MENU

विशेष

हरिको मलेसिया यात्रा : जाँदा सपनाको भारी, फर्किंदा ऋणको

लिला निरौला/खोटाङ

साउन २८ – खोटाङको रुपाकोट मझुवागढीका हरी भट्टराईलाई मलेसिया पुग्दा कम्ता खुसी लागेको थिएन । परिवारसँग टाढिँदाको पीडा भएपनि केही समयपछि परिवारका लागि खुसी लिएर आउने सपनाले उहाँको मन भरिएको थियो । 

उहाँको तीन छोरालाई बोर्डिङ स्कुल पढाउने ठूलो रहर थियो । तर घरमै बसेर त्यो सम्भव थिएन् । आफन्तै पर्ने दलालले विदेश गए एक महिनामै धेरै कमाइ हुने बताएपछि उहाँले विदेश जाने निर्णय गर्नुभयो ।

हरि २०७१ सालमा मलेसिया जानुभयो  । मलेसिया जान उहाँले दलाललाई ऋण काढेर एक लाख ३० हजार रुपैयाँ बुझाउनुभयो । दलालले काम र कमाई राम्रो हुन्छ भनेपछि उहाँले दलालले मागे अनुसार कै पैसा बुझाउनुभएको थियो ।

मलेसिया पुगेको केहीदिनमा उहाँले काम थाल्नुभयो । काम र दाम दलालले नेपालमा भने झैं काम पाउनुभयो । कम्पनीले तलव पनि १४ सय रिगिंट दिने बताएको थियो । सबैकुरा आफूले भने झैं भएपछि खुसीले हरिको भईँमा खुट्टा थिएनन् ।

त्यो कम्पनीमा हरि सहित ६५ जना नेपालीले काम गर्थे । परदेश भएपनि धेरैजना नेपाली भएकाले उहाँलाई परदेश जस्तो लागेन । तर त्यो धेरै रहेन । मलेसिया पुगेको भोलिपल्टबाटै कम्पनीले सबै जनाको पालै पालो मेडिकल जाँच गर्न थाल्यो ।

हरिभन्दा अघि मेडिकल जाँच गर्नेहरु सफल भए तर उहाँ असफल हुनुभयो । ‘मेडिकल गर्दा छातीमा दाग देखायो, दुईचार दिनमा निको होला भनें तर के हुन्थ्यो र,’ हरिले भन्नुभयो । 

कम्पनीले मेडिकल अनफिट भएपछि काममा नआउनु भनेपनि काममा जान छोड्नुभएन । सोचेजस्तो भएन । दाग पनि निको भएन । कम्पनीले उहाँलाई २२ दिन पछि नेपाल फर्काइदियो । त्यो पनि त्यही २२ दिन काम गरेको पैसाले टिकट काटेर ।

‘मलाई मात्र भाग्ले ठग्यो ।’ हरि भन्नुहुन्छ, ‘जानेबेला मेडिकल गर्दा केही खराव देखाएको थिएन त्यहाँ पुगेपछि के भयो खै ।’ हरिका सबै सपना चक्नाचुर भए । सपना पूरा नभएर त केही थिएन विदेश जाँदा काढेको ऋण कसरी तिर्नेे । हरिलाई यही चिन्ताले सताइरहन्छ ।  सपनाको भारि बोकेर मलेसिया गएका हरि एकलाख तीस हजार ऋणको भारी बोकेर फर्किनुभयो ।

हरि मलेसियाबाट फर्किएको तीन वर्ष भयो । उहाँले त्यो बेला लागेको ऋण तिर्न सक्नुभएको छैन् । एक लाख तीस हजार ऋण ब्याज सहित हिसाव गर्दा अहिले ठ्याक्कै दोब्बर भएको छ । 

नेपाल फर्किएर हरिले म्यानपारसँग पैसा त उठाउनुभयो । तर म्यानपावरले टिकट र मलेसिया बस्दाको पैसा भन्दै आधा मात्रै फिर्ता दियो । उहाँले नेपालमै बसेर केही गर्न पनि सक्नुभएको छैन् । ‘हातमा नगद छैन । पहिले कै ऋणले खाएको छ फेरि ऋण पत्याउनन् के गर्नु’ हरिले गुनासो गर्नुभयो ।

तीन छोरा पढाउन अनि घर व्यवहार राम्रो बनाउनका लागि उहाँ फेरि पनि विदेश जाने सोचमा हुनुहुन्छ । तर पहिले जसरी नबुझी जाने भन्दा पनि राम्रोसँग स्वास्थ्य जाँच गराएर विदेश जाने उहाँ बताउनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • अलपत्र परेका युवाले दूतावासमा शरण पाएनन्, मजदुर क्याम्पमै फर्काइयो

    भदौ ७ – अलपत्रमा परी दूतावासको शरणमा आएका १० युवालाई नेपाली दूतावास युएईले मजदुर क्याम्पमा नै फर्काएको छ । पुरुषका लागि सेल्टर नभएको र एक हप्तामा नेपाल फर्काउने व्यवस्था गर्ने भन्दै दूतावासले उनीहरुलाई क्याम्पमै फर्काइएको हो ।

  • विदेशको रोजगारीले उजाडियो बास

    ‘साहुले पनि ६ वर्ष सम्म कुरे तिर्न नसकेपछि घरै दिनुपर्‍यो उहाँले ७० हजारको दोब्बर एक लाख ४० हजारमा साहुले घर लिए । साहुले घर लिएपछि उहाँको नाममा पाइला टेक्ने जमिन पनि छैन । भाडामा बसिरहेका बद्रिप्रसादको परिवारलाई घर गुमाउनु पर्दा साह्रै पीडा छ ।

  • कतारबाट श्रीमानले तिमी अझै मरेकी छैनौ भनेपछि..

    ‘ए तिमी पो ! तिमी अझै मरेकी छैनौ’ झण्डै एक महिनापछि फोनमा बोलेका श्रीमानका यस्ता कुरा सुनेपछि चन्द्रमायालाई छाँगाबाट खसे जस्तै भयो । त्यतिबेला श्रीमानले फोन नउठाएको एक महिना भन्दा धेरै भइसकेको थियो ।

  • बर्मलालको १५ वर्षे विदेश यात्रा : तीन पटक बिहे, नौ महिना जेल

    ‘मर्नलाई काल आउनुपर्छ भन्थे साँच्चै हो रैछ’ वैदेशिक रोजगारीको प्रसङ्ग कोट्याउने वित्तिकै बर्मलाल लुईटेलले पीडा सुनाउन थाल्नुभयो । उहाँका कुरा सुन्दा लाग्थ्यो वैदेशिक रोजगारीले उहाँलाई पीडा बाहेक अरु केही दिएन ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
  • समस्या त खासै त्यस्तो केही पनि छैन किन कि मसँग पहिला पनि एक चोटी दुबईमै काम गरेको अनुभव थियो। तर आफ्नो अनुभवबाट रोजगारीमा आउन तयारी गर्दै हुनुभएका दाजुभाइ र दिदिबहिनीलाई कुनै न कुनै सिप सिकेर मात्र आउनुहुन अनुरोध गर्दछु। सिप सिक्न पैसा नहुने पनि थाहा छ मलाई तर सरकारले निःशुल्क तालिमहरु दिइरहेको हुन्छ। त्यो बुझ्दा राम्रो हुन्छ। तपाईं विदेश आउदै हुनुहुन्छ भने आफै म्यापावर कम्पनीमा गएर कुन देश र कम्पनी, कस्तो काम, कति तलब जस्ता कुरा आफैले बुझ्दा राम्रो हुन्छ। बरु केहि रकम बढि खर्च गरेर भए पनि आफैले सम्बन्धित ठाँउमा गएर सबै कुरा बुझ्दा ठगीनबाट बच्न सकिन्छ।

    कमल गिरि / छापहिले ५ गुल्मी (हाल दुबई)
  • घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु नै छ जहाँ बसे पनि तर आँखाबाट आसु त्यो बेला झर्छ जब हामी आफ्नै नेपाली साथीबाट हेपिन्छौँ र लुटिन्छौँ। यदि हामी अनुशासनमा रही काम गर्‍यौँ भने यहाँको लोकल मान्छेसँग खासै डर हुँदैन तर आफ्नोसँग हुन्छ।

    जय नारायण /मलेसिया
  • विदेशस्थित कम्पनीहरुमा काम गर्ने नेपाली कामदारहरु कुनै कानूनी झमेलामा परेमा उक्तकम्पनीले भिसा क्यान्सील गरिदिने कारणले गर्दा ति कामदारहरु ज्यादैनै मारमापर्ने गरेका छन्। पिडितको तर्फबाट न्यायमा पहुँच पुर्‍याउनका लागि न नेपाल सरकारले चासो देखाएको छ न  त कुनै रोजगारदाताले नै। कामदारहरुका कानूनीहकहितको लागि कुनै पहल नगरिनु राज्यको गैर जिम्मेवारिपन हो। जुन क्षेत्रबाट कर असुलिन्छ देशको प्राथमिकता त्यस क्षेत्रको सुधारमा हुनुपर्दछ। तसर्थ राज्यबाट आधिकारिकरुपबाट विदेश गएका प्रत्येक कामदारको न्यायिकहक सुनिश्चितता गर्ने तर्फ सम्बन्धित निकायको ध्यान जावस्। 

    नाम उल्लेख नगरेको / इनरुवा
सबै हेर्नुहोस