MENU

विशेष

जेलबाट छुटे भनेका श्रीमान् मलेसियामै हराए, क्यान्सरले थलिएकी कृष्णमाया श्रीमानको बाटो हेर्दै

रीना श्रेष्ठ/सिन्धुपाल्चोक । 

कात्तिक २२ – घर चलाउन ठगबहादुर श्रेष्ठले लिएको ऋण हजार हुँदै लाखको ठेलीमा पुगिसकेको थियो । त्यसमाथि श्रीमती विरामी भएपछि ठगबहादुरको टाउकोमा झण्डै ९ लाख ऋण पुग्यो । कृष्णमायालाई सामान्य घुँडा दुख्ने लक्षण देखिएको हो सुरुमा ।

सामान्य होला भनेर गाउँमा झारफुक गर्न तिर लाग्ने श्रीमान् श्रीमती । तर समस्या बढ्दै मात्रै गएन हिँड्डुल गर्नैै नसक्ने भएपछि अस्पताल पुग्नुभयो । तर त्यतिबेला ढिलो भइसकेको थियो । 

उहाँलाई क्यान्सर भएको र त्यो पनि रोकथाम गर्न नमिल्ने चरणमा पुगिसकेको बताए । जिल्लामा पाएको डाक्टरको जवाफ चित्त बुझेन । त्यसैले कृष्णमायालाई काठमाडौं ल्याउनुभयो । उपचारका लागि उहाँहरु नपुगेको कुनै अस्पताल छैन । 

‘वीर र टिचिङ त सबैले सुनेका र देखेका अस्पताल भए । हामी त कुन गल्लीमा पुगेनौं र’ कृष्णमाया भन्नुहुन्छ ‘जसले जहाँ उपचार हुन्छ भनेर सुनाउथे हामी त्यहीँ पुग्थ्यौं ।’ काठमाडौंमा डाक्टरले उहाँलाई दुई वटै खुट्टा घुँडादेखि मुनि काट्नुपर्ने बताए । कृष्णमायाले मान्नुभएन् । जस्तो भएपनि खुट्टा भए जस्तो हुँदैन भन्ने सोचेर उहाँले औषधि गर्नतिर लाग्नुभयो । 

तर खुट्टाको दुखाई बिसको उन्नाइस हुनुको साटो बिसको एक्काइस हुँदै गयो । कृष्णमायाको समस्या जस्तै उपचारमा लाग्ने खर्च पनि बढ्दै थियो । काठमाडौंका अस्पताल चहार्दा चहार्दै उपचारमा ३ लाख ३० हजार भन्दा धेरै खर्च भयो । त्यो सबै ठगबहादुरले ऋण गरेरै पुर्याउनुभयो । तर त्यसपछि न कृष्णमायाको रोग निको हुने संकेत देखियो न त  अरु पैसा खर्च गर्न ठगबहादुरको क्षमताले नै भ्यायो । 

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकावडा –८ का परिवारसँग छुट्टीएको २० वर्ष नाघि सकेको थियो । पाँच जना छोराछोरी थिए । एकातिर परिवार चलाउनुपर्ने बाध्यता अनि अर्कोतिर दिन दुई गुना रात चौगुना भने जसरी नै बढिरहेको ऋण र त्यसको ब्याज । 

यसले ठगबहादुरलाई परिवारसँग सँगै बस्न दिएन् । उहाँलाई सुरु देखि लागेको झण्डै ४ लाख ऋणमा श्रीमतीलाई उपचार गर्दा लागेको ऋण थपिएर ७ लाख रुपैयाँ पुग्यो । त्यसैले लागेका सबै ऋण तिर्न ठगबहादुरले विदेश जानुको विकल्प देख्नुभएन् ।

‘मैले त्यतिबेला उहाँलाई हुने कुरा केही गरेर पनि टर्दैन यहीँ दुख गरौैं जे हुन्छ हुन्छ पनि भनेको हो’ कृष्णमाया सम्झिनुहुन्छ ‘तर उहाँले मान्नुभएन । महिनको ३० हजार नै बचाएँ भनेपनि ऋण त तिरिन्छ भनेर उहाँ जानुभयो ।’

विदेश जाँदा लाग्ने पैसा उहाँसँग थिएन् । त्यसैले मलेसिया जान लागेको १ लाख ९५ हजार रुपैयाँ पनि उहाँले ऋण नै लिनुभयो । केही समय अघिसम्म ७ लाखको हाराहारीमा रहेको ऋण अब त बढेर ९ लाख पुग्यो ।ठगबहादुरकी कान्छी दिदी मलेसियामै हुनुहुन्थ्यो ।

उहाँले सेक्युरिटी गार्डको भिसा पठाइदिएकाले उहाँ त्यहाँ पुगेपछि कमाई हुनेमा मात्रै होइन लागेको सबै ऋण तिर्न सक्नेमा ढुक्क हुनुहुन्थ्यो ।  २०७२ वैशाख १ गते मलेसिया पुगेपछि श्रीमानले फोन गर्दा कृष्णमाया पनि ढुक्क हुनुभयो । केहिदिनमै काम सुरु गरेको खबर पनि सुनाउनुभयो ठगबहादुरले । त्यसले ऋणको भारी बिसाउन पाइने भयो भन्ने आशमा रहेकी कृष्णमायालाई वैशाख १२ गतेको भुकम्पले पीडा थप्यो । 

बस्दै गरेको घर भुकम्पले ढलेपछि पाँच छोराछोरी सहित कृष्णमायाको बासमा पालमा पुग्यो । एकातिर श्रीमान् नहुँदा समस्या अर्कोतिर भुइँचालोले थपेको सास्ती । अनि ज्यान बिरामी त छँदै थियो । सबै समस्यासँग पौंठेजोरी खेल्दै भएपनि कृष्णमाया दिन काट्दै हुनुहुन्थ्यो ।

श्रीमानले फाने गर्दा काम सजिलो छ भनेर सुनाउनुहुन्थ्यो अनि दुई तीन महिनाको फरकमा पैसा पनि पठाउनुहुन्थ्यो । श्रीमानले ऋण तिर्न र घर चलाउन छुट्याएरै पैसा पठाइदिने भएकाले घर चलाउन त्यति मुस्किल थिएन । उहाँ पनि श्रीमानले भने जस्तै ऋण तिरिसकेपछि त अवस्था सुध्रिन्छ भन्ने आशमै हुनुहुन्थ्यो । 

गएको एक वर्ष अर्थात २०७३ को वैशाख पहिलो हप्ता फोन गर्दा श्रीमानले म्यानपावरलाई ६० हजार रुपैयाँ दिन बाँकी रहेको भन्दै दुई महिनापछि मात्रै पैसा पठाउने बताउनुभयो कृष्णमायालाई । भने अनुसार नै उहाँले असार १ गतेतिरै फोन गरेर ७० हजार रुपैयाँ पठाइदिने भन्दै २० हजार घर खर्च र बाँकी ५० हजार खेतीपातीका भनेर छुट्याइपनि दिनुभयो मलेसियाबाटै । 

यसअघि जस्तै कृष्णमाया श्रीमानले पैसा पठाएर त्यसको नम्बर (पैसा पठाउँदा दिइने नम्बर) टिपाइदिने आशमा हुनुहुन्थ्यो । तर एक दिन दुई दिन गर्दै ८ दिनसम्म पनि श्रीमानको फोन नआएपछि कृष्णमाया आत्तिनुभयो । उहाँले आफन्तहरुलाई खबर गर्नुभयो । 

दिदीले भिसा पठाइदिएको भएपनि उहाँ त्यतिबेला काठमाडौंको सिनामंगलमा रहेको सोसियल इम्प्लोइमेन्ट सर्भिस म्यानपावरबाट जानुभएको थियो । त्यसैले काठमाडौंमा भएका आफन्तहरु ठगबहादुरका बारेमा बुझ्न म्यानपावरमै पुगे । तर म्यानपावरले टुङगोका कुरा गरेन । 

सुरुमा गाडी दुर्घटनामा ठगबहादुरको मृत्यु भएको भन्यो, पछि जेल परेको कुरा गर्यो । त्यसमा पनि जेल पर्नुको कारण स्पष्टसँग बताएन । ‘बुझ्न जानेहरुलाई केटी काण्डमा जेल परेको छ भन्यो रे’ कृष्णमाया भन्नुहुन्छ ‘उहाँसँगै उहाँको मालिकलाई पनि जेल हालेको थियो रे तर तीन दिनमै छोड्यो रे’

भाषा राम्रो नभएको आफ्ना कुरा राख्न नसक्दा श्रीमान जेलबाट छुट्न समय लागेको आफन्तहरुले कृष्णमायालाई सुनाए । तर न उहाँ स्पष्टसँग बुझ्नलाई काठमाडौं आउन सक्नुहुन्छ न त कसैले सबै कुरा स्पष्टसँग बुझेर नै भनिदिन्छ । त्यसैले उहाँ अहिले श्रीमानका बारेमा यथार्थ जानकारीको पर्खाइमा हुनुहुन्छ ।

भुकम्पले घर भत्किएर पालमा बसिरहेकी कृष्णमायाले साविक गाविसको २ लाख रुपैयाँ सहयोग र भुकम्प प्रभावितलाई दिइएको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँमा आफुले पनि दुई लाख नै थपेर घर बनाउनुभयो । झण्डै डेढ वर्ष पालमा बसेका कृष्णमाया र उहाँको पाँच जना छोराछोरी घरमा त सरे तर श्रीमान् मलेसियामै हराएपछि कृष्णमायालाई निद्रा परेको छैन । 

त्यसमा पनि पहिल्यैदेखिको ऋण चुक्ता गर्छु भनेर गएका श्रीमान आफू जाँदा लिएको ऋण तिरिसक्न नपाउँदै हराए । ‘उहाँ जाँदा लिएको १ लाख ९५ हजारमध्ये २० हजार रुपैयाँ अझै तिर्न बाँकी छ’ कृष्णमाया भन्नुहुन्छ ।

क्यान्सरले उहाँलाई अब त झनै थला पारेको छ । उहाँका दुई वटा खुट्टाका तीन वटा औंला झरिसकेका छन् । एउटा बुढी औंला घाउ भएर पाक्न थालेको पनि धेरै भइसक्यो । ‘अब त हिँड्न पनि नसक्ने भइसकें’ श्रीमान् खोजिदिन निवेदन दिन सिन्धुपाल्चोकमा रहेको सूचना तथा परामर्श केन्द्रमा आइपुगेकी कृष्णमायाले भन्नुभयो ‘यहाँबाट घर पुग्न पनि आँट आउँदैन ।’

केन्द्रले ठगबहादुरको अवस्था बारे बुझ्न काठमाडौंमा रहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)लाई आग्रह गरेको छ । तर अहिलेसम्म कुनै जानकारी पाउन नसकेको पिएनसिसीले जनाएको छ । 

म्यानपावरले भने ठगबहादुर कम्पनीले ठगबहादुर जेलबाट छुटेको बताएपनि अहिले कहाँ हुनुहुन्छ अनि नेपाल फर्किने प्रक्रिया के भइरहेको छ भन्ने बारेमा आफूले पनि जानकारी नपाएको भन्दै छिट्टै कम्पनीसँग बझेर परिवारलाई जानकारी गराउने बताएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस