MENU

विशेष

चुनाव जित्नेलाई परदेशीको सन्देश : हामी नेपालमै पौरख गर्न चहन्छौं

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, पुस ७ – मंसिर २१ गते दोस्रो चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको दिन स्याङजाका विशाल थापालाई दिनभर काममा मन गएन । प्रदेश नम्बर ४ मा पर्ने स्याङजाका विशाल थापाले अहिलेसम्म भोटहाल्नु भएको छैन । 

देशमा चुनाव हुँदा विशाललाई छुट्टि मिलाएर घर फर्कन मन थियो । त्यो मेसो मिलेन । डेढ वर्षअघि युएई आएका विशाल २५ वर्ष लाग्नुभयो ।  कलिलै उमेरमा परदेशिएका विशाललाई नागरिकका मतले चुनिएका प्रतिनिधिले देशमै केही गरिदिए फर्किएर देशमै गरिखान सकिन्थ्यो भन्ने आशा छ । 

विदेशमा रहेका परदेशीलाई पनि देशमा हुने चुनावमा भोट हाल्न मिल्ने व्यवस्था गर्ने भनिएपनि त्यसो हुन सकेको छैन । अहिलेको चुनाव पनि सकियो । भोट हाल्न नपाएपनि विशाललाई जनप्रतिनिधिले देशमा फर्किएर केही गर्न सक्ने वातावरण बनाइदिए हुन्थ्यो जस्तो लाग्छ । 

भोजपुरकी निमा लिम्बु युएईमा सिभिल इन्जिनियरको काम गर्नुहुन्छ । उहाँले युएईमा सिभिल इन्जिनियरको काम गरेको ११ वर्ष भयो ।  ‘युएईमा हुने सबै विकासका गतिविधिमा नेपालीको पनि सीप र दक्षताको प्रयोग भएको भएको हुन्छ । हाम्रो सीपको प्रयोग देशमै प्रयोग गर्न सक्ने वातावरण भैदिए हुन्थ्यो नि । अब चाहिँ प्रतिनिधिले गर्नुपर्छ’ निमा आफ्नो अपेक्षा सुनाउनुहुन्छ, ‘यति भए म त देशमै फर्कन्थें ।’

निमा जस्तै चितवनकी पार्वता श्रेष्ठलाई पनि प्रतिनिधिले सबैभन्दा पहिले परदेशिएका युवालाई देशमा फर्काउने वातावरण बनाउनुपर्छ भन्नुहुन्छ ।  पार्वता युएई आएको ९ वर्ष भयो । उहाँ युएईको राजधानी आवुधाबीमा रहेको एक वित्तीय संस्थामा काम गर्नुहुन्छ । 

‘अब त विदेश आएको पनि धेरै भयो । मलाई घर फर्कन मन छ । घरमा गएर खाली हात बस्न नपरोस् । यो चुनाव जित्नेहरुले त्यही गरिदिउन जस्तो लाग्छ,’ पार्वताले भन्नुभयो ।

अर्घाखाँचीका राजु खड्का झन्डै डेढ दशक भयो युएई आएको । राजु शिक्षकको जागिर छाडेर विदेश हिँड्नुभएको हो । ‘गाउँमा शिक्षक भएकाले पनि मलाई चुनावको चासो लाग्छ ।

त्योबेला देशको अवस्थाका कारण जागिर छाडेर परदेशिनु पर्‍यो । अब फर्किएर लगानी गर्नसक्ने वातावरण बनाइदिए हुने हो,’ राजुलाई जागिर छाडेर परदेशिदाको दिन सम्झनुहुन्छ ।

उहाँहरुले जस्तै परदेशमा रहेका नेपाली देशमा हुने गतिविधिमा चासो राख्छन् । धेरै परदेशी नेपालमा भएको राजनीतिक अस्थिरताका कारण विदेशिनु परेको बताउँछन । ज्यान परदेशमा भए पनि परदेशमा हुने नेपालीको ध्यान घरदेशमै हुन्छ । 

झन्डै आधा करोड नेपाली युवा परदेशमा भएकाले देशमा हुने चुनावमा मतदान गर्न पाएनन् । तर अब ५ वर्ष पछि हुने चुनावमा यी विदेशबाटै भोट हाल्न पाए हुन्थ्यो भन्ने धेरै परदेशीको अपेक्षा छ ।

यो पालिको मात्र हैन विभिन्न राजनीतिक दलका घोषणा पत्रमा विदेशिएका युवालाई देशमै रोजगारीका अवसर सृजना गर्ने कुरा उल्लेख नभएको हैन । तर यसको कार्यन्वयनमा ध्यान गएको छैन । अर्घाखाँचीका भिमप्रसाद खनाल घोषणा पत्रमा भनेजस्तै हुने हो भने देशमा फर्कन तयार भएको बताउनुहुन्छ ।

देशमा जुन तन्त्र आएपनि नागरिकले महसुस गर्न नसकेको भन्दै खनाल खर्भरै निर्वाचित भएका जनप्रतिनिधिले यस्तो विषयमा ख्याल गर्नुपर्ने बताउनुहुन्छ । तन विदेशमा भएपनि यहाँका नेपालीको मन आफ्नै गाउँठाउँमा छ ।

अब बन्ने सरकारले युवालाई स्वदेशमै रोजगारी दिन्छ भन्ने कुरा सुनेर उनीहरु आशावादी छन् । चुनाव जित्ने जनप्रतिनिधिले कुरा अनुसारको काम गरेर देखाउने हो भने युवाहरु स्वदेश फर्कन तयार पनि छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस