MENU

विशेष

साउदीमा प्यारालाइसिसले थलिएका तेजबहादुरको विचल्ली

सुमित्रा कोइराला/उज्यालो ।

उदयपुर, असार ४ –  साउदी गएका छोराको श्वास उतै पो जाने हो कि भन्ने चिन्ताले उदयपुरको त्रियुगा नगरपालिका १३ असारीका गजकेशर कटुवाललाई हिजोआज न रातमा निन्द्रा छ, न दिनमा भोक छ । 

साउदी पुगेको २५ दिन मै छोरा तेजबहादुर कटुवाल प्यारालाइसिसले थलिएपछि बाबु गजकेशरलाई छोराको मुख देख्न पनि नपाइने भो झैं लाग्न थालेको छ । साउदी पुगेको २५ दिनमा उहाँका छोरा प्यारालाइसिसले थलिए । विरामी पर्नु अघि पनि उनले काम पाएका थिएनन । गजकेशरले छोरालाई ऋण काढेर विदेश पठाउनु भएको हो । 

‘गाईघाट बजारकै रेश्मा लिम्बू खत्रीलाई एक लाख ७० हजार रुपैयाँ तिरेर छोरो साउदी पठाएको हुँ,’ गजकेशरले भन्नुभयो ‘साउदी पुगेपछि छोराले काम पनि पाएन, अहिले आधा ज्यान नचल्ने हँदा पनि म्यानपावरले फिर्ता ल्याइदिएन ।’

विदेश जान कति रकम तिर्न पर्छ भन्ने उहाँलाई जानकारी थिएन । दलालले भनेअनुसार नै उहाँले पैसा बुझाउनुभयो । तर साउदी जानका लागि १० हजार मात्र लाग्ने रहेछ भन्ने गजकेशरले अहिले थाहा पाउनु भएको छ । नबुझी दलाललाई पैसा बुझाउदा ऋण मात्र थपिएको छैन्, छोराको ज्यान बचाउन समेत गजकेशरलाई मुश्किल भएको छ ।

‘साउदी जान १० हजार मात्र भए पुग्ने र’छ, एक लाख ७० हजार लियो तर पैसा लिएको प्रमाण केही दिएको छैन । अब पैसा त डुब्यो छोरो पनि उतै मर्छ जस्तो छ,’ गजकेशरले भन्नुभयो ।

गएको वैशाख ६ गते काठमाडौंको सिनामंगलमा रहेको साउण्ड लाइट रिक्रुटमेन्ट सर्भिसेस प्रालिबाट गजकेशरका छोरा तेजबहादुर साउदी गएका थिए ।  गजकेशर छोरोलाई नेपाल फर्काइदिन भन्दै विभिन्न निकायसँग हारगुहार गरिरहनु भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरमा निवेदन समेत दिनुभएको छ ।

उहाँले छोरा फिर्ता ल्याईदेउ भन्दै दलाललाई पनि अनुरोध गर्नुभयो । तर दलाले धेरै किचकिच गरेको भन्दै ज्यान मार्ने धम्की दिएको गजकेशर बताउनुहुन्छ । 
‘मेरो छोरोलाई छिटो फिर्ता ल्याइदेउ भनेको मलाई गुण्डा लगाएर मार्ने धम्की दियो,’ गजकेशरले रुँदै भन्नुभयो । दलालले मार्ने धम्कि दिएकाले गजकेशरले जिल्ला प्रशासन कार्यालय उदयपुरमा जीउज्यानको सुरक्षा गरी पाउँ भनेर निवेदन दिएको बताउनुभयो ।

तेजबहादुरलाई पठाउने रेश्माले नेपाल ल्याउनका लागि वैदेशिक रोजगार विभाग धाइरहेको बताउनुभयो । ‘मेरा श्रीमान् काठमाडौंमै हुनुहुन्छ, तेजबहादुरलाई एक हप्तामा नेपाल ल्याउने तयारी भईरहेको छ,’ उज्यालोसँग कुराकानी गर्दै रेश्माले भन्नुभयो । 

गजकेशरले एक लाख ७० हजार बुझाएको बताए पनि रेश्माले भने एक लाख पाँच हजार मात्र लिएको दावी गर्नुहुन्छ । छोरालाई नेपाल फर्काइदिन अनुरोध गर्दै गजकेशर अहिले जिल्ला प्रशासन कार्यालय जिल्ला समन्वय समिति अन्र्तगतको वैदेशिक रोजगार परामर्श केन्द्र (सामी परियोजना) र महिला पुनस्र्थापना केन्द्र (ओरेक) पुग्नुभएको छ ।

सामी परियोजना उदयपुरकी प्रमुख सोनाम राईले कानुनी रुपमा कटुवालबाट रेश्माले एक लाख ५० हजार बढी ठगी गरेको बताउनुभयो । ‘कानुनको प्रक्रियामा गएर भएपनि तेजबहादुरलाई नेपाल फर्काउने छौ ।’ राईले भन्नुभयो, ‘ठगीमा संगल्न रेश्माका श्रीमान् नेत्रलाई पनि कानुनी कारवाही गरी क्षतिपूर्ति दिलाउन सहयोग गर्नेछौं ।’

  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • पहिलो कुरा भ्रष्टाचारविरुद्ध खरो रुपमा प्रस्तुत हुनुहुपर्छ। सरकार, नेता, कर्मचारी, सञ्चारमाध्यम र सर्वसाधारणले नियम पालना गर्नुपर्छ। स्वरोजगारका लागि सरकारले आयमुलक योजना ल्याउनुपर्छ। प्राकृतिक साधन र स्रोतको गहिरो अध्ययन गरेर उपयोग गर्नुपर्छ। यसका लागि बाह्य पूँजी नभई स्वदेशी लगानीमा गर्नुपर्छ। सर्वसाधारणलाई पनि लगानीका लागि वातावरण बनाउनुपर्छ। यसो गर्दा स्वरोजगार हुनेको संख्यामा वृद्धि हुन्छ। रोजगारीका लागि विदेश जाने स्वतः घट्छन। विदेश नै पठाउने हो भने जि टु जी सम्झौता गरेर पठाउनुपर्छ। अरु आकर्षक गन्तव्य पनि खोजी गर्नुपर्छ। 

    गंगा राना / मलेसिया
  • प्रतिनिधसभा र प्रदेशसभा चुनावमा पाएको उपलब्धी नेपाली कम्युनिष्ट इतिहासमा दोहोरिन मुस्किल छ। साधारण बहुमत समेत ल्याउन नसकिरहेका बेला यो परिणाम नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धि ऐतिहासिक हो। आपसी झगडामा वाम गठबन्धनले यो अवसर गुमाए भने नेपाली नागरिकले यिनीहरुलाई कहिल्यै माफी दिने छैनन। ५ वर्ष भित्र नेपाली नागरिकले शासन प्रणालीमा सुधार र देशको भौतिक तथा आर्थिक बिकासमा परिवर्तनको आभास पाउनुपर्छ। 

    अनमोल श्रेष्ठ / दुवई
  • भर्खर मात्र देश संविधान कार्यान्वयनको बाटोमा अगाडि बढेको छ। प्रतिनिधीसभा र प्रदेशसभाको चुनाव भर्खरै सम्पन्न भएको छ। अब स्थायी सरकार बन्छ भन्ने विश्वास धेरै नागरिकलाई छ। विकास गर्न ५ वर्षे स्थायी सरकार बन्नुपर्छ। आशा छ, वाम गठबन्धनले ५ वर्षका लागि सरकार बनाउँछ। विदेशमा भएका युवालाई तत्कालै देशमा नै रोजगारीको सुनिश्चितता गर्न गाह्रो छ। किनभने अब बन्ने केन्द्रीय सरकारको काँधमा काम धेरै छ। संघीयता सम्बन्धी बिमतीहरु मिलाउन समय लाग्छ। प्रान्तिय सरकारले विदेशिएका लाखौं युवालाई विकास र समृद्धिको ठाउँमा योग्यता अनुसार लगाउन सक्नुपर्छ। नेपाली युवाको कमजोरी यौटै छ, विदेशमा घण्टौं खट्ने, तर स्वदेशमा राम्रो काम गर्न नचाहने। यो परिपाटीको अन्त्य हुन चीनको जस्तो कम्युनिष्ट सरकारको आवश्यक छ । चीनमा इन्जिनियरले तारजाली ग्याबिन भर्छ। तर नेपालको सवओभरसियरले ढुंगा समेत छुँदैन । अनि, कसरी देश विकास हुन्छ र रोजगारी पाइन्छ। देशभित्र रोजगार सिर्जना गर्न चार वटा वादको अन्त्य हुन जरुरी छ, नातावाद, कृपावाद, भ्रष्टवाद र ठगवाद। 

    यम श्रेष्ठ संगीतप्रेमी / मलेसिया
  • मेरो मनमा लाग्छ म परिश्रम गर्छु र अगाडि बढ्छु तर सोचेको जस्तो सजिलो छैन यहाँ जीवन।

    पदमबहादुर खत्रि / दोहा, कतार
सबै हेर्नुहोस