MENU

विशेष

एक वाक्यले फेरियो परदेशीका परिवारको व्यवहार

मोहन पौडेल/उज्यालो । 

काठमाडौं, असोज २७ – ‘कक्षाको सुरु सुरु तिरै हो, सरले मुसाले त आफूलाई वर्षभरी खान चाहिने अन्न जुटाउँछ । हामी त मान्छे हौं अनि किन नगर्ने भन्नुभएपछि मेरो सोचाई पूरै फेरियो’ कैलालीको गौरीगंगा नगरपालिका ४ की खुरखुरियाकी कमला चौधरीले झण्डै एक वर्ष अघि वित्तीय साक्षरता कक्षामा सहभागी हुँदाको क्षण सम्झिनुभयो । 

कक्षामा कमलालाई वित्तीय साक्षरता सहजकर्ताले नै पुर्‍याएका थिए । त्यतिबेला कमलाका श्रीमान् साउदी अरब गएको ५ वर्ष भइसकेको थियो । तर उहाँसँग न त विदेशबाट पठाएको पैसा कुन क्षेत्रमा लगानी गर्ने भन्ने ज्ञान थियो न त बचत बारे नै धेरै जानकारी । त्यसैले घरमै आएर नाम लेखेर गएपछि के हुने रहेछ भन्ने सोचेर कमला वित्तीय साक्षरता कक्षामा पुग्नुभयो । 

इच्छा भन्दा पनि थोरै करले कक्षामा पुगेकी कमलाले खोजेको भन्दा पनि धेरै कुरा पाउनुभयो । कक्षामा परदेशीले विदेशमा कमाएको पैसा कसरी जोगाउने अनि परिवारले त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा सिकाइयो । तर वरिपरी परिवेश त्यस्तो थिएन । विदेशबाट आफन्तले पठाएको पैसा घर खर्चमै सकिरहेका थिए परदेशीका परिवारले ।

तर कमलालाई कक्षामा सहभागी नहुँदै पनि विदेशबाट पठाएको पैसा घर खर्चमै सक्नुहुँदैन भन्ने चाहिँ लाग्यो । ‘त्यतिबेला त कसैले सिकाएको थिएन । तर श्रीमानले पठाएको पैसाले कति दिन चल्छ र भन्ने लाग्थ्यो त्यही भएर खेतीपातीबाट आएको पैसाले घरको खर्च चलाउँथे’ कमला भन्नुहुन्छ । 

विदेश गएका परिवारका सदस्यलाई वित्तीय साक्षरताको कक्षा दिने व्यक्ति घरैमा आएपछि त कमलालाई ढुङ्गा खोज्दा देउता भेटे जस्तै भयो । कक्षामा पुगेकी कमलालाई सुरुमै भनिएका कुराले लोभ्यायो । कमलाले सुरुकै मुसाको कथा दोहोर्‍याउनुभयो । मुसाकै उदाहरणलाई सिद्धान्त जस्तै बनाएर कमलाले घर छेउमै पोखरी खनेर माछा पाल्न थाल्नुभयो ।

यस अघि श्रीमानले पठाएको पैसाले चल्दै आएको घर खर्च माछा पालेर भएको आम्दानीले पुग्न थाल्यो ।बिना ज्ञान माछा पाल्नु कमलाका लागि चुनौतीपूर्ण थियो । सुरुमा माछाका भुरा मरे । भुरामा मात्रै उहाँको झण्डै २० हजार रुपैयाँ घाटा लाग्यो । केहिदिन त नहुने रहेछ जस्तो पनि लागेको थियो । तर त्यतिबेला पनि उहाँलाई वित्तीय साक्षरता कक्षामा सिकेकै कुराले आँट दियो । 

किनभने उहाँले कक्षामा सुरुमा केही जोखिम आइहाले आत्तिनु हुँदैन भन्ने पनि सिक्नुभएको थियो । ‘नयाँ काम सुरु गर्दा विभिन्न खालका जोखिम आउन सक्छन तर त्यसबाट आत्तिनु हुँदैन भन्ने कुरामा सिक्दै थिएँ त्यही भएर आत्तिनु भन्दा पनि व्यवस्थापन तिर लागें’ कमलाले सुनाउनुभयो । यही आँटले गर्दा नै कमलाले खनेको पोखरीमा अहिले एक हजार भुरा हुर्किंदैछन् । 

माछा हुर्किन थालेपछि छोराले अरुले गरेको देखेर कुखुरा पाल्ने सल्लाह गरे कमलासँग । कमलालाई पनि छोराको प्रस्ताव ठिक लाग्यो । छोरासँगकै सल्लाहमा सानो खोर बनाएर १५ वटा हाल्नुभयो । दुई पटक १५/१५ वटा राम्ररी हुर्किएपछि कमलाले ३ सय चल्ला हाल्नुभयो । ती चल्ला पनि राम्ररी नै हुर्किए ।

त्यसपछि भने उहाँले खोरको आकारसँगै चल्लाको सङ्ख्या बढाएर एक हजार वटा हाल्नुभयो । हजार वटा हालेकोमा २ सय वटा चल्ला मरे । तर माछाबाटै पाठ सिकिसकेकी कमलालाई कुखुरा मर्दा त्यति धेरै ठूलो कुरा लागेन् । उहाँले मेहेनत गरी नै रहनुभयो । त्यै भएर त कमाई पनि गज्जबकै छ ।

कहिलेकाहिँ त श्रीमानको भन्दा पनि राम्रो कमाइरहनुभएको छ । ‘तीन सय चल्ला हाल्दा ४५ दिनमा २५/३० हजार हुन्छ ’ कमलाले सुनाएको कमाई श्रीमानले विदेशमा कमाउने पैसा जति नै थियो । त्यही भएर होला कमलाको अनुहार हँसिलो देखिन्थ्यो ।’कमलाका श्रीमान साउदीको एक सुपरमार्केटमा काम गर्नुहुन्छ । श्रीमानले दिनमा ८ घण्टा खट्दा बचाउने त्यही २५ देखि ३० हजार रुपैयाँ नै हो । 

परिवारलाई पहिलाको जस्तै बनाउने सपना 

कुनै बेला कमलाको परिवार गाउँकै साहुमहाजनको परिवार भनेर चिनिन्थ्यो । तर हजुरबुवाकै पालादेखि जग्गा बेच्न थालेपछि बिचमा परिवारको अवस्था बिग्रियो । वित्तीय साक्षरताले परिवारको बिग्रिएको अवस्था राम्रो हुने देखेपछि कमला खुसी हुनुहुन्छ । 

कैलालीमा वित्तीय साक्षरता कक्षा दुई वर्ष अघि सुरु भएको हो । समुह समुहमा दिइने कक्षा २८ हप्ताको हुन्छ । अहिलेसम्म ५४३ जना कक्षामा सहभागी भएकोमा ८८ ले कक्षामा सिकेका कुरा व्यावहारमा लागु गरेका छन् । अर्थात उनीहरु केही न केही व्यापार व्यावसायमा संलग्न छन् ।

परदेशीकी श्रीमतीदेखि ट्रककी साहुनी

वित्तीय साक्षरता कक्षामा गएपछि बचत र लगानीको बाटो देखेकी मध्येकी एक हुनुहुन्छ मंगलपुरकी कलावती भट्ट । कलावतीका श्रीमान् झण्डै ४ वर्ष अघि मलेसिया जानुभयो । घर व्यावहार धानिरहेका श्रीमान् नहुँदा घर चलाउन मात्रै होइन घर चलाउने खर्च जुटाउन पनि समस्या हुन्थ्यो कलावतीलाई । 

त्यसैले श्रीमानले पठाएकै पैसाले घर खर्च चल्थ्यो । धेरै परदेशीको परिवारको अवस्था कलावतीको भन्दा फरक छैन । तर वित्तीय साक्षरता कक्षामा पुगेपछि उहाँको व्यवहार फेरियो । उहाँले श्रीमानले विदेशबाट पठाएको पैसा जोगाउने काइदा सिक्नुभयो । ‘चाहिने खर्च त गर्नै पर्‍यो । तर फजुल खर्च नगर्दा पैसा बचाउन सकिन्छ भन्ने कुरा मज्जाले बुझ्न पाएँ’ कलावतीले कक्षामा सिकेका कुरा सुनाउनुभयो । 

उहाँ श्रीमानले विदेशबाट पठाएको पैसा फजुल खर्च त गर्नुहुन्न त थियो नै बचत पनि गर्नुहुन्थ्यो । ‘एउटा समुहमा बचत गर्थें त्यसमा उहाँ (श्रीमान) ले पठाएको पैसासँगै ससुरा बुवाले दिल्लीमा पुरेत्याँई काम गरेर ल्यएको पैसा पनि पथ्र्यो’ कलावती भन्नुहुन्छ । कक्षामा सहभागी भएपछि त कलावतीले बचत गर्ने ठाउँ एउटाबाट बढेर तीन वटा पुग्यो । 

यसरी नै जोगाएको पैसाले उहाँले एक वर्ष अघि ट्रक किन्नुभयो । ट्रक किन्ने सबै पैसा त उहाँसँग थिएन् । बैंकबाट फाइनान्समा निकालेकी कलावती अहिले महिनाको ८० हजार किस्ता तिर्नुहुन्छ । किस्ता तिरेर, ट्रकका लागि चाहिने अरु खर्च कटाएर पनि कलावतीले आम्दानी गरिहनुभएको छ । 

यो पनि पढ्नुहोस् 

विदेशमा कमाएर मात्रै हुँदैन बचाउन पनि जान्नुपर्छ, पैसा यसरी बचाउनुहोस्

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस