MENU

विशेष

काठमाडौंमा रोजगार मेला : जागिर खोज्नेको भिड

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौँ, साउन २८ – बेरोजगार युवालाई रोजगारको अवसर दिने उद्देश्यले काठमाडौंमा शुक्रबार सुरु भएको मेलामा युवाको भिड लागेको छ । ‘जब एण्ड करिअर फेयर’ मा युवाले आफ्नो चाहाना अनुसारको जागिरका लागि आवेदन दिन सक्ने आयोजकले जनाएको छ । 

रोजगारदाता र बेरोजगार युवाबिच सोझै सम्पर्क गराएर जागिरको अवसर दिलाउन मेला आयोजना गरिएको आसाम डाउन युनिभर्सिटी नेपाल संयोजक शंकर भट्टराईले जानकारी दिनुभयो । अधिकारी क्रियटिभ कन्सर्नको आयोजनामा भएको मेलामा नेपालका १८ वटा र २ वटा भारतका गरि २० वटा कम्पनीले युवालाई सिधै रोजगारको अवसर दिनेछन् । 

मेलामा नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोम र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल लगायतले युवासँग प्रत्यक्ष अन्तरवार्ता लिइरहेका छन् । 

मेलामा युवाले आफ्नो व्यक्तिगत विवरण कम्पनीलाई बुझाउने र कम्पनीले मेलाबाटै अन्तवार्ताका आधारमा आफूलाई आवश्यक जनशक्ति छनोट गर्नेछन । 

मेलाको पहिलो दिन शुक्रबार झण्डै एक हजार युवासँग अन्र्तवार्ता लिइएको र ७०० सय भन्दा धेरै जनालाई करियर काउन्सिलिङ गरिएको ‘फ्रक्स जब’का प्रबन्ध निर्देशक बिमल कँडेलले जानकारी दिनुभयो । मेलामा युवाको उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो ।

पढ्दै गरेका र पढाइ सकेर जागिर खोजिमा रहेकाहरुलाई कर्पोरेट कम्पनीसम्म पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको आसाम डाउन युनिभर्सिटी नेपाल प्रतिनिधि भट्टराईले बताउनुभयो । मेला शनिबार सकिने छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • मरिसके भनेका श्रीमानसँग भिडियो कल

    गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गर्नुभएको छ । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गर्नुभयो । त्यति बेला पनि उहाँ हास्न सक्नुभएन । ‘दाँत देखाउन मन लागेन, आँसु झारिन मन कुँडिएको थियो ।’ बिमला भन्नुुहुन्छ ।

  • १८ वर्ष हराएकी सरस्वती घर फर्किंदा...(भिडियोसहित)

    उफ्रिदै, दौडदै कबड्डी खेलेको सरस्वतीको माइतको आँगनमा अहिले चिल्ला गाडी कुद्न थालेका थिए । माइती गाउँको जवानी चढेको थियो तर भाइबुहारीको उमेर ढल्किएको थियो । भाइहरुको मात्र हैन, १८ बर्षपछि घर फर्केकी सरस्वतीको पनि रुपरंग फेरिएको थियो

  • २३ वर्ष भयो निमकुमार कुवेत गएको, बाँचे मरेको पत्तो छैन

    मोवाइलको सुविधा भएपछि परिवारसँग टाढा भएकाहरु दिन दिनमा अनि छिनछिनमा कुरा गर्छन । तर चिठ्ठी पठाउने जमानामा विदेश गएका निमकुमार भने मोवाइलको जमाना आएपछि बेपत्ता छन् । त्यो पनि कुवेतमा ।

  • ​कम्पनीकै कारण ‘ओभरस्टे’ हुँदा युएईमै अड्किए तीन युवा, कमाएको पैसा अदालत धाउँदा सक्कियो

    साहुले भनेको समयमा पनि भिसा नलगाइदिएपछि रमेशसँगै काठमाडौंको बुढानिलकण्ठका राजन बस्नेत र राजेन्द्र पण्डितलाई झस्का पस्यो । ओभरस्टेको समय बढ्दै गएकाले विभिन्न माध्यमबाट बुझ्दा उहाँहरुले आफूले काम गरिरहेको लुइस रेष्टुरेन्ट क्याफे अध्यागम विभागको कालो सूचीमा परेकाले भिसा दिलाउन नसकेको थाहा पाउनुभयो ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस