MENU

विशेष

कार्यकाल दोहोर्‍याउने दाउमा विमललाई पूर्णविराम !

काठमाडौं, असार ३१– रोहन गुरुङ नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विजयी हुनु भएको छ । शनिबार विहान सम्पन्न भएको मतगणना अनुसार गुरुङले विमल ढकाललाई ९३ मतले पछि पार्नु भएको हो । 

अध्यक्षमा विजयी गुरुङले ४ सय ३४ र पराजित ढकालले ३ सय ४१ मत ल्याउनुभयो । एमाले निकट व्यवसायी गुरुङलाई माओवादी निकट व्यवसायीको समेत साथ थियो । दोश्रो कार्यकाल अध्यक्ष बन्ने दाउमा रहेका कांग्रेस निकट व्यवसायी ढकाललाई मधेस केन्द्रीत दलको समर्थन भए पनि आफ्नै कार्यकालका महासचिवसँग पराजित हुनु भएको हो ।

यस्तै प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना (४५३ मत ), द्वितिय उपाध्यक्षमा भुवन सिंह गुरुङ (४०७ मत), तृतिय उपाध्यक्ष शुक्र पाख्रिन (४०५ मत), महासचिव नरेश गेलाल (४०९ मत), सचिव इश्वरबहादुर जिसी (४०० मत) र कोषाध्यक्षमा राधिका कटुवाल (४०४ मत) विजयी हुनु भएको छ । 

सात जना पदाधिकारी रहेको संघमा द्धितिय उपाध्यक्ष र कोषाध्यक्ष बाहेक सबै गुरुङ समुहबाट विजयी भएका छन् । यस्तै सदस्यमा ढकाल समुहबाट १ र गुरुङ समुहबाट ९ जना विजयी भएका छन् । 

दुई वर्ष अघि भएको अधिवेशमा छुटाछुटै समुहबाट विमल ढकाल अध्यक्ष र रोहन गुरुङ महासचिवमा विजयी हुनु भएको थियो । त्यतिबेला आफ्नै समुहबाट वागी उम्मेदवार हुँदा पनि वियजी भएका ढकाल अर्को कार्यकाल दोहोर्‍याउन खोज्दा पराजित हुनु परेको हो । गुरुङ आफ्नो समुहका धेरैजसो पदाधिकारी पराजित हुँदा पनि विजयी हुनु भएको थियो । 

यस पटक एक ढिक्का भएर लडेको ढकाल समुहले नराम्रो पराजय व्यहोर्‍यो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस