MENU

विशेष

​छोरी फकाउँदै, विदेश जाने योजना बुन्दै

विजय भुसाल/नुवाकोट । 

साउन २५ –  नुवाकोटको बट्टारका रोजन राईलाई छोरीले दिनहुँ ‘आमा खोइ’ भन्दै सोध्छिन् । रोजनले उनको आमा कहाँ छिन भनेर बताउन सक्नुभएको छैन । छोरीले यस्तो प्रश्न गर्नासाथ रोजनका आँखाबाट आँसु झर्छन् । छोरीलाई वास्तविकता कसरी बताउने । नबताउँदा पनि कतिन्जेल ढाँट्ने । छोरीसित झुटो बोलेर फकाउन निकै गाह्रो पर्छ । २३ वर्ष लागेका रोजनकी छोरी ४ वर्षकी भइन् ।

रोजनले रोसिकाकी आमा सनिता राईसँग ७ वर्ष अघि बिहे गर्नुभएको थियो । दुवै जना एउटै कक्षामा पढ्थे । उनीहरु बिच प्रेम थियो । १६ वर्षकै उमेरमा रोजनले सनितासँग विवाह गरे । सनिता भन्दा रोजन दुई वर्ष कान्छा छन् । ७ वर्षको सनितासँगको यात्रामा छोरी थपिइन् । तर यो यात्रा सनिताले तोडेकी छिन् । उनले अर्कैसँग बिहे गरिन् । रोजनले यही कुरा छोरीलाई बताउन सक्नु भएको छैन । 

विदेश नगएको भए श्रीमतीले अर्कैसँग बिहे गर्दैन पो थियो कि भनेर रोजनलाई अहिले पछुतो लाग्छ । ९ कक्षामा पढ्दा पढ्दै भागेर बिहे गरेका रोजन र सनिताको आम्दानीको स्रोत केही पनि थिएन । बिहे भएको ३ वर्ष पछि छोरी पनि जन्मिइन् । घरमा आर्थिक अभाव हुन थालेपछि उहाँले विदेश जाने निधो गर्नुभयो । 

श्रीमतीलाई कस्मेटिक पसल, आफू रोजगारीका लागि मलेसिया 

२०६९ सालमा रोजन एक लाख २० हजार दलाललाई बुझाएर युएई जानुभयो । १२ सय मासिक तलव भनेर विदेश पठाएका दलालले भनेको जस्तो भएन । मासिक ८ सय तलब, त्यो पनि निमार्णको काम परेपछि रोजनले काम गर्न सक्नुभएन । एक वर्ष युएईमा बिताएर उहाँ नेपाल फर्कनुभयो ।

रोजनलाई एकवर्ष विदेशमा गरेका दुःखले फेरि विदेश जाने मन म¥यो । अर्कातीर श्रीमती र छोरीलाई छाडेर जानु पर्ने । रोजनले आफ्नै देशमा केही गर्ने निधो गर्नुभयो । दुवैजनाले मिलेर व्यवसाय गर्ने सल्लाह पनि भयो । सनिताले कस्मेटिक पसल खोल्ने सुझाएपछि रोजनले नाइनास्ती गर्नुभएन । 

चार लाख ऋण काढेर रोजनले नुवाकोटमै व्यापार सुरु गरे । सनिता निकै खुसी थिइन् । अनि परिवारसँगै बसेर दुईचार पैसा आम्दानी भएपछि रोजनपनि सुखी नहुने कुरै भएन । तर कस्मेटिक पसलको आम्दानीले घर चलाउन नपुगेपछि रोजनलाई सनिताले नै विदेश जान भनिन् । 

रोजनले पनि नाई भन्नुभएन् । उहाँलाई दुई चार वर्ष विदेश बसेपछि परिवारसँगै खुसीे साथ बस्न पाइएला भन्ने लाग्यो । ‘हामी खुसी भएपनि पैसा थिएन, दुई वर्षमा कमाएर आउछु पैसा भएपछि सबै थोक होला जस्तो लाग्यो,’ रोजनले भन्नुभयो ।

पहिले पनि युएईमा पाएको दुःखले उहाँलाई मलेसिया काम गर्ने मनै थिएन । तर पनि परिवारकै उज्वल भविष्यका लागि रोजनले आफ्नो चाहनाालई मार्नुभयो । उहाँ ९५ हजार दलाललाई बुझाएर २०७१ साल मंसिरमा मलेसिया जानुभयो । काम र कमाई राम्रो थियो । रोजनले मासिक १६ सय रिगिंटसम्म कमाउनु हुन्थ्यो ।

राम्रो चल्ने पसलमा एक्कासी कसरी व्यापार हुन छाड्यो ? 

रोजन श्रीमतीकै नाममा पैसा पठाउनुहुन्थ्यो । रोजनले कमाएको पैसाले नुवाकोटमा राम्रो घर बनाउने सोचमा थिए । फोनमा कुरा हुँदा सनिताले पनि रोजनको सपनामा मलजल गर्थिन । छोरी हुर्कदै थिइन् । रोजनका सपना पनि हुर्कदै थिए । रोजनलाई श्रीमतीले पैसा कहाँ र कसरी राखेकी छिन् थाहा थिएन । उनीहरुकै लागि परदेशिएका रोजनले सोध्नु पनि उचित ठानेनन् । 

रोजनसँग कुरा हुँदा सनिताले धेरै पैसाकै कुरा गर्थिन् । रोजनपनि आफूसँग भएको सबै पैसा श्रीमतीलाई नै पठाउनुहुन्थ्यो । पछि रोजनले फोनमै पैसा कहाँ राखेको छौ भनेर बुझ्दा श्रीमतीको जवाफले उहाँलाई छाँगाबाट खसे झैं भयो । सनिताले व्यापार गरेर पैसा कमाएकी थिइनन् । श्रीमानले पठाएको पैसाले सामान किनेर पसल चलाएको बताइन् । 

पहिले राम्रो व्यापार हुने पसल कसरी व्यापार हुन छाड्यो, उहाँको मनमा हुरी चल्यो । मन मानेन । रोजनले गाउँका साथीभाइलाई सोध्नुभयो । सनिताले त पसल खोल्दिनन्, धेरै त काठमाडौं नै जान्छिन जस्ता कुरा सुनाए, उहाँलाई सपना देखे झैं लाग्यो । त्यसै त कमाएको पैसा कहाँ गयो भनेर आत्तिएका रोजन साथीभाइका कुराले बेचैन भए । त्यसपछि उहाँले श्रीमतीलाई पैसा पठाउनु भएन ।

घर फर्कदा न पसल थियो, न त मलेसियामा कमाएको पैसा 

परदेशमा उहाँलाई निद्रा पर्न छाडेको थियो । केही समय पछि श्रीमतीले फोन गरेर पसल बेचे भनेर सुनाइन । रोजनको किन बेचेको भन्ने प्रश्नमा उनको उत्तर सहज थियो, ‘व्यापार पनि भएन, तपाईंले पठाएको पैसा पनि त्यतै सकियो ।’ श्रीमतीको जवाफले रोजनलाई निःशब्द बनायो । जसले जे सुनाएपनि उहाँले परदेशमा बसेर शंका गर्दा सम्बन्ध बिग्रेला भन्ने डरले केही पनि भन्नुभएन ।

दुई वर्ष मलेसिया बसेर २०७३ सालमा उहाँ नेपाल फर्कनुभयो । रोजनले चार लाख रुपैयाँ सनितालाई पठाउनुभएको थियो । घर फर्कदा न त पसल थियो न त मलेसियामा कमाएको पैसा नै । रोजनको नयाँ घर बनाउने सपना त पूरा भएन नै । अहिले भएको घर पनि भत्किएको छ ।  रोजन फर्किएको झण्डै ७ महिना पछि सनिताले अर्कैसँग बिहे गरिन् । 

आफू नहुँदा जे भएपनि सँगै बसेर परिवारलाई खुसी राख्ने रोजनको सोच थियो । उहाँले फर्किएपछि तीन लाख ऋण काढेर तरकारी बेच्न सुरु गर्नुभयो । पसलको कमाइले परिवार चलाउन दुःख थिएन । रोजन फर्किएपछि पनि सनिताको फोनमा बेलाबेलामा अपरिचित मान्छेको फोन आइरहन्थ्यो । 

सुन तादी खोलामा फालें, त्यही खोज्नु 

कारणवश रोजनले पसल बन्द गर्नु पर्‍यो । त्यसको केही समय पछि सनिता आलु खन्न सघाउने भन्दै माइत गइन । तर उनी फर्किनन् । रोजनलाई फोन गरेर अर्कैसँग बिहे गरेको बताइन् । अहिले सनिताले अर्कै सँग बिहे गरेको तीन महिना भन्दा धेरै भैसक्यो ।

‘माईत जाने बहानामा उनी त अर्कै सँग पो भागिछन्, अहिले पनि पत्यार लाग्दैन,’ रोजनले मुन्टो झुकाए, ‘भएको पैसा र ७ तोला सुन पनि लिएर गइन् ।’ यति बताउँदा रोजनको अनुहारको रङ बद्लियो । रोजन भन्छन्, ‘सनिताले धोका दिएपछि मलाई त बाँच्ने रहरै म¥यो । तर छोरीको लागि पनि हार खानुहुँदैन जस्तो लाग्यो ।’ 

रोजनले पुलिसमा पनि उजुरी दिनुभयो । ‘सुन तादी खोलामा फालें त्यही खोज्नु भनिन्, पैसा त दिने कुरै भएन,’ रोजनले भन्नुभयो । रोजन फेरि विदेश जाने तयारीमा छन् । विदेश गएर कमाउने अनि छोरी पढाउने उहाँको योजना छ । अनि अर्को बिहे गर्नुहुन्न ? रोजन भन्नुहुन्छ, ‘पहिले कमाउँ अनि विचार गरौंला ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • संशोधन भएको वैदेशिक रोजगार ऐनमा के सुधार भयो ?

    सरकारले वैदेशिक रोजगार ऐन, २०६४ तेश्रो पटक संशोधन गरेको छ । तेश्रो संशोधित नियमावली, २०७४ साउन १६ गते देखि कार्यन्वयनमा आएको छ ।

  • युएईमा ८० दिन कोमामा बसेकी देवीको फेरि पनि मृत्युसँग संघर्ष

    संसारसँग हार गुहार गरेर बचाएकी श्रीमतीको फेरि उस्तै हालतमा पुगेपछि लोकेन्द्र गएको शक्रबार युएईबाट काठमाडौं आउनुभएको छ । बोल्न सक्ने बनाएर नेपाल ल्याएकी श्रीमती अहिले भने जीवनको अन्तिम सास लिइरहेकी छिन् । त्यसैले त अबले उहाँले पनि श्रीमती बाँच्ने आशा मारिसक्नुभएको छ । भेन्टिलेटरमा राख्दा पनि देवीलाई अब तीन दिनपछि मुखबाट पाइप लगाउन नमिल्ने डाक्टरले बताएका छन् ।

  • १० वर्षमा विदेश जानेको संख्या दोब्बर

    संस्थागत रुपमा रोजगारीका लागि विदेश जाने क्रम ३० वर्ष भन्दा अघि देखि चलेपनि आव २०५०/५१ बाट मात्रै तथ्याङ्क राख्न थालिएको हो । तथ्याङ्क राख्न सुरु गरिएदेखि अहिलेसम्म ४७ लाख ७७ हजार ६३४ जनाले श्रमस्वीकृति लिएका छन् ।

  • ​डेढ वर्षदेखि खोज्दा पनि भेटिएनन् विजय

    ओखलढुङगाका रामहरी पाण्डे काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समितीको कार्यालयमा भेटिनुभयो । ८ वर्ष अघि मलेसिया गएको छोरो सम्पर्कविहीन भएपछि खोजिदिन आग्रह गर्दै उहाँको पीएनसीसीको कार्यालय आइपुग्नुभएको हो ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु नै छ जहाँ बसे पनि तर आँखाबाट आसु त्यो बेला झर्छ जब हामी आफ्नै नेपाली साथीबाट हेपिन्छौँ र लुटिन्छौँ। यदि हामी अनुशासनमा रही काम गर्‍यौँ भने यहाँको लोकल मान्छेसँग खासै डर हुँदैन तर आफ्नोसँग हुन्छ।

    जय नारायण /मलेसिया
  • विदेशस्थित कम्पनीहरुमा काम गर्ने नेपाली कामदारहरु कुनै कानूनी झमेलामा परेमा उक्तकम्पनीले भिसा क्यान्सील गरिदिने कारणले गर्दा ति कामदारहरु ज्यादैनै मारमापर्ने गरेका छन्। पिडितको तर्फबाट न्यायमा पहुँच पुर्‍याउनका लागि न नेपाल सरकारले चासो देखाएको छ न  त कुनै रोजगारदाताले नै। कामदारहरुका कानूनीहकहितको लागि कुनै पहल नगरिनु राज्यको गैर जिम्मेवारिपन हो। जुन क्षेत्रबाट कर असुलिन्छ देशको प्राथमिकता त्यस क्षेत्रको सुधारमा हुनुपर्दछ। तसर्थ राज्यबाट आधिकारिकरुपबाट विदेश गएका प्रत्येक कामदारको न्यायिकहक सुनिश्चितता गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जावस्। 

    नाम ठेगाना उल्लेख नगरेको / इनरुवा
  • त्यहाँ देखि तपाईंहरूले सम्पर्क नम्बर त दिनुहुन्छ तर यहाँ चाहिँ ठूलो कुरा गर्दै उल्टो पैसा खाएर हामीलाई अप्ठ्यारो पार्ने काम भइरहेको हुन्छ। कतारमा पनि यस्तै घटना भएको छ। कम्पनीले तलब नदिएपछि दूतावासमा सम्पर्क गर्दा दूतावासको कर्मचारीले कम्पनीको मुदीरसँग घुस लिएर अप्ठ्यारोमा परेको छन्। कामदारलाई स्वदेश फिर्ता हुन चाहदा पनि नदिएको र काम नदिइकन राखेका छन्। यस प्रति कसैले ध्यान नदिएको बताएका छन् उक्त कामदारहरुले।

    जेम्स बिश्वकर्मा / कतार
  • म्यानपावरको झुठो आश्वनसनको कारणले नेपाली कामदारले साउदीमा धेरै नै समस्या भोगिरहेका छन्। म पनि त्यस्तै समस्यामा छु। मलाई सेलेसम्यानको काम भनेर पठाएको थियो तर यहाँ आएर फ्याक्ट्रिमा काम गर्नु परिरहेको छ। म्यानपावरलाई भन्दा कम्पनीले जे लगाउछ त्यही गर्नु पर्छ भन्छ। सरकारले अनुगमन गरे राम्रो हुन्थ्यो होला।

    फजरुल्लाह अन्सारी / साउदी अरब
सबै हेर्नुहोस