MENU

विशेष

बालुवामा भेटिएका युवाको शव नेपाल फर्काउन सकिएन, दुवईमै सतगत गर्न खर्च छैन

उमाकान्त पाण्डे/उज्यालो । 

साउन १ – युएईको दुवईमा एक नेपाली मृत भेटिएका छन् । नेपाल फर्किन भनेर दुवई विमानस्थल पुगेर त्यहाँबाटै भागेका कास्कीको पोखरा १६ लामाचौरका सुरेश थापा मृत भेटिएका हुन् ।

कम्पनी छोडेर हिंडेको ४५ दिन पछि उनको शव दुवईको अलकुज स्थित औद्योगिक क्षेत्र पछाडीको बालुवामा भेटिएको युएई स्थित नेपाली दूतावासले जनाएको छ । रोयल गण्डकी म्यापावर मार्फत एक वर्ष अघि दुवईको फस्ट सेक्युरिटी ग्रुप कम्पनी अन्तर्गत सेक्युरिटी गार्डको रुपमा आएका थापा मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार गर्ने गरेको उनका सहकर्मीहरुले बताएका छन् । 

२९ वर्षे थापा केही समय अघि देखि नै नेपाल फर्कन कम्पनीसँग जोड गरिरहेका थिए । काममा नजाने, गए पनि फर्किने, कोठा छोडेर हिँड्ने र नेपाल फर्किन्छु भन्ने गरेकोले कम्पनीले भिसा रद्द गरेर नेपाल पठाउने प्रक्रिया पूरा गरेको थियो । यसअघि दुई पटक नेपाल फर्काउन भनेर विमानस्थल पुर्‍याएको भए पनि उनी भाग्ने गरेको कम्पनीले जनाएको छ । 

विमानस्थलबाट भागेको केही दिनमा फेरि कम्पनीकै क्याम्पमा आउने, साथीभाइसँग पैसा माग्ने र धेरै रक्सी खान थालेपछि कम्पनीले भिसा नै रद्द गरेर यो पटक विमानस्थल पु¥याएको थियो । अत्याधिक रक्सी खाएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

सुरेशले निधन हुने दिन पनि घरमा फोन गरेका थिए । भागेर हिँडेको झण्डै ४५ दिन पछि अलकुजमै काम गर्ने अरु नेपालीले उनको शव बालुवामा भेट्टाएका थिए । शवको पहिचान नखुलेपछि उनीहरुले सामाजिक सञ्जालमा मार्फत सोधीखोजी सुरु गरेका थिए । 

पछि युएईमै रहेको कास्की आदर्श सेवा समाजले मृतक कास्कीका भन्ने जानकारी पाएपछि थापाको बारेमा कम्पनी र दूतावाससँग समन्वय सुरु गरेको समाजका अध्यक्ष मनोज कुमार सैंजुले बताउनु भयो । तेस्रो पटक भागेपछि फर्किएर एक दुई पटक कम्पनीको क्याम्पमा आएको र आउने जाने गरे पनि कम्पनी छोडेर भागेको भन्दै कम्पनीले उनी विरुद्ध दुवई पुलिसमा भगौडा कामदार भनेर उजुरी गरेको थियो । 

शव भेटिएको दुई महिनासम्म पनि नेपाल पठाउन सकिएन 

मृत भेटिएको दुई महिनासम्म पनि नेपाल पठाउन नसक्दा सुरेशको शव दुवईमै अलपत्र परेको छ । दुवईको अल जाफ्लिया प्रहरी मार्फत अहिले रशिद हस्पिटलमा राखिएको शव नेपाल पठाउन रकम अभाव भएको दूतावासले जनाएको छ । 

कम्पनीले भिसा रद्द गरेर भगौडा कामदारका रुपमा प्रहरीमा उजुरी गरेकाले शव नेपाल पठाउन कम्पनीलाई बाध्य बनाउन नसकिएको दूतावासको भनाइ छ । तै पनि दूतावासले कम्पनीका प्रतिनिधीसँग अनौपचारिक रुपमा कुराकानी गरेको छ । दूतावासबाट आधिकारिक पत्र पठाए केही रकम कम्पनीले दिन सक्ने ती प्रतिनिधीले बताएका थिए । त्यसै अनुसार गएको बिहीबार कम्पनीलाई पत्र पठाइएको द्वितीय सचिव कृष्ण अर्याले जानकारी दिनुभयो ।

कम्पनी छोडेर अवैधानिक रुपमा बसेका कामदारको शव नेपाल पठाउन बजेट नै नभएकाले शव नेपाल पठाउन नसकिएको हो । स्थानीय प्रशासनले शव नेपाल लैजान नसक्ने भए दुवई मै सतगत गर्न भनेको छ । 

शव नेपाल पठाउन १० हजार दिर्हाम (झण्डै तीन लाख रुपैयाँ) लाग्छ । दुवईमै सतगत गर्दा पनि धेरै पैसा खर्च हुन्छ । दूतावासले शव नेपाल पठाउन रकम नभएको भनेपछि समाजले उद्दार समिति बनाएर आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । 

बजेट मागेर बोर्डमा पत्राचार गर्न टोलीको आग्रह 

‘समस्यामा परेकालाई दूतावासले सहयोग गरिरहेको छ । समाधान पनि गरेको छ । तर थापाको विषयमा धेरै रकम लाग्ने भएकाले समस्या समाधान गर्न गाह्रो भएको हो,’ दूतावासकी श्रम सहचारी हिराकुमारी यादवले भन्नुभयो । 

नेपाली कामदारको समस्या बुझ्न युएई आएको श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका प्रतिनिधिलाई पनि समाजले थापाको विषयमा कुरा राख्दा यस्ता विषयमा दूतावासले पत्रचार गर्नुपर्ने र दूतावासको पत्र पाइसकेपछि बोर्डको बैठक बसेर निर्णय हुने टोलीले बताएको छ । 

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार युएई दुतावासले अहिलेसम्म त्यसरी पत्र पठाएको छैन । उहाँले भन्नुभयो, ‘बोर्डमा रकम अभाव छैन, दूतावासले शीर्षक खुलाएर परराष्ट्र वा श्रम तथा रोजगार मन्त्रालय मार्फत बजेट मागे निकासा गर्न सकिन्छ ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • नियम कानून आफ्नो स्थानमा छ तर त्यो धेरैजसो कम्पनीले पुर्ण रूपमा लागू गर्दैनन्। कतिपय कुराहरुमा हामी अन्यायमा परेको थाह पाउँदा पाउदैपनी सम्झौता गरेर बस्नु परेको छ। अधिकारका कुरा गर्‍यो कि पेल्न थाल्छ र विभिन्न लाल्छना लगाएर फिर्ता पठाउनेसम्मको हत्कण्डा अपनाउन सक्छ। यो समस्या मेरो सेक्युरिटी गार्ड कम्पनीमा मात्र नभएर अधिकाम्स कम्पनीमा छ।

    कृष्ण भट्टराई / युएई
  • गतहप्तादेखि रहदै आएको राजनीतिक उथल-पुथल लम्बिने संकेत देखिदैछ। कतार नझुक्ने र साउदी अरब, युएई जसरी पनि झुकाउन पर्छ भन्ने मान्यतामा छन्। तर पनि युद्ध नभएको खण्डमा हामी नेपाली प्रबासिहरुलाई आत्तिनुपर्ने अवस्था छैन। तर सजग रहनुपर्ने अबश्य पनि छ। बजारमा सबै सामानहरु पनि सामान्य अवस्थामा छ। हामी सबै प्राथना गरौकि झण्डै साडेचार लाख नेपालीलाई रोजगारी दिन सफल भएको यो खाडीको सानो देश कतारले चाडै नै यस संकटबाट मुक्ति पाओस्।

    हरि प्रसाद लम्साल / सैना मैना १, रुपन्देही (हाल कतार)
  • साफरी मलमा गएको थिए हिजो एक क्रेट अन्डा को २९ रियल पुगेछ। बढिमा १५ रियाल हुनुपर्ने हो ।अलमराईको दूध, दहिको र्‍याक खाली छ। बाकी सामन्य नै छ। आत्तिनु पर्ने आबस्था छैन।

    आईत बहादुर थापा मगर / कतार
  • कुटनैतीक सम्बन्धमा बादल छाए पनि स्थिती सामान्य छ। आत्तिहाल्नु पर्ने स्थिती नरहेको र अनावश्यक भ्रामक समाचारहरुको पछाडि दौडिहाल्नु पर्ने स्थिति आईहालेको छैन।

    सम्योग भट्टराई / कतार
सबै हेर्नुहोस