MENU

विशेष

एकीकृत बस्ती बसाएर कृषि कर्ममा इजरायलबाट फर्केका युवा

श्यामशितल परियार/उज्यालो ।                

लमजुङ, साउन २५ – मकवानपुरका कृष्णप्रसाद बजागाईं सन् २०१४ मा इजरायल जानुभयो । यहाँ स्नातक पढ्दै गर्दा कृषिसम्बन्धी ज्ञान, सीप आर्जन गर्नका लागि उहाँ साना किसान कृषि सहकारी मकवानपुर मार्फत त्यहाँ पुग्नु भएको हो । 

इजरायलको आराभा भन्ने ठाउँ पुगेपछि उहाँ दंग पर्नुभयो । आराभा भन्ने ठाउँ मरुभूमी हो । जहाँ माटो, पानी भेटिन्न । तर पनि त्यहाँ मज्जाले कृषिजन्य वस्तु उत्पादन गरिएको छ । उत्पादन मात्रै होइन, उत्पादित वस्तु अन्य देशमा निर्यात पनि गरिएको छ । राम्रो आम्दानी लिन सफल भएका छन्, त्यहाँका कृषकहरु ।

इजरायल बस्ने क्रममा उहाँले भिन्डी, खुर्सानी, लसुन, साग उत्पादन गर्ने कम्पनीमा काम गर्नुभयो । कामसँगै कमाई पनि चित्तबुझ्दै थियो । ‘मासिक ५० हजारदेखी एक लाख रुपैयाँसम्म कमाई हुन्थ्यो,’ उहाँले भन्नुभयो । राम्रो कमाई हुँदाहुँदै पनि उहाँलाई इजरायलमै बस्न मन मानेन । उहाँमात्र नभई इजरायल पुगेका कृषिसम्बन्धी पढ्दै गरेका, काम गर्दै गरेका विभिन्न जिल्लाका ५३ जना युवाको मनले परदेशमा बस्न चाहेन । त्यसपछि उनीहरुले आपसमा सल्लाह गरेर नेपाल फर्कने निधो गरे । 

नेपाल फर्किएपछि तीन करोड रकम संकलन गरे । अनि योजना बन्यो, लमजुङमा व्यावसायिक कृषि कर्म गर्ने । सुरुमा आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेड दर्ता गराए । कृषि कर्मका लागि उनीहरुको रोजाइमा पर्‍यो, लमजुङको सुन्दरबजार नगरपालिका ३ चन्द्रेश्वर जल्केनी ।   

‘लमजुङ आफैमा कृषिको सम्भावना बोकेको जिल्ला, झनै यस क्षेत्र हलोक्रान्ति गरी कृषि क्रान्तिको सुरुवात गरेको जिल्ला, त्यसैले हाम्रो रोजाइमा पर्‍यो लमजुङ,’ कम्पनीका अध्यक्ष विनोद घिमिरेले बताउनुभयो । ७ वर्षसम्म इजरायलमा अध्यापनसँगै कृषिसम्बन्धी काम गरेका घिमिरेले देश विदेशमा रही कृषि क्षेत्रमा काम गरेका, यससम्बन्धी ज्ञान भएका, पढेलेखेका व्यक्तिले नै कृषिमा लाग्नुपर्छ भनेर आफूहरु कृषि कर्ममा लागिपरेको बताउनुभयो ।

‘इजरायलको आराभा जुन मरुभूमी हो, जहाँ पानी, माटो अन्यत्रबाट ल्याई आधुनिक तरिकाले खेती गरिएको छ, राम्रो आम्दानी गरिएको छ, व्यावसायिक कृषि कर्म मरुभूमीमा सम्भव छ भने हाम्रो देशमा किन सम्भव नहुने,’ उहाँले थप्नुभयो, ‘विदेशमा सिकेको सीप, नेपालमै पोख्ने हेतुले हामी युवाहरु विदेशी मोह त्यागेर नेपाल फर्कियौं, अहिले कृषि व्यवसाय सुरु गर्दैछौं ।’ 

उहाँका अनुसार कम्पनीमा हाल ९४ जना आवद्ध छन् । उनीहरुले जल्केनीमा १० हजार कुखुरा अट्ने क्षमताको आधुनिक खोर, साढे ८ रोपनी जग्गामा बेमौसमी तरकारी खेती गर्ने ग्रिन हाउसका साथमा प्लाष्टिक टनेल र गाईगोठ पनि निर्माण गरेका छन् । अहिले दुई सय २० रोपनी जग्गामा उनीहरुले एकीकृत कृषि बस्ती निर्माण गरेका छन् ।   

‘हाम्रो लक्ष्य अनुसार काम गर्न झण्डै ६ सय रोपनी जग्गा आवश्यकता पर्छ,’ घिमिरेले भन्नुभयो । सुरुको चरणमा १७ करोड लगानी गर्ने हाम्रो अनुमान छ । अहिले थप भौतिक संरचना निर्माणको काम भईरहेको छ । युवाहरुले भोटेओडारमा पनि डेरी सञ्चालन गरेका छन् । कम्पनीले अबको १० वर्षमा सातै प्रदेशमा कृषिको काम अघि बढाउने पनि कम्पनीमा आवद्ध युवाहरुले बताएका छन् । 

‘किसानको छोरो, देश नै कृषिमा आश्रित छ, यहाँ ७० देखी ७५ प्रतिशत कृषिमा लागेका छन्, तर हामी कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘इजरायलले कसरी कृषि क्षेत्रमा विकास गरेको छ, कसरी आधुनिक तरिकाले कृषि पेशा अँगाल्न सकिन्छ भन्ने ज्ञान, सीप लिन हामीजस्ता थुप्रै युवा इजरायल पसेका हौं, सिकेका सीप देशकै माटोमा पोख्न हामी कृषि क्षेत्रमा लागेका हौँ,’ कम्पनीका सञ्चालक बजगाईंले बताउनुभयो । 

‘देशकै माटोमा जानेको सीप बगाउन स्वदेश फर्कियौं,’ कम्पनीका सञ्चालक धादिङका देवराज आचार्यले बताउनुभयो ।   उनीहरुले सञ्चालनमा ल्याएको एकीकत कृषि बस्तीमा पुगी इजरायली राजदूत यारोन मायरले विदेशमा सिकेको सीप स्वदेशमै खर्चिएकोमा खुसी व्यक्त गर्नुभयो । 

यसैगरी, सांसद चन्द्रवहादुर कुँवर, जमीन्द्रमान घले, डा. भीष्मनाथ अधिकारी, सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र लगायतले युवाहरुको उद्यमलाई स्थानीयले पनि सघाउनुपर्ने विचार राखेका थिए । व्यवसाय सञ्चालनका लागि आइपर्ने समस्या समाधानका लागि आफूले सहयोग गर्ने उनीहरुले बताएका छन् ।     

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस