MENU

विशेष

छोरा मलेसियामा हराए, १५ हजार नहुँदा इद्रिसले अप्रेसन गर्न पाएनन्

दुर्गाप्रसाद भट्टराई/सर्लाही 

भदौ २८ – सर्लाहीको लक्ष्मीपुर–७ मा माटोको घरको मझेरीको एउटा कुनामा खाट छ । खाटमा राखिएको कपडामा अडेस लागेर बसेका छन इद्रिस मन्सुर । इद्रिस अहिले नियमित दमको औषधी खाइरहनुभएको छ । दमले सताएको दुई वर्ष भयो । दमले त सताएको थियो नै त्यसमाथि हाइड्रोसिलको समस्या पनि थपियो । 

एक पटक उपचार गर्न जानुभएको पनि हो । डाक्टरले दमका लागि औषधी अनि हाइड्रोसिलका लागि अप्रेसन गर्नुपर्ने भन्दै १५ हजार रुपैयाँ लाग्ने बताए । तर इद्रिससँग त्यै १५ हजार रुपैयाँ पनि छैन । ‘उपचार गर्ने पैसा नभएपछि रोग पालेर बस्नु परेको छ ।’इद्रिस भन्नुहुन्छ । 

हुन त इद्रिसका दुई जना छोरा । दुवै जना विदेशमा छन् । कान्छो छोरा गम्सेद मलेसियामै हराए अनि साउदी गएका गम्सेदका दाई खुसैद पनि भाइ हराएपछि उसको पनि ऋण तिर्नु परेपछि बुवाआमासँग टाडिएका छन् । 

गम्सेद मलेसिया गएको नौ वर्ष भयो । उनलाई गाउँकै एजेण्ट रहमत मन्सुरले लुगा सिलाउने काम भन्दै दुई लाख ३० हजार लिएर पठाएका थिए । मलेशिया पुगेको एक वर्षसम्म गमसेदले फोन गरिरहेका थिए । तीन पटक गरेर एक लाख ४० हजार रुपैयाँ  पठाए पनि  । तर त्यो पैसाले ऋण चुक्ता भएन घट्यो मात्रै । किनकी २ लाख ३० हजारको व्याज बढिरहेको थियो । 

भाइ मलेसियामै हराएपछि खुसैद साउदी अरब जानुभयो । साउदी पुग्दा खुसैदको टाउकोमा आफ्नो एक लाख दश हजार सँगै भाइले तिर्न बाँकी एक लाख ऋण थियो । लेवरको  काममा गएका खुसैदलाई दुई भाइको ऋण तिर्न दुई वर्ष लाग्यो । 

ऋण त तिर्नुभयो तर बुवाआमासँग अहिले पनि टाढा हुनुभएको छ । पैसा पठाउनुहुन्छ तर श्रीमतीलाई मात्रै । ‘दुईतिरको ऋणले तनाव भएर त होला नी अचेल हामीसँग बोल्दैन’ इद्रिसले दुख मनाउ गर्नुभयो । 

इद्रिसका श्रीमान श्रीमती वल्लो कोठामा बस्छन अनि बुहारी पल्लो कोठामा । साउदीबाट एक पटक छोरा आउञ्जेल त बुहारीले पनि राम्रै गर्थिन तर अहिले बुहारीको व्यावहार फेरिएको इद्रिसको गुनासो छ । ‘अरु त परैको कुरा खाइस कि खाइनस भनेर पनि वास्ता गर्दिन’ इद्रिसकी श्रीमती अस्मा खातुनले भन्नुभयो ‘त्यसैले कहिलेकाहीँ त मागेर पनि खानु परिरहेको छ ।’

विदेश गएको एउटा छोरा हराए अनि अर्का छोराको कमाई ऋण तिर्दैमा ठिक्क भएपनि इद्रिसका श्रीमान श्रीमती दैनिक ज्यालादारीको काम गरेर खाने खर्च जुटाउँथे तर एक त उमेरले पाको अनि रोगले पनि थलिएपछि न काम गर्न सक्छन न त कसैले पत्याउँछन नै । त्यसैले बुहारीले नदिएको बेलामा मागेर खानुभन्दा अर्काे उपाए छैन उहाँहरुसँग ।

उपचार गर्न पाए काम गरेर भएपनि खान सकिन्थ्यो भन्ने आँट लिएर इद्रिस तत्कालिन गाविसमा पनि जानुभएको थियो । तर गाविसका प्रतिनिधिले सहयोग गर्ने पैसा नभएको भन्दै फर्काइदिएपछि अहिले सहयोगी मनको पखाईमा हुनुहुन्छ । ‘कसैले सहयोग गरिदिए मेरो धर्मपनि उसैलाई लाग्ने थियो’ इद्रिस भन्नुहुन्छ ‘यदी यसको (हाइड्रोसिल) अप्रेसन गर्न सकिएन भने त साथी बनाएर लैजाला जस्तो छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • कुवेतमा दुर्घटनामा परेपछि महेन्द्रको मानसिक स्थिती गुम्यो

    कुवेतमा दुर्घटनामा परेका नवलपरासीका महेन्द्र हरिजनले मानसिक सन्तुलन गुमाएका छन् । दुर्घटना टाउको चोट लागेका उनको स्मरण शक्ति गुमेको कुवेतको फर्वानिया अस्पतालका डाक्टरले जनाएका छन् । दुर्घटनामा परेका महेन्द्रलाई प्रहरीले उद्दार गरी अस्पताल पुर्‍याएकाे थियो ।

  • परदेशको कमाईको डेढ करोड समाजसेवामा

    सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहनुभएको छ । सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा डेढ करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको पोखरेलले बताउनुभयो ।

  • ​पाँच पटक विदेश जाँदा ऋण घटेन बढ्यो, तिर्ने उपाय छैन

    खोटाङको रुपाकोट मझुवागढी १० पाथेकाका मंगल भुजेल त्यति बेला कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । १६ वर्ष मात्रै पुगेका मंगललाई कतारमा रहेका दाई नाता पर्ने व्यक्तिले विदेश जान उकासेपछि उहाँले उमेर बढाएर नागरिकतासँगै पासपोर्ट पनि बनाउनुभयो ।

  • ​विदेशबाट घर फर्किंदा यी बस्तु ल्याए भन्सारले जफत गर्छ ! नियम थाहा पाउनुहोस्

    दसैं नजिकिएसँगै वैदेशिक रोजगारीबाट विदामा घर फर्किने परदेशीको संख्या बढेको छ । परदेशमा दुःख गरेर कमाएको पैसाले घर फर्किंदा ल्याउने सामानको भन्सार नियम थाहा नपाउँदा कतिपयको सामान नै जफतमा पर्ने गरेको छ ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
  • साउदी अरेबियामा आजिवन जेल परेका स्थानेस्वरलाई बचाउ अभियान नै चलाइदै रहेछ, राम्रो कुरा हो। बिगतमा पनि अमर राई र बमबहादुरको लागि चाहिने भन्दा धेरै रकम संकलन भएको थियो। अझ एकजनाको त पुरै ब्लडमनि अज्ञात ब्यक्तिले दिएको थियो। त्यो पैसा अहिले कहाँ र कोसँग छ ? त्यस्को सोधी खोजी कसले गर्ने ? यदि त्यो पैसा त्यस्तै निर्दोशलाई बचाउन राखिएको हो भने त्यसबाटै स्थानेस्वरलाई बचाउन सकिँदैन र ?

    दुर्गेस सापकोटा
  • मलेसियामा न त कानुनसम्बन्धी कुनै भरपर्दो निकाए नै छ जस्ले कामदारका हितमा सघाओस् न त भनेजस्तो तलब सुबिधानै। अन्तराष्ट्रीय नियम अनुसार श्रमिकहरुको न्युनतम कामगर्ने समय र महिनाभरी पर्ने पब्लिक डे र अन्य बिदाको त कुनै अर्थ नै छैन। न त कम्पनीले दिन मान्छ, न यहाँको सरकारी निकायबाट छानबिन नै हुन्छ। दिनरातको असुरक्षित बातावरणमै दुःखमा दिन बिताउन बाध्य छ्न् यहाँ कार्यरत अधिकांश नेपाली कामदारहरु। नेपालसरकारको त कुरै नगरौँ, दुतावासले सहयोग गर्ला सोच्योकी बिचौलियालाई ठिक्क पारिन्छ।

    करन महरा / मलेसिया
  • मलेसियामा सुरक्षा गार्ड कम्पनीले श्रम सम्झौतामा उल्लेख  भए अनुसारको न काम दिन्छ, न त  तलब नै। आफ्नो ब्यक्तिगत सुरक्षाको त कुरा नै नगरौं। त्यस्तै परे आफ्नो कम्पनीको मानिसले नै कुन बेला मान्छे र पुलिस लगाएर कुटाउन बेर लगाउदैन। हामी श्रमिकले त नेपालका म्यानपावरलाई एक देखि दुई लाख सम्म बुझाएका हुन्छौं। मलेसियामा बेसिक नौं सय रिङ्गिट  गरी जम्मा १६ सय हुन्छ। होस्टेल, लेबि, ड्रेस अनि यातायातको पैसा कट्दा र खाना खाँदा मुस्किलले एक बर्षमा ऋण तिरिएला। बरु यो भन्दा नेपाल सकारले मालेसियामा कामदार पठाउन बन्द गरेर विकल्प खोज्नुपर्छ। किनकि नेपालको दूतावासले पनि दीर्घकालीन समाधान भन्दा कामदारलाई  थम्थमाउने तिर मात्र लागेको देखिन्छ।

    ठाकु योञ्जन / मलेसिया
सबै हेर्नुहोस