MENU

विशेष

नेपाली दूतावास सक्रिए भए कामदार ठगीमा पर्दैनन्

रीतु थेबे/उज्यालो । 

काठमाडौं, पुस ४ – श्रम तथा रोजगार मन्त्रालयका पूर्व प्रवक्ता एवं सहसचिव गोविन्दमणि भुर्तेलले विदेशमा रहेका नेपाली नियोगहरुले श्रम कुटनीतिमा जोड दिनुपर्ने बताउनु भएको छ । श्रम कुटनीति चुस्तदुरुस्त बनाउन सके वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्यामा कमी आउने तर अहिले त्यसो हुन नसकेको भुर्तेलले बताउनुभयो ।

सुरक्षित आप्रवासन परियोजना (सामी)को सहयोगमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भुर्तेलले गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासहरुले करार सम्झौता अनुसारको काम र पारिश्रमिक नदिने कम्पनीलाई खराब सूचिमा राखेर वैदेशिक रोजगार विभागलाई जानकारी दिए कामदार ठगीमा नपर्ने बताउनुभयो । विदेशस्थित नेपाली दूतावासहरुले कामदारको अवस्था बुझ्नका लागि अनुगमन समेत गर्न नसकेको भुर्तेलको भनाई छ । 

सुरक्षित वैदेशिक रोजगारका लागि कुटनैतिक निकायहरु र सम्बन्धित सरकारी निकायहरुको भूमिका विषयक छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै साउदीका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डेले विदेशबाट आउने मागपत्र दूतावासबाट मात्रै प्रमाणीकरण गर्नुपर्ने बताउनुभयो । 

दूतावासबाट मात्रै मागपत्र प्रमाणीकरण गराए वैदेशिक रोजगारीमा देखिएका ९० प्रतिशत समस्या समाधान हुने पाण्डेले दावी गर्नुभयो । मागपत्र प्रमाणीकरण गर्दा दूतावासले कम्पनीको अवस्थाबारे सजिलै जानकारी पाउने पनि उहाँले बताउनुभयो । 

कन्सुलर सेवा विभागका निर्देशक होमप्रसाद लुँइटेलले विभागको काम कामदारमैत्री बनाउँदै लगिएको बताउनुभयो । सेवा चुस्त बनाउन अनलाइन र हटलाइनबाट सेवा दिइरहेको पनि उहाँले जानकारी दिनुभयो । गन्तव्य मुलुकको नियमका कारण विदेशमा ज्यान गुमाएको परिवार र अंगभंग भएका पीडितलाई समयमै राहत दिन नसकिएको लुँइटेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस