MENU

विशेष

बुढ्यौलीले छोएका सुको र उजेलीका दुःखमा पनि फर्केनन् छोराहरु

डीबी विष्ट/उज्यालो ।

बझाङ, पुस ८– न बाली लगाउने जमिन छ । न छ आय स्रोतको कुनै माध्यम नै !  ६ जना छोराछोरीसहित दयनीय अवस्थामा एक छाक खाई एक छाक भोकै बसेर गुजारा चलाउँदै आएका थलारागाउँपालिका –६, का सुको सार्कीको परिवारको अवस्था अहिले पनि उस्तै छ । शरीरमा शक्ति छउञ्जेल त गाउँमा गएर कसैको जग्गामा काम गरेर पाइने अन्नले सुकोले जीविका चलाउनुभयो ।

जब उनलाई उमेरले बुढ्यौलीले छुँदै गयो, उनी निवेकमा नसक्ने भए । सुको अहिले थला परे सरह छन् । ६० वर्षीय सुको सार्की जन्मजात नै अपाङ्ग हुनुहुन्छ । उहाँकी श्रीमती ४९ वर्षीया उजेली सार्की १४ वर्षको उमेरपछि अपाङ्ग हुनुभयो । १२ वर्षको कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएकी उजेली सार्कीको १४ वर्ष पुग्नै लाग्दा माइती घरबाट सिमललेखको भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर दाँया हात नचल्ने भयो ।

‘माइती घरबाट घाँस काट्न जंगल गएकी थिएँ, अचानक खुट्टा चिप्लिएर ठूलो भिरबाट खसेँ, उजली सार्कीले भन्नुभयो, ‘अगाडिको दुईवटा दाँत भाँचियो । हातमा चोट लागेको थियो । उपचार गर्ने पैसा भएन् । जिल्लामा उपचार गराउँदा बाहिर लैजानुपर्छ भनेको थियो डाक्टरले ।  बाहिर गएर उपचार गराउन सक्ने क्षमता भएन् । पछि हात नै नचल्ने भयो । अपाङ्ग भएर जीवन कटाउनु पर्यो ।’ 

उजेलीका गुनासो यतिमै सकिँदैन, रसाएका आँखा पुछ्दै भन्नुहुन्छ, ‘उब्जनी गर्नका लागि जग्गा छैन । अहिले हामी ऐलानी जग्गामा बसोबास गर्दै आएका छाँै । धेरै पटक यहाँका स्थानीय बासिन्दा यो ठाँउमा बस्न पाइन्न भनेर धम्काउन आएका थिए । कि त आफूलगायत छोराछोरी सबैले पासो लगाउर मर्नु पर्यो ! नत्र अन्त जाने ठाउँ नभएपछि धम्की सहेर पनि बस्नैपर्यो ।’

‘सरकारले हाम्रा लागि केही पनि सहयोग गरेको छैन् । उमेर हुन्जेल त अर्काको मेलापातमा काम गरेर छोराछोरीको लालन पालन गरेका थियौँ । तर अहिले आफ्नो शक्ति नै छैन्’, सुको सार्कीले भन्नुभयो, ‘मलाई कुष्ठरोगले थला पार्यो आँखा पनि राम्रोसँग देख्न सक्दिन् ।’ सुकोका ३ छोरा र ३ छोरी छन् । उहाँको जेठो छोरा मोहन र माइलो छोरा देवले विवाह गरिसकेका छन् । सुको भन्नुहुन्छ, ‘छोराको हामीले विवाह गरिदिएका होइनौँ । उनीहरुले आफैले भागेर विवाह गरेका हुन् । अब कान्छो छोराको र सानी ३ छोरीको चिन्ता छ ।’ सुकोका तीनै जना छोरा भारत गएका छन् । उनीहरु सानै हुँदा भारत गएका हुन् । अहिलेसम्म घर फर्किएका छैनन् ।

सुकोलाई छोराहरु जग्गाजमिन केही नभएका कारणले घर नफर्केको जस्तो लाग्छ । ‘अहिले हाम्रो जीवनको साहारा तीन जना छोरीहरु छन् । दुईवटा छोरी कक्षा ८ मा पढ्दै छन् । एउटा कक्षा ५ मा पढ्दै छ । सार्कीले भन्नुभयो, ‘ छोरीहरु विद्यालय जाँदाखेरी पनि कहिले खाना खाएर जान्छन् । कहिले खाने खाना नै हुँदैन, भोकै जान्छन् ।’ 

सुकोका छोरीहरुलाई पढ्ने चाहना छ । सुको भन्नुहुन्छ, ‘ छोरीहरु अरुको भारी बोकेर भए पनि पढ्छु भन्दै छन् । हाम्रो पढाउने क्षमता छैन । हामी त मर्ने नै भयौँ । छोरीको लागि सरकारले केही गरीदिए पनि हुन्थ्यो  । अहिलेसम्म त मर्न नसकेर जसोतसो गुजारा चलैकै छ । अबका दिन के हुने हुन् । खै  ! भन्न सकिने अवस्था छैन् ।’

सुको दम्पती दुवै जना अपाङ्ग भए पनि उनीहरुको आँट भने निकै दरिलो छ । पहिलेदेखि नै एउटा राम्रो घर भित्र बस्ने सपना साकार भएको छ । ‘खान भन्दा बढी चिन्ता एउटा सानो घर निर्माण गर्ने थियो’, उजेली सार्कीले भन्नुभयो, ‘तर त्यो कुरा सपनाजस्तो थियो । हामीले हरेस खाएका थिएनौँ । म विवाह गरी आएदेखि नै पक्की घर निर्माण गर्ने सोच थियो । १२ वर्ष अगाडिको सोच अहिले बल्लबल्ल पूरा त भएको छ । तर ऋण्को चिन्ताले बढी सताउछ ।’

उजेलीको परिवारले गाँउकै मान्छेसँग ३० हजार ऋण निकालेर घर बनाएका हुन् । उक्त ऋण कसरी तिर्ने भन्ने ठूलो चिन्ता उजेलीको परिवारमा थपिएको छ । उजेली र सुकोले एक हातले बाँझो जमिन खनेर रायो, मुला लगाउनुभएको छ । उजेली भन्नुहुन्छ, ‘एकै हातले गोडमेल  गरेर अब आम्दानीको स्रोत त्यसैलाई ठानेका छौँ । त्यही बिक्री गरेर ऋण तिर्ने योजाना रहेको छ । कसैले सहयोग गरी दिए त हुन्थ्यो । ऋण नतिरेरै मरियो भने छोरीको अवस्था कस्तो होला भन्ने चिन्ता लागि रहन्छ ।’ 

चुनावमा भोट माग्न आए नेता, जितेपछि आएनन् 

‘भोट माग्दा धेरै नेताले यो जग्गा तपार्इँकै नाममा बनाइदिन्छौँ भनेका थिए, चुनाव सकिएपछि कुनै नेता पनि आएनन्’, सुको सार्की भन्नुहुन्छ, ‘जग्गा आफ्नो नाममा कसरी बनाउने हो ? कसैलाई चिने जानेका छैनौँ । अनि अड्डा गयो भने धेरै रुपैयाँ लाग्छ होला ! कसरी जानु । यति भन्दाभन्दै आँखाभरी आँसु बनाएर सुकोले आफूलाई भगवानले ठगेको बताउनुभयो । 

सुकोले यस वर्षदेखि वृद्धभत्ता पनि पाउनुभएको छ । वृद्धभत्ताले खर्च चलाउन केही सहज भए पनि सुकोलाई त्यो पैसाले न ऋण तिर्न सहज भएको छ । न त छोराछोरीको परिवार पाल्न नै । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • मरिसके भनेका श्रीमानसँग भिडियो कल

    गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गर्नुभएको छ । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गर्नुभयो । त्यति बेला पनि उहाँ हास्न सक्नुभएन । ‘दाँत देखाउन मन लागेन, आँसु झारिन मन कुँडिएको थियो ।’ बिमला भन्नुुहुन्छ ।

  • १८ वर्ष हराएकी सरस्वती घर फर्किंदा...(भिडियोसहित)

    उफ्रिदै, दौडदै कबड्डी खेलेको सरस्वतीको माइतको आँगनमा अहिले चिल्ला गाडी कुद्न थालेका थिए । माइती गाउँको जवानी चढेको थियो तर भाइबुहारीको उमेर ढल्किएको थियो । भाइहरुको मात्र हैन, १८ बर्षपछि घर फर्केकी सरस्वतीको पनि रुपरंग फेरिएको थियो

  • २३ वर्ष भयो निमकुमार कुवेत गएको, बाँचे मरेको पत्तो छैन

    मोवाइलको सुविधा भएपछि परिवारसँग टाढा भएकाहरु दिन दिनमा अनि छिनछिनमा कुरा गर्छन । तर चिठ्ठी पठाउने जमानामा विदेश गएका निमकुमार भने मोवाइलको जमाना आएपछि बेपत्ता छन् । त्यो पनि कुवेतमा ।

  • ​कम्पनीकै कारण ‘ओभरस्टे’ हुँदा युएईमै अड्किए तीन युवा, कमाएको पैसा अदालत धाउँदा सक्कियो

    साहुले भनेको समयमा पनि भिसा नलगाइदिएपछि रमेशसँगै काठमाडौंको बुढानिलकण्ठका राजन बस्नेत र राजेन्द्र पण्डितलाई झस्का पस्यो । ओभरस्टेको समय बढ्दै गएकाले विभिन्न माध्यमबाट बुझ्दा उहाँहरुले आफूले काम गरिरहेको लुइस रेष्टुरेन्ट क्याफे अध्यागम विभागको कालो सूचीमा परेकाले भिसा दिलाउन नसकेको थाहा पाउनुभयो ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस