MENU

विशेष

आरन चलाएर महिनाको २५ हजार आम्दानी

श्यामशितल परियार/उज्यालो ।    

लमजुङ, पुस ११ – पातलो ज्यान । उज्यालो अनुहार । ढल्किदो उमेर । तर पनि आरनमा फलामका सामग्री बनाउन व्यस्त हुनुहुन्छ, तनहुँको भानु नगरपालिका–११ रुपाकोटका मनबहादुर बिक । घाम उदाएदेखि अस्ताएसम्म उहाँ आरनमै व्यस्त हुनुहुन्छ ।

फलामका विभिन्न औजार बनाउनुहुन्छ । फलामका सामग्री अर्जाप्नु उहाँको दैनिकी हो । ‘प्रायः आरनमै व्यस्त हुन्छु, यसैबाट आएको आम्दानीले घरखर्च चलाउँछु, आरनमै रम्छ मेरो मन’ मुस्कुराउँदै उहाँले भन्नुभयो । विकले ३५ वर्षको उमेरदेखि आफ्नो पुर्ख्यौली पेशालाई अँगाल्नुभएको हो । 

उहाँ निरन्तर यसै पेशामा लाग्नुभएको छ । ‘बुवा नथु विकबाट मैले आरनको काम सिकेको हुँ, ३५ वर्षको उमेरदेखि मैले यो पेशा अँगालेको हुँ, अहिलेसम्म यही काममा छु, हाम्रा छोरा नातीपुस्ता यो कामबाट टाढिन खोज्छन्, उनीहरु यस पेशामा आवद्ध हुनै चाहदैँनन्’ उहाँले निराशा भावमा भन्नुभयो ।

उहाँले खुर्पा अर्जापेको ५० रुपैयाँ, घाँस काट्ने हँसिया अर्जापेको ३० रुपैयाँ, बञ्चरो अर्जापेको १०० रुपैयाँ, कोदालो अर्जापेको ३० रुपैयाँ लिनुहुन्छ । उहाँले नयाँ खुर्पा १ हजार ५ सय, हँसिया १ हजारदेखि १५ सय रुपैयाँसम्म बेच्नुहुन्छ । नयाँ खुँडा २५ सय रुपैयाँसम्म बेच्नुहुन्छ । ‘राम्रोसँग काम चले महिनाको २५ हजार भन्दा बढी कमाई हुन्छ’ उहाँले भन्नुभयो । यसैबाट उहाँले आफ्नो गुजारा सजिलोसँग चलाउनुभएको छ । 

पहिले रुपाकोट गाउँमा आरन व्यवसाय सञ्चालन गरेका बिकले गाउँमा राम्रो कमाई नभएपछि अहिले उहाँ रुपाकोटको टुहुरे पसलमा सर्नुभएको छ । भाडामा आरन व्यवसाय सञ्चालन गर्नुभएको छ । ‘गाउँमा खासै राम्रो कमाई नहुने, त्यसैले टुहुरे पसलमा आएर आरन चलाएको, यहाँ काम राम्रोसँग काम चलेको छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार फलामका औजार बनाउन र अर्जाप्न उहाँको आरनमा रुपोकाटसँगै रातमाटे, जामुने, चिसापानी, मयखु लगायतका ठाउँबाट मानिस आउँछन् । हातमा सीप भए, मनमा जोसजाँगर भए देशकै माटोमा राम्रो कमाई गर्न सकिने उहाँले बताउनुभयो । ‘मानिसहरु पैसाकै लागि दिनहुँ विदेश भासिएका छन् । हातमा सीप भएर यहीँ काम गर्न सके किन जानु पर्छ र विदेश ?’ उहाँले भन्नुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस