MENU

विशेष

​वैदेशिक रोजगारीमा पीडित भएकाका छोराछोरीलाई पढाउन एक रुपैयाँ अभियान

नवलपरासी, मंसिर २९ – अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा नवलपरासीमा एक रुपैयाँ अभियान सञ्चालन गरिएको छ । 

वैदेशिक रोजगारीका कारण प्रभावित भएपनि क्षतिपूर्ति पाउन नसकेका व्यक्तिका छोराछोरीको पढाइमा सहयोग गर्न एक रुपैयाँ अभियान चलाइएको हो । एक जनाले एक रुपैयाँ दिँदा पनि उनीहरुको पढाइका लागि ठूलो सहयोग पुग्ने आशा सहित अभियान चलाइएको आयोजक इन्द्रेणी सामाजिक विकास मञ्चले जनाएको छ । 

नाम एक रुपैयाँ अभियान राखिए पनि सहयोग गर्न चाहनेले इच्छा अनुसार सहयोग गर्न सक्ने संस्थाको भनाई छ । नवलपरासीका वैदेशिक रोजगारीका कारण प्रभावित भएका व्यक्तिका ६५ जना बालबालिकालाई पढ्न समस्या रहेको पाइएको संस्थाको तथ्याङ्क छ । 

यी मध्ये २० जनालाई शैक्षिक सामग्री वितरण गरिएको छ । नवलपरासीका विभिन्न ११ ठाउँमा सञ्चालन गरिने अभियानबाट संकलित रकमले उनीहरुलाई शैक्षिक सामग्री सहयोग गर्ने संस्थाका कार्यक्रम संयोजक उमा पौडेलले जानकारी दिनुभयो । 

यस्तै दिवसका अवसरमा साताब्यापी कार्यक्रम पनि भइरहेका छन् । पुस ३ गतेसम्म जनचेतनामुलक र्‍याली, हस्ताक्षर अभियान, प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावबाट निर्वाचित सदस्यलाई वैदेशिक रोजगार सम्बन्धी ध्यानाकर्षण पत्र बुझाउने, जनचेतनाका लागि सञ्चारमाध्यममा वैदेशिक रोजगारसँग सम्बन्धित छलफल प्रकाशन प्रसारण गर्ने पौडेलले जानकारी दिनुभयो । 

सन् २००० डिसेम्बर १८ तारिखमा संयुक्त राष्ट्र संघको महासभाबाट आप्रवासी कामदार सम्बन्धी प्रस्ताव पारित भएको दिनलाई विश्व आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा सरकारसँगै सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस