MENU

विशेष

वडाध्यक्षमा निर्वाचित हुनुअघि नै मानव बेचविखनको मुद्दा खेपिरहेका थिए सुनबहादुर

नवदीप अजनबी/उज्यालो ।

 नुवाकोट, पुस १० – नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङ मानव बेचविखनमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनलाई घ्याङफेदीमा रहेको वडा कार्यलयबाट प्रक्राउ गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । अनुसन्धानका  लागि भन्दै ४९ वर्षिया सुनबहादुरलार्ई बुधबार दिउँसो पक्राउ गरी काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

सुनबहादुरले फकाएर राम्रो काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी नेपालबाट दिल्ली लगेर कोठीमा देह व्यापारमा लगाएको भन्दै पीडितले जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता गरेकी थिइन् । पीडितले आफू भाग्न सफल भएको भन्दै सुनबहादुर विरुद्ध २०७१ वैशाख ५ गते नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

पीडित ३७ वर्षिया एक महिलाले सुनबहादुरसहित अवतार तामाङ, पासाङ तामाङ, राधा तामाङ र टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् । १० महिना अगाडि पक्राउ परेका तामाङ ६ लाख रुपैया धरौटीमा तारेखमा रिहा भएका थिए ।

गएको वैशाख ३१ गते भएको स्थानीय चुनावमा उम्मेदवारी दिनु अगाडि नै सुनबहादुरले मुद्दा खेपिरहेका थिए । उनी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 यो मुद्दामा नुवाकोट जिल्ला अदालतमा सुनबहादुर आफैं उपस्थित भएर मासिक रुपमा पेशी खेपिरहेको श्रेष्तेदार महिमानसिंह विष्टले जानकारी दिनुभयो । सुनबहादुरको अर्को तारेख पुस ११ गते रहेको विष्टले जानकारी दिनुभयो ।

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा सुनबहादुरलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सात दिनको समय लिएर अनुसन्धान गरिरहेको छ ।

सुनबहादुरको कसुर ठहर भएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ४ को उपदफा २ (क) र (ख) कसुर अपराधमा दफा १५ (१) ङ (१) अनुसार १० देखि १५ वर्षसम्म कैद र ५० हजार देखी १ लाख रूपैयाँसम्म जरिवाना हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस