MENU

विशेष

कुवेतको खराफी कम्पनीमा कार्यरत नेपालीको समस्या उस्तै : दूतावास प्रतिवेदन कुर्दै

कोशराज राई/ कुवेत । 

पुस ७ – कुवेतस्थित नेपाली दूतावासका दित्तीय सचिव ज्ञानबहादुर मगरले खराफी नेशनल कम्पनीमा नेपालीलाई परेको समस्याबारेको प्रतिवेदन आएपछि मात्रै समस्या समाधान गर्न सहज हुने बताउनुभएको छ ।

 बिहीबार साँझ खराफी नेशनल कम्पनीमा समस्यामा परेका नेपालीको उद्धार  कसरी गर्न सकिन्छ भन्ने विषयमा दूतावास र कुवेतमा क्रियाशिल विभिन्न संघसंस्थाबीच भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

वास्तविक समस्याको प्रतिवेदन नआएको र कति नेपाली छन् भन्ने पनि यकिन नभएकाले उद्धारका लागि प्रतिवेदन कुर्नपर्ने उहाँको भनाई छ । नेपाली दूतावास कुवेत र नेपाल कुवेत सरोकार समाजको संयुक्त आयोजना गरेको छलफलमा नेपाल सरकार र सम्वन्धित म्यानपावरले नै समस्या समाधान गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । समस्यामा परेका नेपालीलाई तत्काल राहतका लागि दूतावासले पनि भूमिका खेल्नुपर्ने उनीहरुको सुझाव थियो ।

सहभागीको धारणा सुनेपछि दूतावासका दित्तीय सचिव ज्ञानबहादुर मगरले आएको समस्यालाई सम्वन्धित निकायमा पठाउने र समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । 

कम्पनीमा कति नेपाली कार्यरत छन् भन्ने यकिन नभएपनि ३ सयको हाराहारीमा भएको दूतावासको अनुमान छ । यसमध्ये दूतावास र म्यानपावरको संयुक्त पहलमा २० जना नेपाली नेपाल फर्किसकेका छन् ।

२० जना नेपालीको ओभरस्टे वापतको जरीवाना उनीहरुलाई पठाउने म्यानपावर कम्पनी एसओएसले नै तिरेपछि नेपाल फर्काइएको हो । यसअघि कुवेतमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न र त्यहाँ रहँदा खाना बस्न व्यवस्था मिलाउन कुवेत स्थित दूतावासलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो । 

कम्पनीमा किन आयो समस्या ?

कुनैबेला कुवेतको सबैभन्दा प्रतिष्ठित कम्पनीको रुपमा परिचित नेशनल खराफीमा हजारभन्दा धेरै नेपाली कार्यरत थिए । कम्पनीका मुख्य मालिक जासिम अल खराफीको २०१५ मा निधन भएपछि कम्पनीमा समस्या आउन थालेको हो ।

कम्पनीमा समयमा तलब नपाउने, भिसा नलाग्ने जस्ता समस्या बढ्न थाल्यो । जसको परिणाम हरेक महिना कम्पनीमा हडताल हुने, कैयौं दिनसम्म काम ठप्प हुन थाल्यो । धेरैले काम छाडे ।

कम्पनीमा रहेकामध्ये कतिको १७ महिनादेखि भिसा लागेको छैन भने कतिको भर्खर सकिएको छ त कतिको केहीदिन भित्रै सकिंदैछ । तलब नपाउने समस्या पनि उस्तै छ । यसबारे कुवेतको जिफन्टका पदाधिकारीसँग कुरा गरेपनि समस्या समाधानमा पहल नभएको नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेको भनाई छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस