MENU

विशेष

​मलेसियामा छोरो केटीसँग लागेर पैसा पनि सक्यो अब कहिल्यै फर्किंदैन भन्छन के गरौं ?

मोहन पौडेल/उज्यालो । 

काठमाडौं, कात्तिक २६ – त्यतिबेला अरुणकुमार साह काठमाडौंमा लेबरको काम गर्दै थिए । घर बनाउने काम गर्ने छोराले दिन नखोजेका हुन् कि कमाइ नै नभएको हो थाहा भएन । तर घर अरुणकुमारले एक रुपैयाँ पनि दिएनन् । त्यसैले सुनसरीको मधुवन–७ का हरिनारायण साह आफैंले कान्छो छोरालाई विदेश जान सुल्लाह दिनुभयो । 

एसएलसी पास गरेर कामका लागि काठमाडौं छिरेका अरुणले पढाइलाई निरन्तरता दिन सकेका थिएनन् । त्यसैले बुवाले भनेकै कुरातिर लागे । घर फर्किए । हरिनारायणले अरुणको पनि बिहे गरिदिनुभयो । १ वर्ष पनि नपुग्दै उहाँ विदेश जाने तयारीमा लाग्नुभयो । विदेश पठाइदिने कोही चिनेका थिएनन् उनले ।

त्यसैले काठमाडौंको मौघाल इन्टरनेशनल सर्भिस प्रालिमा पुग्नुभयो । म्यानपावरले उहाँलाई एक लाख ५ हजार रुपैयाँ लिएर मलेसिया पठायो । प्रोडक्सन अपरेटर पदका लागि मलेसिया उडेका अरुणले ३ वर्ष बस्दा झण्डै अढाई लाख रुपैयाँ पठाए ।

छोराले राम्ररी पैसा कमायो भने जग्गा जोड्नुपर्ला भन्ने उहाँले सोच्नुभएको थियो । तर अरुणले जग्गा जोड्ने गरी पैसा कमाउन सकेनन् ३ वर्षमा । उनले त्यतिबेला पठाएको अढाई लाख रुपैयाँ अहिले उनकै छोराको पढाइमा खर्च गर्दै हुनुहुन्छ हरिनारायण साह । ३ वर्षमा बिदा लिएर घर आएका अरुण ३५ दिन बसे अनि फेरि फर्किए । 

घर आएर फर्किएपछि भने अरुणको व्यावहार पनि फेरियो । पहिले दुई तीन महिनामा २०÷३० हजार रुपैयाँ भएपनि पठाउने छोराले पैसा पठाउन छोडे । पैसा आउन त रोकियो नै फोन पनि गर्न छोडे अरुणले । एक महिना, दुई महिना हुँदै ७ महिना पुग्दा पनि छोराले फोन नगरेपछि अरुणकी श्रीमती सीतादेवी आफैं काठमाडौंको म्यानपावरमा आउनुभयो । 

म्यानपावरले अरुणलाई फोन ग¥यो । उनले एक महिनाभित्रै घर आउने भन्दै ११ हजार रुपैयाँ पठाइदिए । सीतादेवी श्रीमानले पठाएको ११ हजार रुपैयाँ लिएर घर फर्किन् । तर एक महिना होइन १ वर्ष भइसक्दा पनि अरुण फर्किएका छैनन् । अहिले त उनको फोन पनि लाग्दैन ।

फोन नलागेर तनावमा परेको परिवारलाई मलेसियाबाटै फर्किने अरुणका गाउँका साथीहरुले सुनाउने खबरले भने झनै सताएको छ । मलेसियाबाट फर्किनेहरुले अरुण त्यहीँ काम गर्ने केटीसँग लागेको र कमाएको पैसा पनि त्यहीँ सक्ने गरेको सुनाएपछि परिवार चिन्तामा परेको हो । 

त्यति मात्रै होइन हरिनारायण साहलाई अरुणका साथीहरुले यसरी केटीसँग फसेको मान्छे कहिल्यै फर्किन सक्दैन पनि भन्छन् । ‘छोरो केटीसँग लागेर पैसा पनि सक्यो अब आउँदैन भन्छन कसरी फर्काउँ’ हरिनारायण भन्नुहुन्छ । 

छोराका पछिल्ला व्यवहार हेर्दा उनका साथीहरुले सुनाएका कुरा ठिक हुन जस्तो लाग्छ हरिनारायणलाई । उतिबेला आफैले विदेश जान सुझाव दिएका छोरा अहिले नराम्रो बाटो लागेपछि हरिनारायणलाई पछुतो पनि लाग्छ । ‘त्यतिबेला बरु यतै केही गर्न लगाउनुपर्ने रैछ जस्तो लाग्छ ।’ उहाँले भन्नुभयो । 

७२ वर्षका हरिनारायण व्यावहार त जेठो छोरासँग मिलेर जेनतेन चलाउँदै हुनुहुन्छ । तर पनि छोराले बाटो बिराउँदा बुहारी र पाँच वर्षका नातिले आउँदा दिनमा दुःख पाउँछन कि भन्नेमा चिन्तित हुनुहुन्छ । 

छोराका साथीहरुले नराम्रो लतमा फसेकाले अब कहिल्यै फर्किंदैन भनेपनि हरिनारायणको मन मान्दैन । त्यसैले उहाँ अरुणलाई खोज्ने अनि घर फर्काउन सघाउने संस्थाहरुमा पनि पुग्दै हुनुहुन्छ । उहाँले सुनसरीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पनि निवेदन दिनुभएको छ । 

यसरी खोजी गर्दा विदेशमा वर्षौंदेखि हराएकाहरु सम्पर्कमा आएको अनि घर फर्किएका समाचार सुन्नुभएको छ उहाँले । त्यसैले छोरो पनि फर्किन्छ भन्नेमा उहाँ मात्रै होइन अरुणको परिवार आशावादी छ । 


(सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, सुनसरीको सहयोगमा) 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

    नबीन अधिकारी / युएई
  • मैले CTEVT बाट इलेक्ट्रोनिक तालिम लिएको छुँ। मैले भोगेको र दखेको सरकारले तालिम दिन्छ तर नेपालमा काम नै पाइदैन। अगाडि लागेका ठेकेदारले आ-आफ्ना ब्याकतिलाई काममा लगाउछन। कतै काम पाए पनि हामिलाई सम्झौता अनुसारको तलब दिदैनन्। त्यसैले हामि जस्ता गरिब कामदारले विदेशिनु पर्छ।

    मनराज बोगटी / कुच्चि, कालिकास्थान, अछाम
  • वैदेशिक रोजगारीमा सरकार आफैले आफ्नै निगरानीमा पठाउनु पर्छ, त्यो भन्दा पहिला सरकारलाई सम्पूर्ण जानाकारी प्रशासनिक रुपमा सम्बन्धित दूतावासले गर्नुपर्छ र बढिमा २ महिनाको कमाइ सरकारले आफैले राख्नुपर्दछ। रेमिट्यान्समा चलेको देशले यति कदम चाल्न मिल्छ कि नाई? म्यानपावरले गर्ने नै ठगी हो, सबै सचेत होउँ। सबै म्यानपावर सरकारको मापदण्ड र नियमसँग चल्ने हुनुपर्दछ, ब्याक्तिगत हावी कत्ती हुनुहुन्न।  

    किरण ढुङ्गाना / युएई
  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
सबै हेर्नुहोस