MENU

विशेष

अफगानिस्तानका ‘बिग बोस’ अर्थात रामेछापका दुर्गाबहादुर मगर

सन्जिता देवकोटा/उज्यालो । 

काठमाडौं, असार ५ – ‘बिग बोस’ अर्थात रामेछापका दुर्गाबहादुर मगर । अफगानिस्तान पुगेर उहाँ ‘बिग बोस’ बन्नुभयो ।

सुरुसुरुमा दुर्गाबहादुरको उचाई सानो देखेर म्यानेजरले ‘हि इज स्मल गाइ’ भन्थे । तर पछि उहाँको काम देखेर म्यानेजरले नै ‘बिग बोस’ नाम राखिदिएका थिए ।

दुर्गाबहादुर अफगानिस्तानमा अमेरिकी आर्मी क्याम्पको क्यान्टिनमा काम गर्नुहुन्थ्यो । अफगानिस्तान पुगेर ‘बिग बोस’ बनेका दुर्गाबहादुर अहिले गाउँघरका पनि ‘बिग बोस’ बन्नुभएको छ । अफगानिस्तानमा म्यानेजरको, अनि गाउँघरमा सबैको ‘बिग बोस’ बन्न उहाँले गरेका दुःखको हिसाव गरिसाध्य छैन् ।

स्कुल पढ्दा गाउँकै केटीसँग मायामा परेपछि दुर्गाबहादुरले ९ कक्षामा पढ्दा पढ्दै विहे गर्नुभयो । परिवारको सहमति बिना नै  विहे गरेका दुर्गाबहादुरले विहे पछि पढाइ पनि छाड्नु भयो । पढाइ छाडेर रोजगारीका लागि भारत जानुभयो । १५ वर्ष मात्र लागेका दुर्गाबहादुरले भारतमा धेरै दुःख गर्नुभयो ।

‘चिया पकाउने, मेसिन चलाउने, भुँइ पुछ्नेदेखि इन्चार्जसम्मको काम गरे, तर मेसिन चलाउने काम गर्दाको दुःख मैले अझै विर्सन सकेको छैन,’दुर्गाबहादुरले भारतमा काम गर्दाको दुःख सम्झिनुभयो । 

पखाला लाग्दा मेसिन छाडेर ट्वाइलेट जान नपाएको सम्झदा उहाँलाई अहिले पनि मन दुखेर आउछ । गाउँ छाडेर पहिलो पटक परदेश गएका दुर्गाबहादुर भाषा पनि बुझ्नुहुन्नथ्यो । भारतमा उहाँले दुई वर्ष काम गर्नुभयो । 

घर फर्किएर उहाँले काठमाडौंमा चार वर्ष कोल्ड स्टोरमा काम गर्नु भयो । कोल्ड स्टोरको कामले उहाँलाई धेरै सिकायो । 

‘नयाँ आउनेलाई मेरो भन्दा धेरै तलव दियो, काम केही जान्दैनथे, साहुलाई सोध्दा तिमीले पढेको छैनौ भन्यो । मलाई असह्य भयो’ दुर्गाबहादुरले भन्नुभयो । चार वर्ष काम गर्दा पनि नपढेको भन्दै तलब नबढाए पछि दुर्गाबहादुर फेरि गाउँ फर्किनुभयो ।

कोल्ड स्टोरको काम छाडेर उहाँ गाउँमा स्कुल पढ्न थाल्नुभयो । एसएलसी पास पनि गर्नुभयो । दुर्गाबहादुरले स्कुल पढ्दा पनि कुखुरा फर्म चलाउदै पढ्नुभयो । त्यही बेला उहाँले कुखुरा व्यवसाय गर्ने तरिका पनि जान्नुभयो । उहाँको कुखुरा व्यवसाय राम्रो चलेको थियो । 

तर राम्रो डिमान्ड आए विदेश जाने सोचमा हुनुहुन्थ्यो । गाउँकै आफन्तले अफगानिस्तानमा डिमाण्ड राम्रो छ भनेपछि उहाँ उनै आफन्त मार्फत तीन लाख रुपैयाँ बुझाएर अफगानिस्तान जानुभएको थियो । दुवईबाट प्लेन चढेपछि उहाँले काम गर्ने क्याम्प वरपरबाहेक अर्को ठाउँ देख्नु भएन । क्याम्पबाट कतै निस्कन मिल्दैन थियो ।

दुर्गाबहादुर आफ्नो काम डटेर गर्नुहुन्थ्यो । मेहनतको फल मिठो हुन्छ भने झैं उहाँ क्यामको ‘इम्प्लोइ अफ दि मन्थ’ पनि हुनुभयो ।

‘मेरो जीवनको सबै भन्दा खुसीको क्षण थियो त्यो दिन, अर्काको देशमा त्यो पनि अमेरिकन क्याम्पमा ‘इम्प्लोइ अफ दि मन्थ’ हुनु धेरै ठूलो कुरा थियो,’ दुर्गाबहादुरले त्यो दिन सम्झदै भन्नुभयो, ‘त्यो दिनबाट मलाई क्यापमा गर्ने व्यवहार नै फरक भयो । सबैले राम्रो मान्न थाले ।’ उहाँले पुरस्कार स्वरुप ५० डलर पनि पाउनु भएको थियो ।

दुर्गाबहादुर देख्दा सानो देखिने भएपनि काम जस्तो पनि गर्नुहुन्थ्यो । अरुले नआँटेका काम पनि सजिलै गर्ने भएकाले उहाँलाई म्यानेजरले ‘बिग बोस’ नाम राखेका थिए । क्याम्पको नियम भने कडा थियो । 

दुई वर्ष पछि उहाँ घर फर्किनुभयो । उहाँ विदेशबाट फर्किएर त्यसै बस्नुभएन् । पहिलेदेखि गरिरहेको काम भएकाले कुखुरा व्यवसाय नै गर्नुभयो । 

अहिले दुर्गाबहादुरको रामेछापको रामेछाप बजारमा र मन्थलीमा गरी दुईवटा कोल्ड स्टोर छ । उहाँले कुखुरा व्यवसायीलाई दाना उपलब्ध गराउनु हुन्छ । कोल्ड स्टोरबाट उहाँले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाउनुहुन्छ ।

त्यसो त उहाँकी श्रीमती पनि सिलाइकटाइको काम गरेर आफ्नो लागि आफैं कमाउनुहुन्छ । उहाँको दुई जना छोरा छन् । दुर्गाबहादुरलाई महिनामा ४० हजार कमाउन खाडीको तातो घाम खानुपर्छ जस्तो लाग्दैन । उहाँ आफ्नै देशमा गरिखाँदा इज्जत र पैसा दुवै हुन्छ भन्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

  • विदेश पठाउँछु भन्दै ३२ जना ठगेर भागेका दुई दलाल पक्राउ

    काठमाडौं, कात्तिक १– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३२ जनासँग पासपोर्ट र राहदानी लिएर भागेका दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्रेको छ । नुवाकोटको बुङताङका ३९ वर्षे भाग्यमान तामाङ र गोरखाको मान्वोका ४१ वर्षे महेन्द्र गुरुङलाई प्रहरीले पक्रेको हो ।

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस