छन्। कामदारलाई स्वदेश फिर्ता हुन चाहदा पनि नदिएको र काम नदिइकन राखेका छन्। यस प्रति कसैले ध्यान नदिएको बताएका छन् उक्त कामदारहरुले।

    जेम्स बिश्वकर्मा / कतार
  • म्यानपावरको झुठो आश्वनसनको कारणले नेपाली कामदारले साउदीमा धेरै नै समस्या भोगिरहेका छन्। म पनि त्यस्तै समस्यामा छु। मलाई सेलेसम्यानको काम भनेर पठाएको थियो तर यहाँ आएर फ्याक्ट्रिमा काम गर्नु परिरहेको छ। म्यानपावरलाई भन्दा कम्पनीले जे लगाउछ त्यही गर्नु पर्छ भन्छ। सरकारले अनुगमन गरे राम्रो हुन्थ्यो होला।

    फजरुल्लाह अन्सारी / साउदी अरब
सबै हेर्नुहोस