MENU

विशेष

इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, पुस ३ – एक सरो हरियो कुर्ता सुरुवाल । कुर्ता बाहिर पट्टी खाडीको सामान्य चिसो छेक्ने स्वीटर । दुई हातमा तीन वटा रातो छिर्के चुरा ।  खुट्टामा जालीवाला चप्पल । तीन दिनको अनिदोले अनुहार, ओठ मुखमा कुनै चमक थिएन । तनावमा परेकोले निधार खुम्च्याउँदा परेका छालाका मुज्जा सजिलै देखिन्थे ।

आइतबार नेपाली दूतावास आबुधाबीले विमानस्थलबाट उद्धार गरेपछि दूतावासको सेल्टरमा पुगेकी दुई सन्तानकी आमा झापाको धरमपुर मंगलबारे ३ की सिता हेमरमका आँखा रसाएका थिए । 

झापाबाट हिंडेको चारदिनपछि उहाँ आइतबार मात्रै दूतावासको शरणमा आइपुग्नु भएको हो । उहाँसँगै हुनुहुन्छ देवी विश्वकर्मा । उमेरले भर्खर २१ पुगेकी देवी आफ्नो विवरण आफैंले भर्न नसकेपछि उहाँलाई सहयोग गर्दै थिए दूतावासका कर्माचारी । उहाँहरुलाई गाउँकै दलाल ओजमान लिम्बूले कुवेत पठाउने भन्दै भारतको बाटो हुँदै युएई पुर्‍याएका हुन ।

उहाँहरुलाई धरमपुरबाट हिँडेपछि झिलझिले हुँदै किसानगन्ज पु¥याएको र त्यहाँबाट दिल्ली पु¥याएका थिए । दिल्लीबाट उहाँहरु युएई आइपुग्नुभएको हो । ‘कुवेत पठाउने भनेपनि इराक र सिरिया पठाउने दलालको योजना रहेछ,’ देवीलाई दूतावासमा आएपछि नयाँ जुनी पाए झैं लागेको छ ।

देवी घरमा पनि बल्ल बाँचे भन्दै फोनमा रोइरहनु भएको थियो । साढे दुई वर्षकी जेठी र काखकी १४ महिने दुधे छोरी छोडेर पैसा कमाउन देवी विदेश लाग्नुभएको हो । उहाँका श्रीमान् गाउँमै मिस्त्रीको काम गर्नुहुन्छ ।

श्रीमानले सौतेनी टिपेर गाउँ छोडेपछि ४० वर्षकी सिताको काँधमा दुई सन्तानको जिम्मेवारी थपियो । गाउँमै काम गरेर दुई सन्तान पाल्ने आँट जुटाउन नसकेकी सितालाई दलालले कुवेतमा कमाइ हुने प्रलोभनमा विदेश पठाएका थिए । 

ठाउँठाउँमा नयाँ नयाँ दलालसँग भेट्दै उहाँहरु आइतबार राती १२ बजे आबुधाबी विमानस्थलमा आउनु भएको हो । विमानस्थलमा लिन आउने भनेको मानिस नआएपछि रातभरी चिसो भुईंमा कुर्नुभयो ।

विहान ९ बजेसम्म पनि लिन आउने मानिस सम्पर्कमा नआएपछि छट्पटिएका उहाँहरुलाई विमानस्थलमै कार्यरत एक जना नेपालीले भेट्टाएका थिए । उनैले नेपाली दूतावासमा देवी र सिताको बारेमा बताएपछि उहाँहरुको उद्धार भएको हो ।

जानकारी पाएको २ घण्टामा उद्धार गरेर दूतावासले सिता र देवीलाई अहिले सुरक्षित आवासगृहमा राखिएको छ । ‘हामी दिल्लीमा १३ जना थियांै । एउटै कोठामा हो बस्ने,’ सिता भन्नुहुन्छ, ‘धेरैलाई त त्यहीबाट बेच्दा रैछन धन्न हामी त बाँच्यौ ।’

सिता र देवीलाई भिजिट भिसामा युएई ल्याइएको हो । कुवेतमा घरको काम भने पनि उहाँहरु आबुधाबीमै अलपत्र परेपछी अब नेपाल फर्किने र कहिल्यै विदेश नर्फने बताउनुहुन्छ ।

दूतावासको सेल्टरमा ५ जना महिला 

दूतावासले शुक्रबार मात्रै ५ जना महिलाको उछार गरेको छ । एनआरएन युएईले अजमानबाट उद्धार गरेर ल्याएका ८ जना मध्ये ५ जनालाई शुक्रबार नेपाल पठाइएको हो । 

आइतबार दुई जना थपिएपछि ५ जना महिला दूतावासको सेल्टरमा छन् । दूतावासले अलपत्र परेका महिलाको उद्धारका क्रममा उनीहरुलाई ल्याउने एजेन्ट र तस्करी गर्ने गिरोहलाई कारवाही गर्न पटक पटक सिफारिस पत्र पठाउने गरेको छ । 

तर अहिलेसम्म मानव तस्करी गर्ने गिरोहलाई कारवाही भने भएको छैन । वैधानिक बाटो सहज नहुँदा अवैध रुपमा ल्याउने क्रम बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस