MENU

विशेष

तीन वर्ष साउदीमा कमाएको पैसा पनि सकियो, हात पनि रहेन

रामप्रमेश मण्डल/सप्तरी । 

जेठ १ – ‘मैले पहिलो पटक पठाएको पैसा समाउँदा परिवार खुसी थिए । उनीहरुको अनुहार त देखिन तर बोली सुनेरै थाहा हुन्थ्यो’ गुलावचन महतो कोइरीले साउदी पुगेर पहिलो पटक पैसा पठाउँदाको अनुभव सुनाउनु भयो । अवस्था साँच्चै त्यस्तै थियो ।

घरको आर्थिक अवस्था कमजोर भएपछि कमाउने उपाय खोज्दै साउदी पुग्नु भएको थियो गुलावचन । साउदी पुगेको दुई महिनामै ३५ हजार रुपैयाँ पठाउनुभयो । तर त्यो पैसा जम्मा गर्न ठूलो मुस्किल थियो उहाँलाई । २०६९ सालमा साउदी पुगेका गुलावचनसँग कुनै सीप थिएन ।

अर्कातिर विदेशमा गर्नुपर्ने कामका बारेमा जानकारी पनि थिएन । त्यसैले कम्पनीले जे गर्न लगायो त्यही नै गर्न बाध्य हुनुभयो । कम्पनीले उहाँलाई लेवरको काम दियो । काम पनि समय समयमा परिवर्तन भइहन्थ्यो । कहिलेकाहीँ त शरीरले थेग्नै नसक्ने काम पनि दिन्थ्यो ।

तर पनि घरको बाध्यता सम्झिएर काम गरिरहनु हुन्थ्यो । ‘भनेको काम नगरेर के गरौं, जति बेला पनि घरको गरिबीले सताइ रहन्थ्यो’ गुलावचन भन्नुहुन्छ । उहाँले महिनाको १५ सय रियाल तलब पाउनुहुन्थ्यो । त्यो म्यानपावरले भनेको भन्दा कम थियो ।

तर पनि उहाँले कसैसँग केही भन्नु भएन । बरु त्यही पैसाबाट खर्च कसरी कम गर्न सकिन्छ भनेर उपाय खोज्नु हुन्थ्यो अनि जोगाउनुहुन्थ्यो । ‘मैले एक रुपैयाँ पनि फजुल खर्च गरिन’ गुलावचनले पैसा जोगाउँदाका कुरा सुनाउनुभयो । त्यसरी बचाएकै पैसा घरमा पठाउनु हुन्थ्यो । बचाएको पैसा घरमा पठाउँदा श्रीमती र छोराछोरी रमाएको सम्झिएर खुसी हुनुहुन्थ्यो ।

त्यसरी नै तीन वर्ष बिताएका गुलावचनले त्यसपछि भने परिवारसँगै बस्ने निधो गर्नुभयो । उहाँ घर फर्किने तयारीमा हुनुहुन्थ्यो । तर घर फर्किन चार महिना मात्रै बाँकी हुँदा उहाँको देब्रे हात सुन्नियो । उहाँ कम्पनीलाई भनेर जँचाउनु भयो तर समस्या कम भएन । कम्पनीले गरिदएको उपचारले निको नभएपछि उहाँ २०७२ फागुनमा नेपाल फर्किनुभयो ।

घर फर्किंदा उहाँले चार लाख रुपैयाँ लिएर आउनुभयो । त्यसअघि घरमा ६ लाख रुपैयाँ पठाउनु भएको थियो । काठमाडौं आएपछि उहाँले घर नगई महाराजगञ्जमा रहेको शिक्षण अस्पताल पुग्नुभयो हातको उपचार गर्न । पहिलेको भन्दा धेरै नै सुन्निएकाले डाक्टरले सामान्य प्रकारको अप्रेसन गरे ।

तर समस्या कम भएन झनै बढ्दै गयो । १५ दिनपछि क्यान्सर भएको थाहा भएपछि डाक्टरले उहाँको कुहिनो भन्दा तलको भाग काट्नुपर्ने बताए । ‘त्यतिबेला मेरो संसार सकियो जस्तो लाग्यो’ भन्न नपाउँदै गुलावचनको गला अवरुद्ध भयो ।

जिउडाल, रङ, वर्ण सबै उस्तै तर देब्रे हात चाहिँ आधा काटिएको छ । यस्तै अवस्थामा उहाँ सप्तरीको राजविराजमा रहेको सूचना तथा परामर्श केन्द्र राजविराजमा आइ पुग्नुभयो ।


उहाँका ३५ वर्षीया श्रीमती अनितादेवी महतो र एक छोरा छन् ।अहिले पनि चितवनमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइ रहनु भएको छ । ‘एक पटक उपचार गर्न आउँदा झण्डै ३० हजार खर्च भइरहेको छ तर पनि निको होला जस्तो छैन’ गुलाबचन भन्नुहुन्छ । काठमाडौं र चितवनमा उपचार गराउँदा पाँच लाख रुपैयाँ भन्दा धेरै खर्च भईसक्यो ।

तर हात अझै निको भएको छैन् । तीन वर्षमा कमाएको सबै रकम सकिएर ऋण पनि लाग्यो भन्नुहुन्छ उहाँ । आर्थिक अवस्था सुधार्ने गुलावचनको सपना अधुरै रहयो । उल्टै घरमा पालेको गाईवस्तु बेच्दा पनि नपुगेपछि गाउँबाट पनि ऋण लिनुभएको छ । त्यसैले उहाँ सहयोगको पर्खाइमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • त्यागेको सारङगीमै फर्किए हिमालसागर

    चुचे ढुङ्गो उही टुङगो भने जस्तै हिमालसागर सारङ्गीकै संगतमा फर्किनुभयो । हिमाल छोडेर गएपनि बुवा र दाइको सारङ्गी बजाएर गाउँ गाउँसम्म गाउँदै हिँड्ने क्रम चलिरहेकै थियो । उहाँ पनि बुवा र दाईसँगै हिँड्न थाल्नुभयो ।

  • युएईबाट घरमा पैसा पठाउँदा छविलालले जिते १२ लाख

    आबुधाबीको अलजिमी मुसाफा मजदुर क्याम्प क्षेत्रबाट युएईको अल अहलिया एक्सचेन्ज मार्फत परिवारलाई पैसा पठाउँदा उहाँलाई उपहार स्वरुप १२ लाख रुपैयाँ बराबरको कार परेको हो ।

  • भाखा राख्यो डाँडै काट्यो, पासपोर्ट र १६ लाख कहिले पाउने ?

    ‘भाखा राख्यो डाँडै काट्यो, हामीले पासपोर्ट र १६ लाख कहिले पाउँछौं होला त ?,’ सिराहका मनिसप्रसाद गुप्ता प्रश्न गर्नुहुन्छ । युएई पठाउँछु भन्दै ठग्ने दलाल गुफर मिया फरार भएपछि मनिसजस्तै १८ जनाको प्रश्न यही छ ।

  • ‘म जन्में भनेर बाबा घर नफर्किनुभएको हो ममी ?’

    ‘बाबा म जन्में भनेर घर नफर्किनुभएको हो ममी ?’ ६ वर्षकी बालिकाले यस्तो कुरा सोच्लिन अनि भन्लिन ? धेरैको उत्तर आउला यो त ठूलो भइसकेपछि मात्रै बुझ्ने र सोच्ने कुरा हो । साना केटाकेटीले कहाँ यस्तो कुरा बुझ्छन र गर्छन् ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस