MENU

विशेष

छोरो त पढाइदिउँला, कुवेतबाट बहिनी आइनन् भने के जवाफ दिनु

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, भदौ २९ – कुवेतबाट दिपा सिंहले दिनहुँ फोन गर्नुहुन्थ्यो दिदी रक्षा चौधरीलाई । दिपाले जाने बेलामा ८ वर्षका छोरालाई पनि रक्षाकै साथमा छाडेर जानुभएको थियो । 

कामको बारेमा दिपाले कहिल्यै नराम्रो सुनाउनु भएको थिएन् । ‘घरको काम गर्नु पर्छ, बच्चा हेर्ने खाना पकाउने त हो भन्दै हाँसेरै बोल्थी फोनमा पनि,’ रक्षाले बहिनीसँग फोनमा गरेको कुराकानी सुनाउनुभयो ।

बहिनीले दिनमा चार पटकसम्म मिसकल गर्ने, फोन पनि गर्ने भएकाले रक्षाले बहिनीको कामको बारेमा नराम्रो छ कि भनेर शंका नै गर्नु भएन । अझ खुसी भएर बोलेको सुन्दा बहिनीका दुःखका दिन सकिए भन्ने सोच्दै खुुुसी हुनुभयो रक्षा । 

दिपाले पहिलो महिनाको तलव भनेर २६ हजार रुपैयाँ घर पठाउनुभयो । रक्षालाई त्यो पैसा ‘छोराको लागि खर्च गर्नु है दिदी’ भन्नुभएको थियो दिपाले । 
विदेश पुगेको दुई महिनापछि दिपाको फोन कम आउन थाल्यो । काममा व्यस्त भएर फोन नगरेको हो कि जस्तो लाग्यो । तर उहाँले सोचेको जस्तो भएन । दिपाले बिस्तारै फोन गर्नै छाड्नुभयो । 

झण्डै दुई महिना पछि दिपाले साथीको नम्बरबाट फोन गर्नुभयो । पहिले फोनमा हाँसेर बोल्ने बहिनीको बोली बेग्लै थियो । रोएको जस्तो बोली आयो । ‘के भयो भनेर सधेका ठिकै छ म पछि पैसा पठाउछु । मेरो छोरालाई राम्रोसँग हेरिदिनु है भनी,’ दिपाले त्यती भनेर फोन राख्नुभयो ।

पहिले गर्ने नम्बरमा रक्षाले धेरै पटक फोन कोसिस गर्नुभयो । तर लागेन । दिपाले फेरि केही समय पछि फोन गनुभयो । त्यती बेला पनि दिपाले साहु दुवईबाट आएपछि पैसा पठाउँछु भनेर राख्नुभयो ।

बहिनीले त्यस्तो व्यवहार देखाएपछि रक्षालाई शंका लाग्यो । रक्षाले बहिनीले फोन गरेको नम्बरमा फोन गर्नुभयो । त्यो नम्बर दिपाले काम गर्ने घर नजिकैको घरमा काम गर्नेे साथीको नम्बर रहेछ ।

साथीले दिपाको बारेमा बताएपछि रक्षा छक्क पर्नुभयो । बहिनीले तलब माग्दा साहुले कुटेछन, त्यसपछि उसको पनि बहिनीसँग भेट भएको छैन रे, दिपाले ंआत्तिदै भन्नुभयो, ‘बहिनीलाई नराम्रो केही पो भयो कि ।’

साथीले रक्षालाई बताए अनुसार दिपा अहिले त्यो घर छाडेर भागिसक्नुभएको छ । बहिनी कहाँ गइन भन्ने चिन्ताले सताएको छ रक्षालाई । दिपा सुर्खेतकी हुन् । श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि उहाँ सुर्खेतमा आमासँगै बस्नुहुन्थ्यो ।

पेटमा गर्भ लिएर माइत आएकी दिपाको छोरा पनि ८ वर्षको भैसकेका छन् । माइतीमा आमा पालेर बसेकी दिपालाई गाउँकै चिनजानका दलाल शशी खत्रीले भारतको बाटो हुँदै कुवेत पठाएकी हुन ।

नेपालबाटै विदेश पठाउने भनेर दिपासहित अरु महिलालाई पनि काठमाडौं बोलाएकी शशीले एक महिना काठमाडौंमा राखेर पछि नेपालगञ्ज हुँदै दिल्ली पठाएको रक्षाले पछि मात्र थाहा पाउनुभयो । बहिनीलाई भारतको बाटो हुँदै विदेश पु¥याए भनेको सुन्दा नै रक्षाको मन चिसो भएको थियो । 

धेरै महिलालाई भारतको बाटो हुँदै खाडीमा लगेर बेचेको सुनेकी रक्षालाई बहिनीलाई पनि त्यस्तै गर्ने हुन कि भन्ने लागेको थियो । नभन्दै अहिले त्यस्तै भयो । दिपाको सही खबर समेत नपाउँदा रक्षालाई निको चाल छ भन्ने लाग्दैन ।

दिपाको छोरा रक्षासँगै बसेर एलकेजीमा पढ्छन् । छोरालाई दिपा बेखबर भएको थाहा छैन । तर छोराले आमाले किन फोन नगरेको भनेर सोधिरहन्छन् । रक्षालाई एकातिर बहिनी बेखबर हुँदाको पीडा छ त अर्को तिर छोरालाई ढाँट्नुपर्दाको पीडा । रक्षा भन्नुहुन्छ, ‘ठूलोममीसँगै बसेर पढ्छु भनेको छ छोराले । उसलाई त पढाउला तर बहिनी आइनन् भने छोरालाई के जवाफ दिनु ?’

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

    नबीन अधिकारी / युएई
  • मैले CTEVT बाट इलेक्ट्रोनिक तालिम लिएको छुँ। मैले भोगेको र दखेको सरकारले तालिम दिन्छ तर नेपालमा काम नै पाइदैन। अगाडि लागेका ठेकेदारले आ-आफ्ना ब्याकतिलाई काममा लगाउछन। कतै काम पाए पनि हामिलाई सम्झौता अनुसारको तलब दिदैनन्। त्यसैले हामि जस्ता गरिब कामदारले विदेशिनु पर्छ।

    मनराज बोगटी / कुच्चि, कालिकास्थान, अछाम
  • वैदेशिक रोजगारीमा सरकार आफैले आफ्नै निगरानीमा पठाउनु पर्छ, त्यो भन्दा पहिला सरकारलाई सम्पूर्ण जानाकारी प्रशासनिक रुपमा सम्बन्धित दूतावासले गर्नुपर्छ र बढिमा २ महिनाको कमाइ सरकारले आफैले राख्नुपर्दछ। रेमिट्यान्समा चलेको देशले यति कदम चाल्न मिल्छ कि नाई? म्यानपावरले गर्ने नै ठगी हो, सबै सचेत होउँ। सबै म्यानपावर सरकारको मापदण्ड र नियमसँग चल्ने हुनुपर्दछ, ब्याक्तिगत हावी कत्ती हुनुहुन्न।  

    किरण ढुङ्गाना / युएई
  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
सबै हेर्नुहोस