MENU

विशेष

कुवेतको खराफी कम्पनीमा अलपत्र परेका २० जनाको उद्धार, म्यानपावरले तिर्‍यो जरिवाना र टिकट खर्च

काठमाडौं, पुस ३ – कुवेतको खराफी नेशनल कम्पनीमा अलपत्र परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरिएको छ ।

गएको ७ महिनादेखि खराफी कम्पनीमा तलब नपाएका र आवासीय अनुमति (भिसा) नवीकरण भएर जरिवाना तिर्नुपर्ने अवस्थामा पुगेका ९४ जना नेपालीले दूतावासमा निवेदन दिएपछि उनीहरुको उद्धार गरिएको हो । 

उनीहरुलाई पठाउने एसओएस म्यानपावरले कामदारले तिर्नुपर्ने जरिवाना र फर्किने टिकटको पैसा दिएपछि कामदारको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई चरणमा १०/१० जना गरेर उनीहरुको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । 

अलपत्र परेका कामदारको उद्धार नभएको खबर सार्वजनिक भएपछि गएको बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले तत्काल उद्धार गर्ने निर्णय गरेको थियो । 

कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरिएका २० जनालाई गएको अक्टोबरसम्मको तलब पनि उपलब्ध गराइएको छ । बाँकी कामदारको उद्धारका लागि पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ । यो कम्पनीमा ३ जना नेपाली अलपत्र परेका छन् । 

बाँकी रहेका कामदारलाई कम्पनीले खान पनि नदिएकाले दूतावासले खानाको व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस