MENU

विशेष

सीप भएकाले नेपालमै कमाउँछन् भनेको सुनेपछि अशोक विदेश नजाने भए

विनिता राई/खोटाङ । 

पुस १३ – अशोककुमार ठाकुरको घर सुनसरी । तर उहाँ परिवारसहित खोटाङको दिक्तेलमा बस्न थालेको १७ वर्ष भइसक्यो । 

अशोकलाई बुवाले ल्याउनुभएको हो खोटाङ । घर खर्च जुटाउने मेलो खोज्ने क्रममै अशोकका बुवाले उहाँलाई खोटाङ ल्याउनुभयो अनि सुरु गर्नुभयो कपाल काट्न । 
१४ वर्ष टेक्टै गरेका अशोकले त्यतिबेला कपाल काट्न भर्खर भर्खर मात्रै सिक्नुभएको थियो । ‘काम सुरु गरेपछि हात बस्दै गयो बानी पनि पर्दै गयो’ अशोक भन्नुहुन्छ । 

बाबुछोरा कपाल काटेर कमाएको पैसा घरमा पठाउनुहुन्थ्यो । २ जनाले घरभन्दा टाढा बसेर कमाएको पैसाले अशोकको परिवारको गुजारा चल्दै थियो । विदेश पठाउने एजेण्टसँगको भेट भएपछि अशोकलाई गर्दै हुँदै गरेको कमाई कम लाग्न थाल्यो । ‘उनले मलाई राम्रो कम्पनीको माग आएको छ भनेपछि मैले पनि जान पाए राम्रो कमाइ हुन्थ्यो भन्ने सोचें’ दिनेशले भन्नुभयो । 

त्यसमाथि एजेण्टले अशोकलाई फ्रि भिसा फ्रि टिकट भएकाले पैसा धेरै नलाग्ने भनेर पनि लोभ्याएका थिए । एजेण्टकै भनाइमा लागेर तयारी पनि सुरु गरिसकेका अशोकले बुवासँग पनि सल्लाह गर्नुभयो । 

अशोकलाई थाहा नभएको कुरा उहाँको बुवालाई थाहा थियो । अशोकका बुवालाई विदेश जानु अघि सूचना लिनुपर्छ, त्यस्तो सूचना दिने ठाउँ दिक्तेलमै छ भन्ने पनि थाहा थियो । त्यसैले उहाँले छोरालाई सूचना केन्द्रमा गएर बुझ्न भन्नुभयो । 

अशोकलाई केन्द्रले के गर्छ भन्ने थाहा थिएन । उहाँ बुवाको चित्त बुझाइदिन अनि प्रक्रिया पूरा गर्न सूचना केन्द्रमा पुग्नुभयो । विदेश जान ठिक्क परेर सूचना केन्द्र पुगेका अशोक त्यहाँबाट फर्किंदा विदेश नजाने सोच बनाएर फर्किनुभयो भयो । 

‘त्यहाँको मिसले मलाई विदेश जाँदाको पर्न सक्ने अप्ठयाराहरु बारे जानकारी दिनुभयो । त्यो सुनेपछि त मलाई अहिले मैले गरिरहेकै काम ठिक रैछ भन्ने लाग्यो’ अशोक भन्नुहुन्छ ‘उहाँले मलाई हातमा सीप भएको तपाईं जत्तिको मान्छेले त नेपालमै अवसर पनि राम्रो पाउनुहुन्छ । कमाई पनि हुन्छ भन्नुभयो । मलाई पनि त्यो कुरा चित्त बुझ्यो ।’


हुन पनि अशोकका बाबु छोराले कपाल काटेर महिनाको ३० हजार रुपैयाँ बचाइरहनु पनि भएको छ । त्यति मात्रै होइन देश बस्दा सम्मान त पाइन्छ नै परिवारसँग पनि भेटिरहन पाइन्छ भन्ने सुनेपछि अशोकले देशमै काम गर्दाका फाइदै फाइदा मात्रै देख्नुभयो । त्यतिबेला अशोकका बुवा पनि साथमै हुनुहुन्थ्यो । 

परामर्शकर्ताका कुरा सुनेपछि बुवाले पनि अशोकलाई विदेश नजान आग्रह गर्नुभयो । परामर्शकर्ताका कुरा र बुवाको आग्रहले विदेश जाने सोच नै फेरेका अशोकले गरिरहेकै कामलाई अझै बढाउने सोच्नुभयो । अहिले उहाँ कपाल काट्ने काममै रमाउनुभएको छ । 

देशभित्रकै काममा रमाउनुको कारण पनि छ अशोककुमारसँग । ‘श्रीमती छोरीसँगै बस्न पाएको छु । चाडपर्वका बेला पनि परिवारसँग घरमै भइन्छ ।’ अशोक भन्नुुहुन्छ । 

एजेण्टसँगको भेटपछि आफूले गरेको काम र कमाई भन्दा विदेश राम्रो भन्ने सोचेका अशोककुमारको सोच अहिले ठ्याक्कै उल्टो छ । अहिले उहाँ हातमा सीप भएका व्यक्तिले सबैभन्दा पहिले देशभित्रै सम्भवना खोज्नुपर्ने बताउनुहुन्छ । 

उहाँ आफूलाई पनि सीप भएकै व्यक्तिको श्रेणीमा राख्नुहुन्छ । कुरा मात्रै होइन अशोककुमारले कपाल काट्ने सीपले परिवारमात्रै  चलाउनुभएको छैन, बचाएर जम्मा पनि गर्दै हुनुहुन्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस