MENU

विशेष

झण्डै चार वर्षपछि कतारमा नेपाली राजदूत

काठमाडौं, जेठ १- कतारमा झण्डै चार वर्षपछि नेपाली राजदूत पुगेका छन् । चारवर्ष पहिले रिक्त भएको कतारका लागि नेपाली राजदूतमा रमेश प्रसाद कोइराला पुग्नु भएको हो । 

तत्कालिन राजदूत मायाकुमारी शर्मालाई विवादास्पद अभिव्यक्तिका कारण फिर्ता बोलाइएपछि त्यहाँ राजदूत रिक्त भएको थियो । माओवादी कोटामा राजदूत सिफारिस भएकी शर्मा कतारमा कुटनीतिक सम्बन्ध राम्रो नबनाएको भन्दै सुरु देखिनै विवादमा पर्नु भएको थियो । पछि कतार खुल्ला जेल हो भनेर अभिव्यक्ति दिएपछि कतार सरकारले उहाँलाई फिर्ता बोलाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । 

शर्मालाई झण्डै १६ महिनापछि फिर्ता बोलाइएको थियो । सन् २०१२ को मेमा कतार पुगेकी शर्मा सन् २०१३ को सेप्टेम्बरमा फर्किनु परेको थियो । 

सरकारले फिर्ता बोलाएकी शर्माले नेपाल फर्किएपछि सर्वोच्च अदालतमा पुनस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपनि सर्वोच्चले उहाँको पक्षमा फैसला गरेन । त्यसपछि लामो समय कतार दूतावास कार्यवाहक नेपाली राजदूतको भरमा थियो । 

राजदूत रिक्त हुँदा नेपालको कुटनीतिक उपस्थिती कमजोर भएको थियो । कार्यवाहक राजदूतको उच्च तहमा कुटनीतिक पहुँच नहुने भएकाले नेपालीका समस्या उच्च तहमा पु¥याउन सकिएको थिएन । 

तर अहिले कतारको राजदूत नियुक्त हुनु भएका रमेश कोइरालापनि सुरु देखिनै विवादमा पर्नु भएको छ । उहाँलाई कामदारको पक्षमा काम गर्न नसक्ने आरोप लगाइएको छ । यस अघि श्रम तथा रोजगार मन्त्रालयमा हुँदा म्यानपावर व्यवसायीको पक्षमा काम गरेको र कामदार ठगीमा समेत संलग्नता रहेको उहाँमाथी आरोप छ । 

संसदिय सुनुवाई समितिमा समेत उहाँ विरुद्ध उजुरी परेको थियो । 

नवनियुक्त राजदूत कोइरालाले आइतबार कतारमा पत्रकारसितको भेटघाटमा अव नेपालको कुटनीतिक उपस्थिती बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले नेपाली श्रमिकले कतारमा भोग्नु परेको समस्याको समाधानका लागि तत्काल उच्चस्तरमा कुटनीतिक पहल थाल्ने बताएको नेपाल पत्रकार महासंघ शाखा कतारका सचिव नवराज बिकले जानकारी दिनुभयो ।

यसअघि कतारमा मणिरत्न शर्मा कार्यवाहक राजदूत हुनुहुन्थ्यो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • नियम कानून आफ्नो स्थानमा छ तर त्यो धेरैजसो कम्पनीले पुर्ण रूपमा लागू गर्दैनन्। कतिपय कुराहरुमा हामी अन्यायमा परेको थाह पाउँदा पाउदैपनी सम्झौता गरेर बस्नु परेको छ। अधिकारका कुरा गर्‍यो कि पेल्न थाल्छ र विभिन्न लाल्छना लगाएर फिर्ता पठाउनेसम्मको हत्कण्डा अपनाउन सक्छ। यो समस्या मेरो सेक्युरिटी गार्ड कम्पनीमा मात्र नभएर अधिकाम्स कम्पनीमा छ।

    कृष्ण भट्टराई / युएई
  • गतहप्तादेखि रहदै आएको राजनीतिक उथल-पुथल लम्बिने संकेत देखिदैछ। कतार नझुक्ने र साउदी अरब, युएई जसरी पनि झुकाउन पर्छ भन्ने मान्यतामा छन्। तर पनि युद्ध नभएको खण्डमा हामी नेपाली प्रबासिहरुलाई आत्तिनुपर्ने अवस्था छैन। तर सजग रहनुपर्ने अबश्य पनि छ। बजारमा सबै सामानहरु पनि सामान्य अवस्थामा छ। हामी सबै प्राथना गरौकि झण्डै साडेचार लाख नेपालीलाई रोजगारी दिन सफल भएको यो खाडीको सानो देश कतारले चाडै नै यस संकटबाट मुक्ति पाओस्।

    हरि प्रसाद लम्साल / सैना मैना १, रुपन्देही (हाल कतार)
  • साफरी मलमा गएको थिए हिजो एक क्रेट अन्डा को २९ रियल पुगेछ। बढिमा १५ रियाल हुनुपर्ने हो ।अलमराईको दूध, दहिको र्‍याक खाली छ। बाकी सामन्य नै छ। आत्तिनु पर्ने आबस्था छैन।

    आईत बहादुर थापा मगर / कतार
  • कुटनैतीक सम्बन्धमा बादल छाए पनि स्थिती सामान्य छ। आत्तिहाल्नु पर्ने स्थिती नरहेको र अनावश्यक भ्रामक समाचारहरुको पछाडि दौडिहाल्नु पर्ने स्थिति आईहालेको छैन।

    सम्योग भट्टराई / कतार
सबै हेर्नुहोस