MENU

विशेष

चर्पी बनाउदा लागेको ऋण तिर्न युएई आएकी जनातुनलाई घर मालिकले तीन लाखमा किनेको भनेपछि

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, साउन २ – ‘घर फुसको भएपनि बढेका छोरीहरुको इज्जत धान्न चर्पी बनाएँ, दुई लाख १० हजार रुपैयाँ ऋण लाग्यो, ऋण तिर्न भनेर विदेश आएको के भो के,’ आबुधाबीस्थित नेपाली दूतावासको सेल्टरमा रहेकी सर्लाहीकी जनातुन खातुनले भन्नुभयो । खातुन युएई आएको दुई महिना भयो । 

ऋण लागेको थाहा पाएपछि खातुनलाई एजेन्टले अनेक लोभ देखाउन थाले । त्यै लोभमा परेपछि एजेन्टले आफूलाई बेचेको उहाँले थाहा पाउनु भएन । काठमाडौंका फकिर भन्ने एजेन्टले उहाँलाई भारतको बाटो हुँदै युएई ल्याइपु¥याएको थियो ।

युएई आइपुगे पछि साहु लिन आएका छैनन् भन्दै १७ दिनसम्म काेठामा थुनेर राखे । १७ दिनपछि मालिकले लगेपनि उहाँले सोचजस्तो भएन् । घरमा उहाँलाई दुव्र्यवहार गर्न थालेपछि खातुनले नेपाल फर्काइदिन साहुलाई धेरै आग्रह गर्नुभयो । तर घर फर्काउने भन्दा पनि उहाँलाई अझ मनपरी व्यवहार गर्न थाले ।

सजिलो काम र मासिक २५ हजार रुपैयाँ तलव हुन्छ भनेर चिनजानका दलालले उहाँलाई युएई पठाएका थिए । काम र कमाई दुवै नभएपछि उहाँले नेपाल नै फर्कने निधो गर्नुभयो । तर नेपाल फर्कन सजिलो थिएन ।

काम राम्रो होला भनेर साहुको ऋण तिर्न विदेशिएकी खातुनले यस्तो होला भनेर सोच्नुभएकै थिएन् । उहाँले साहुलाई नेपाल फर्काइदेउ भन्दा १२ हजार दिर्हाममा किनेर ल्याएको जवाफ दिएपछि उहाँ छाँगाबाट खसेझैं हुनुभयो । दुईचार पैसा कमाउने सपनाको पोको बोकेर युएई पुगेकी खातुनले आफूलाई बेचेर दलाले पैसा पोको पा¥यो होला भनेर सपनामा पनि सोच्नुभएको थिएन् ।

‘गरिबलाई जता गएपनि दुःख मात्र भोग्नु पर्ने,’ खातुनले निन्याउरो मुख लगाउँदै भन्नुभयो । उहाँलाई परदेशमा पनि गरिबलाई नै बेच्दा रहेछन जस्तो लाग्छ । उहाँले कवाडी उठाउने देखि गलैचा उद्योगमा पनि काम गर्नुभयो । यति गर्दापनि भनेजस्तो नभएपछि परदेश लागेकी खातुन दलालको फन्दामा पर्नुभयो ।

सानैमा बुवा वितेपछि उहाँलाई आमाले काखी च्यापेर काठमाडौं आउनुभएको थियो । भएका एउटा दाइ पनि भारत पसेपछि कहाँ हराए थाहा छैन । पाएसम्मका सबै काम गरेर उहाँको बाल्यकाल बित्यो । गलैंचा उद्योगमा काम गर्न थालेपछि उहाँलाई रोग लाग्यो । सधै टाउको दुख्ने भएपछि उहाँ काठमाडौंको वीर अस्पतालमा जाँच गराउन जानुहुन्थ्यो । 

त्यही क्रममा चिनजान भएकी महिलाले नै उहाँलाई फकिर भन्ने दलालसँग मिलेर युएई पठाएकी थिइन् । एउटा रोगको उपचारमा जाँदा भेटिएको साथीकै कुरामा बिश्वास गर्दा उहाँ युएईमा बेचिनु पर्‌‍यो ।

चर्पी बनाउदा लागेको ऋण तिर्न विदेश 

जनातुन खातुन यसअघि पनि कुवेत जानु भएको थियो । कुवेतमा पनि घरेलु काममै गएकी उहाँको काम र कमाइ राम्रो थियो । कुवेतको कमाइले उहाँले सर्लाहीको पिपरिया ५ मा पाँच धुर जग्गा समेत किन्नु भयो । कुवेतबाट फर्केपछि उहाँले बिहे पनि गर्नुभयो ।

खातुनको विवाह दोब्बर उमेरको मोहम्मद मोक्शायदसँग भयो । बिहेमा दाइजो दिन नसक्ने भएपछि पहिलो श्रीमती बितेका मोक्शायदसँग उहाँले बिहे गर्नुभएको थियो । उहाँलाई विवाह भएको कति भयो सम्झना छैन् । 

दुई छोरी र एक छोरी पनि छन् । भर्खरै ३२ वर्ष लागेकी खातुनको श्रीमान भने ६५ वर्ष लागिसकेका छन् । गाउँकै सरकारी स्कुलमा पढिरहेका तीन जना छोराछोरीलाई राम्रो स्कुल पढाउने उहाँको सपना पूरा भएन् । ‘एक त विदेश गएको भनेपछि गाउँलेले राम्रो नजरले हेर्दैनन्, झन मलाई के आइलाग्यो,’ खातुनले आँशु झार्दै भन्नुभयो ।

‘चर्पी थिएन कति दिन खेतको आलीमा दिसापिसाव गर्नु,’ खातुन भन्नुहुन्छ, ‘हुर्केका छोरी छन् । त्यसैले घर फुसको भएपनि पक्कि चर्पी बनाएको ।’ त्यसमा विदेश जादा तिरेको २५ हजार पनि थपिएको छ । १२ हजार दिर्हाममा बेचेका दलालले उहाँबाट पनि २५ हजार उठाउन भ्याएछन् ।

कालो वर्णकी खातुन छोरा भने गोरो भएको बताउनुहुन्छ । उहाँलाई गोरो मान्छे देख्नासाथ आफ्नै छोरा जस्तो लाग्छ । छोरो पढाएर पत्रकार बनाउने सपना बोकेकी खातुनलाई अब नेपाल फर्किएर कसरी बालबच्चा पढाउने अनि ऋण तिर्ने सोच्न सक्नुभएको छैन् । 

पैसा जुटाएर उद्दार 

सरकारले गएको फागुनदेखि वैधानिक रुपमा महिलालाई घरेलु काममा पठाउन रोक लगाए पनि भारत लगायतका बाटो हुँदै घरेलु काममा जाने महिलाको संख्या बढिरहेको छ ।

यसरी अवैधानिक बाटो हुँदै विदेश आउने महिलालाई विभिन्न तवरबाट अर्थिक सहयोग जुटाएर नेपाल पठाउने गरेको दूतावासकी श्रम सहचारी हिरा कुमारी यादवले बताउनुभयो ।

खातुनको सहयोगका लागि पनि युएईमा रहेको नेपाली मुस्लिम समुदाय र सर्लाही सेवा समाजलाई अनुरोध गरिएको छ । त्यस्तै हवाई टिकट जुटाउन युएईको आबुधाबीमा कार्यरत गायक प्रकाश पौडेलले सामाजिक सन्जाल मार्फत अभियान चलाउनु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • ​दसैँका बेला दुर्घटनामा परेका बिनोद दुई वर्षदेखि कुवेतको ओछ्यानमा

    तनहुँको बन्दिपुरका बिनोद विश्वकर्मा १० दिनपछि घर पुग्ने कल्पनाले निक्कै खुसी हुनुहुन्थ्यो । कुवेत गएको पाँच वर्षपछि घर फर्किने साइत जुरेको थियो, त्यो पनि दसैँका बेला । त्यसैले खुसीको सीमा थिएन् ।

  • अमेरिकामा खोसिएको खुसी

    दोस्रो पटक उहाँले कोलोराडोमा बसेर काम सुरु गर्नुभयो । झण्डै साढे दुई महिना काम गर्नुभयो । त्यसपछि फेरि पहिले कै बिमारले सतायो उहाँलाई । काम गर्न सक्नुभएन । सबैले नेपाल नै फर्कन सुझाए पछि उहाँ फेरि नेपाल फर्कनुभयो ।

  • विदेशमा भएका नेपालीले दसैं मनाउँदा के गर्नु हुँदैन

    कतार, युएई र मलेसियामा नेपालीहरुलाई चाडबाड मनाउन बन्देज नभएपनि कतार र युएई मुस्लीम देश भएकाले नेपालीहरुले सचेत हुनुपर्छ । आफू रहेको देशको नियम कानुन विपरित काम गरेर पर्व मनाउन पाइँदैन । युएई र कतार इस्लामिक देश भएकाले यी देशका संस्कार, संस्कृति धेरै हदसम्म मिल्छन् ।

  • तरकारी व्यापारबाट मनग्यै अायस्ता गर्दै इलामका महिलाहरु

    आयआर्जनको बलियो माध्यम बन्दै गएको र व्यापारका लागि बेग्लै बजारको व्यवस्था भएका कारण इलाममा तरकारी व्यवसायमा महिलाको आकर्षण बढ्दै गएको छ ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस