MENU

विशेष

स्थानेश्वरलाई आजीवन जेल सजायबाट मुक्त गर्न ब्लडमनी संकलन अभियान

सन्जिता देवकोटा/उज्यालो । 

काठमाडौं भदौ २५ – प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)को पहलमा ‘स्थानेश्वर भुषालको सहयोगार्थ ब्लडमनी रकम संकलन अभियान’ सुरु गरिएको छ । 

साउदीमा आजीवन जेल सजाय तोकिएका नवलपरासीको मध्यबिन्दु नगरपालिका ४ का स्थानेश्वर भुषाल ४ वर्षदेखि साउदीको जेद्धामा रहेको डावान जेलमा हुनुहुन्छ । भुषालको उद्वारका पिएनसिसीले सात जनाको अभियान सल्लाहकार समिति बनाएर रकम संकलन अभियान सुरु गरेको हो । 

कोषमा रकम जम्मा भएपछि वैदेशिक रोजगार प्रवद्र्धन बोडसँग सहकार्य गरेर ब्लडमनीका लागि चाहिने रकम साउदी पठाइने समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल, प्रवासी नेपाली समन्वय समिति, सञ्चारमाध्यमका प्रतिनिधि, पीडित परिवारका सदस्य र स्थानीय जनप्रतिनिधि सहितको सल्लाहकार समिति गठन गरिएको हो । 

परिवारको सदस्यहरुमा स्थानेश्वरकी आमा यमकला भुषाल, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बराल, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की, महासचिव सोम लामिछाने तथा बुद्धसिंह केप्छाकी, स्थानीय जनप्रतिनिधि बिष्णु न्यौपाने र पत्रकार निरञ्जन ज्ञवाली सहितको समिति बनाइएको छ । 

समितिले ग्लोबल आइएमइ बैंकमा १० हजार रुपैयाँ सिड्मनी राखेर खाता खोलिसकेको छ । स्थानेश्वरलाई सहयोग गर्नका लागि ग्लोबल आइएमइ बैंकको खाता नम्बर ३९०१०१००००४०९ मा रकम जम्मा गर्न सकिने छ । 

यसरी भएको थियो दुर्घटना 

स्थानेश्वरले चलाएको गाडीलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्कर पछि स्थानेश्वर चलाएको गाडी अनियन्त्रित भई अगाडिको गाडीसँग ठोक्किदा एकजना स्थानीय साउदी नागरिकको ज्यान गएको थियो । 

सवारी चालक अनुमति पत्र नभएकाले उहाँलाई हत्याको अभियोगमा आजीवन जेल सजाय सुनाइएको हो । साउदीको माथिल्लो अदालतको निर्णय अनुसार उहाँ जेलमुक्त हुन एक लाख ५० हजार रियाल (झण्डै ४५ लाख रुपैयाँ) ब्लडमनी बुझाउन पर्नेछ । 

परिवारको आर्थिक अवस्था कमजोर

दुई दाजुभाइ मध्येका जेठा छोरा स्थानेश्वरको परिवारको आर्थिक अवस्था नाजुक भएकै कारण उहाँ ऋण काढेर विदेश जानुभएको थियो । कमाउन भएको छोरा १० महिनामै जेल परेपछि परिवारमा विहान बेलुकाको चुलो बल्न पनि धौ धौ छ । स्थानेश्वर जेल परेपछि श्रीमतीले पनि अर्कै बिहे गरिन् ।

उहाँको बुवा पनि शारीरिक र मानषिक रुपमा अशक्त भएकाले स्थानेस्वरको उद्वारका लागि आमा यमकला भुषाल विभिन्न ठाउँमा धाइरहनुभएको छ । ब्लडमनी तिरेर घर फर्कन पाउने भएपनि ऋण काढेर परदेश गएका स्थानेश्वरको परिवारले रकम जुटाउन सक्दैन ।

त्यसैले समितिको पहलमा स्थानेश्वरको सहयोगका लागि यो अभियान सुरु गरिएको हो । स्थानेश्वर ललितपुरको कुपण्डोलमा रहेको इनोभेटिभ म्यानपावरबाट साउदी जानुभएको हो । 

परिवार र समितिबिच द्विपक्षीय सम्झौता

समितिले स्थानेश्वरको उद्वारका लागि सुरु गरेको यो अभियानबाट चाहिने भन्दा बढी रकम संकलन भएमा बढी भएको रकम परिवारले दावी गर्न नपाउने सम्झौता गरेको छ ।

बढी भएको रकम परिवारलाई नदिई स्थानेश्वर जस्तै समस्यामा परेकाको सहयोगका लागि खर्च गर्ने अध्यक्ष कार्कीले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • मरिसके भनेका श्रीमानसँग भिडियो कल

    गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गर्नुभएको छ । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गर्नुभयो । त्यति बेला पनि उहाँ हास्न सक्नुभएन । ‘दाँत देखाउन मन लागेन, आँसु झारिन मन कुँडिएको थियो ।’ बिमला भन्नुुहुन्छ ।

  • १८ वर्ष हराएकी सरस्वती घर फर्किंदा...(भिडियोसहित)

    उफ्रिदै, दौडदै कबड्डी खेलेको सरस्वतीको माइतको आँगनमा अहिले चिल्ला गाडी कुद्न थालेका थिए । माइती गाउँको जवानी चढेको थियो तर भाइबुहारीको उमेर ढल्किएको थियो । भाइहरुको मात्र हैन, १८ बर्षपछि घर फर्केकी सरस्वतीको पनि रुपरंग फेरिएको थियो

  • २३ वर्ष भयो निमकुमार कुवेत गएको, बाँचे मरेको पत्तो छैन

    मोवाइलको सुविधा भएपछि परिवारसँग टाढा भएकाहरु दिन दिनमा अनि छिनछिनमा कुरा गर्छन । तर चिठ्ठी पठाउने जमानामा विदेश गएका निमकुमार भने मोवाइलको जमाना आएपछि बेपत्ता छन् । त्यो पनि कुवेतमा ।

  • ​कम्पनीकै कारण ‘ओभरस्टे’ हुँदा युएईमै अड्किए तीन युवा, कमाएको पैसा अदालत धाउँदा सक्कियो

    साहुले भनेको समयमा पनि भिसा नलगाइदिएपछि रमेशसँगै काठमाडौंको बुढानिलकण्ठका राजन बस्नेत र राजेन्द्र पण्डितलाई झस्का पस्यो । ओभरस्टेको समय बढ्दै गएकाले विभिन्न माध्यमबाट बुझ्दा उहाँहरुले आफूले काम गरिरहेको लुइस रेष्टुरेन्ट क्याफे अध्यागम विभागको कालो सूचीमा परेकाले भिसा दिलाउन नसकेको थाहा पाउनुभयो ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस