MENU

विशेष

आमाको मृगौला फेरेर फेरि दुवई पुगेका रबिन्द्रलाई दोश्रो पटक दिदीले बचाइन्

तपेन्द्र विष्ट/उज्यालो । 

डडेल्धुरा, भदौ २८ - पोखराको लेकसाइडमा रोजगारी खोज्दैडिंडेका रबिन्द्र गुरुङले आफूले खोजेजस्तो काम पाउनु भएन । २०४८ सालमा एसएलसी फेल भएपछि पढाई छोड्नु भएको थियो । 

पढाई छोडेपछि ६ महिना होटलमा भाँडा माझ्नुभयो । भाँडा माझ्दाको कमाई थोरै थियो । केहि वर्ष भाँडामाझ्ने काम गरेपछि उहाँले काम फेर्नुभयो । पछि ट्राभल एजेन्सीमा पर्यटकलाई बाटो देखाउने काम गर्न थाल्नुभयो । 

तर त्यो काममा पनि लामो समय टिक्न सक्नुभएन । काठमाडौं गएर म्यानपावर कम्पनीमा काम गर्न थाल्नुभयो । म्यानपावरमा काम गर्दागर्दैं उहाँको सोच बदलियो र  काम थालेको ८ महिना नबित्दै रोजगारीका लागि दुवई जानुभयो । 

तर दुवईमा लामो समय काम गर्न आफ्नै शरिरले धोखा दियो । दुवई पुगेको डेढ वर्ष भएको थियो । मृगौलामा समस्या देखिएपछि फर्किनु पर्‍यो कमाई भएन । अलिअलि कमाएको रकम आफ्नो उपचारमा सकियो । घर फर्किएपछि उपचारका लागि भारत जानुभयो । भारत गएर आमाको मृगौला आफ्नोमा लगाउनुभयो ।

आमाको मृगौला लगाएर जीवन पाएका रबिन्द्र फेरि पनि विदेश जानुभयो । २०५३ सालमा उहाँको दोश्रो दुवई यात्रा तय भएको थियो । 

दुवईका बिभिन्न कम्पनिमा काम गर्दा उहाँले मासिक सरदर ४० हजार रुपैयाँ  कमाउनुभयो । दुवईमा काम गरेको पनि ९ वर्ष लागेको थियो । उहाँ अचानक फेरि बिरामी हुनुभयो । अस्पतालमा जाँच गराउँदा थाहा भयो फेरि पनि मृगौलामा समस्या आएछ । 

रबिन्द्र जीवनसँग हारिसक्नु भएको थियो । रबिन्द्र भन्नुहुन्छ, ‘त्यतिबेला आत्मा हत्या गर्ने सोचेको थिएँ । अब बाँच्ने मन मरिसकेको थियो ।’ 

तर त्यतिबेलै नेपालबाट दिदीको फोन आयो । दिदीले सम्झाई बुझाई गर्नुभयो । रबिन्द्र फेरि पनि पहिलेकै जस्तो रोग लिएर फर्किनुभयो । पहिले आमाको मृगौला पाएर बाँचेका रबिन्द्रलाई दोश्रो पटक नेपाल फर्किएपछि दिदीले मृगौला दिएर बचाउनुभयो । 

‘गरिबिकै कारण पैसा नभएर अस्पतालमा बिरामीले आत्महत्या गरेको मैले देखेको छु’ रबिन्द्रले भन्नुभयो,  ‘यति धेरै खर्चहुन्छ भन्ने थाहा पाएको भए म पनि बाँच्दिनथें ।’ 

जीवनदेखि पटक पटक हारेका रबिन्द्र नयाँ जीवन पाएपछि फेरि पोखराको लेक साइडमै पुग्नुभयो । पोखरामा कुखुरा पाल्ने योजना परिवारमा सुनाउनुभयो । तर रोग सर्छ भनेर परिवारले रबिन्द्रलाई त्यो व्यवसाय गर्न दिएनन् । 

पोखराको लेक साइडमा सानो रेस्टुरेन्ट सञ्चालन गर्नुभयो । त्यसले राम्रो आम्दानी हुन थालेपछि रबिन्द्रका रेस्टुरेन्ट थपिए । पोखरामै तीनवटा रेस्टुरेन्ट चलाउनुभयो । पटक पटक जीवन दिएका परिवारले उहाँलाई व्यवसायमा पनि सहयोग गरे । 

१४ वर्ष वैदेशिक रोजगारीमा बस्दा उहाँले दुईटा मृगौला गुमाउनु पर्‍यो । कमाएको रकम पनि त्यसैमा सकियो र उल्टै ऋण थपियो । अहिले त लेखनाथ नगरपालिका २२ को कालावाङमा होमस्टे पनि सञ्चालन गर्नुभएको छ । 

तीन वर्ष पहिले खोलेको होमस्टेबाट अहिले मासिक १ लाख रुपैयाँ आम्दानी हुन्छ । विदेशमा हुँदाको काम र कमाई सँग अहिलेको अवस्था तुलना गर्नै नसकिने फरक रहेको उहाँ बताउनुहुन्छ । छोरा छोरी पोखरामा पढ्छन् । उहाँ आमासँग होमस्टेमा बस्नुहुन्छ । अहिले त रबिन्द्रकाे स्वास्थ्य पनि राम्रो छ कमाई पनि । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

    नबीन अधिकारी / युएई
  • मैले CTEVT बाट इलेक्ट्रोनिक तालिम लिएको छुँ। मैले भोगेको र दखेको सरकारले तालिम दिन्छ तर नेपालमा काम नै पाइदैन। अगाडि लागेका ठेकेदारले आ-आफ्ना ब्याकतिलाई काममा लगाउछन। कतै काम पाए पनि हामिलाई सम्झौता अनुसारको तलब दिदैनन्। त्यसैले हामि जस्ता गरिब कामदारले विदेशिनु पर्छ।

    मनराज बोगटी / कुच्चि, कालिकास्थान, अछाम
  • वैदेशिक रोजगारीमा सरकार आफैले आफ्नै निगरानीमा पठाउनु पर्छ, त्यो भन्दा पहिला सरकारलाई सम्पूर्ण जानाकारी प्रशासनिक रुपमा सम्बन्धित दूतावासले गर्नुपर्छ र बढिमा २ महिनाको कमाइ सरकारले आफैले राख्नुपर्दछ। रेमिट्यान्समा चलेको देशले यति कदम चाल्न मिल्छ कि नाई? म्यानपावरले गर्ने नै ठगी हो, सबै सचेत होउँ। सबै म्यानपावर सरकारको मापदण्ड र नियमसँग चल्ने हुनुपर्दछ, ब्याक्तिगत हावी कत्ती हुनुहुन्न।  

    किरण ढुङ्गाना / युएई
  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
सबै हेर्नुहोस