MENU

विशेष

अफ्रिका पठाइदिने भन्दै ठग्ने छिमेकीको जग्गा रोक्का, सुकुम्बासी बनेका कुशललाई गाउँलेको साथ

रामकुमार थापा/धादिङ ।

पुस १४ – वैदेशिक रोगजारीका क्रममा छिमेकीबाट ठगिएका धादिङका कुशल मगरलाई गाउँलेले साथ दिएका छन् । रोजगारीका लागि दक्षिण अफ्रिका जान आफ्नो जग्गा छिमेकी लक्ष्मण पन्तलाई बुझाएका कुशल विदेश जान नपाएपछि सुकुम्बासी भएका थिए ।

गाउँमै सुकुम्बासी भएका लक्ष्मणलाई न्याय दिन गाउँलेले सक्रियता देखाएका हुन् । सिद्धलेक गाउँपालिका वडा नम्वर ६ को नेपालटारमा भएको छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, स्थानीय पुष्प थपलिया लगायतले कुशललाई न्याय दिलाएरै छोड्ने प्रतिबद्धता जनाए । 

छलफलका क्रममा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले सोझा व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा ठग्ने दिन सकिएको भन्दै अब कसैले पनि अन्यायमा बस्नु नपर्ने बताउनुभयो । उहाँले कुशललाई गाउँपालिकाले सहयोग गर्ने र न्याय दिलाएरै छोड्ने पनि बताउनुभयो । “कुशललाई अन्याय भएको छ, यसमा गाउँबासीको पनि सहयोग आवश्यक छ, म पनि गाउँपालिकाको तर्फबाट सक्दो पहल गर्छु, लक्ष्मणका बुबा हरी पन्तलाई गाउँपालिकामा झिकाएर छलफल गर्छु” अध्यक्ष सिलवालले भन्नुभयो । 

यसैबिच आइतबार भएको छलफलमा कुशललाई तत्कालका लागि लक्ष्मणका बुवा हरी पन्तको जग्गामा खेती गरेर खान सहभागीले सल्लाह दिएका छन् । आफ्नो जग्गा जमिन नभएपछि समस्यामा परेका कुशललाई कि त पैसा फिर्ता गर्न नभए उसको जग्गा दिन पनि पीडक लक्ष्मणका बुवा हरी पन्तलाई गाँउबासीले दबाब दिएको स्थानीयबासिन्दा पुष्प थपलियाले बताउनुभयो । 

पीडकले कुशलका समस्यालाई वास्ता नगरेकाले उसको रोक्का भएको जग्गामा खेती गर्न कुशललाई सुझाव दिएको थपलियाले बताउनुभयो । ‘अव नेपालटारमा हरी पन्तको नाममा रहेको ४ रोपनी जग्गामा कुशलले खेती गर्नेछन्,’ थपलियाले भन्नुभयो । 

यो अभियानमा गाउँलेले पनि सहयोग गर्ने भएका छन् । “हामीले पटक पटक कुशललाई पैसा फिर्ता गर्न भन्यौं, तर हरि पन्तले यो कुरा अटेर गरे । कुशललाई धेरै समस्या परेको छ । त्यसैले हामीले यस्तो निर्णय गरेका हौ ।’ स्थानीय हरि नेपालले भन्नुभयो । 

गाउँलेले दिएको साथले कुशल पनि खुसी हुनुभएको छ । भन्नुहुन्छ ‘विदेश जाने प्रलोभनमा भएको जायजेथा सबै ठगको हातमा प¥यो, अब उसले सबै पैसा फिर्ता नगरेसम्म म उसको जग्गा कमाएर खेती गर्छु र बुढी आमालाई पाल्छु, यो बाहेक मेरो अरु विकल्प पनि त छैन’ कुशलले आइतवार नै नेपालटारमा रहेको हरी पन्तको जग्गामा छाप्रो हाल्न शुरु गरेका छन् । 

सिद्धलेक गाउँपालिका वडा नम्वर ६ का कुशल आले मगरलाई रोजगारीका लागि दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै लक्ष्मण प्रसाद पन्तले ११ लाख रुपैयाँ लिएर भागेका छन्  । 

राम्रो कमाई हुने आशामा भएको १ रोपनी खेत बेचेर आएको पैसा छिमेकी लक्ष्मण पन्तलाई बुझाएका थिए । पन्तले सुरुमा टर्कीमा सेल्स ब्वाईको रुपमा पठाइदिने बताएका थिए । तर पछि टर्कीमा समस्या छ भनेर दक्षिण अफ्रिका पठाइदिने भनेका थिए । 

छिमेकी भएकाले कुशलले पन्तको कुरा विश्वास पनि गरे । दक्षिण अफ्रिका पुग्ने सपना देखेका कुशल पाँच महिनासम्म भारतका विभिन्न ठाउँमा अलपत्र पर्दै अन्तत नेपाल फर्किए । पठाइदिन्छु भन्ने लक्ष्मण पन्त भने पैसा लिएर भागे । 

आफ्नो नाममा रहेको एक रोपनी खेत बेचेर दक्षिण अफ्रिकाको सपना देखेका कुशल अहिले सुकुम्बासी भएका छन् । अहिले उनी आमाको साथमा सार्वजनिक जग्गामा टहरा हालेर बस्दैछन् । कुशल फर्केर आएदेखिनै लक्ष्मण पन्त फरार छन् भने उनका बुबा हरी पन्तसँग पटक पटक यस विषयमा कुराकानी भएपनि उनले अटेर गरेका गाउँलेको भनाई छ ।

कुशलले न्याय दिलाइदिन माग गर्दै सुरक्षित आप्रवासन सम्बन्धी काम गर्दै आएको चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाज (सिड्स) धादिङमा निवेदन पनि दिनुभएको छ । त्यही निवेदनका आधारमा वैदेशिक रोजगार विभाग, सिद्धलेक गाउँपालिका तथा जिल्ला मालपोत कार्यालयले लक्ष्मणका बुबा हरी पन्तको नाममा रहेको ४ रोपनी जग्गा रोक्का गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस