MENU

विशेष

​‘दुइटी छोरी भुइँचालोले लग्यो, एउटी विदेशमै हराई’

रीना श्रेष्ठ/सिन्धुपाल्चोक

पुस १७ – ‘मलाई त पीडामाथि पीडा छ के के सुनाउँ ।’ हुन पनि टुल्कु तामाङसँग पीडाका चाङ छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ का टुल्कु तामाङको परिवारमा ७ जना थिए । तीन जना छोरी अनि दुई जना छोरासहित । अहिले उहाँसँग दुई जना छोरा मात्रै छन् । 

‘दुइटी छोरी भुइँचालोले लग्यो, एउटी विदेशमै हराई’ टुल्कुले भन्नुभयो । टुल्कुकी छोरी सम्झना दुवई गएको ७ वर्ष पुग्यो । पोहोरसम्म छोरीले घरमा फोन गर्दै थिइन सम्झनाले फोन गर्दै थिइन् । तर सम्पर्कविहिन भएको एक वर्ष भयो । 

सम्झना २०६८ तिर काठमाडौं जोरपाटीकी विमला श्रेष्ठ मार्फत जानुभएको हो । दुवई गएकी छोरीसँग टुल्कुले कुरा गर्नुभएन् । आमा हुँदा आमालाई फोन गर्थिन छोरीले । अहिले न श्रीमतीसँगै छिन न छोरी सम्पर्कमा छिन् । 

छोरी गएको १ वर्षपछि टुल्कुकी श्रीमती पनि कुवेत गइन् । विदेश गएकी श्रीमतीले पनि टुल्कुलाई वास्ता गरिनन् । ‘गाउँमा अरुलाई त फोन गर्दि रैछिन मलाई चाहिँ फोन गरेको छैन ।’ टुल्कुले भन्नुभयो । 

छोरी सम्पर्कविहिन अनि श्रीमतीले वास्ता नगरेपछि एक्लै भएका टुल्कुलाई २०७२ वैशाखको भुकम्पले कहिल्यै बिर्सिन नसक्ने पीडा दियो । भुकम्पमा परी उहाँका दुई छोरी सोममाया र सानुमायाको ज्यान गयो । भुकम्पपछि टुल्कुकी श्रीमती घर आएकी थिइन् । तर चार महिना बसेर फर्किन् । त्यसपछि न श्रीमतीको फोन आएको न त छोरीको नै । 

एक वर्ष अघिसम्म सम्झनाले कुवेतमा भएकी आमालाई फोन गर्नुुहुन्थ्यो । एक वर्ष अघि त उहाँले फोटो र भाइ बहिनीका लागि लुगा पनि पठाइदिनुभएको थियो । फेसबुकमा गाउँबाट विदेश जानेहरुसँग कुरा भइरहन्थ्यो । तर अहिले अहिले आमालाई फोन गर्नुभएको छैन । गाउँका साथीहरुलाई पनि फेसबुकमा ब्लक गर्नुभएको छ । त्यसैले अहिले सम्झना कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कसैले पत्तो लगाउन सकेका छैनन् । 

टुल्कु आफूलाई नसम्झिएपनि कक्षा ४ र ७ मा पढ्दै गरेका भाइहरुलाई सम्झिएर फर्किन आग्रह गर्नुहुन्छ । ‘आमाले त बिर्सियो बिर्सियो छोरीलाई त मुख देख्न पाउथें कि ।’ टुल्कुले आशासहित आग्रह गर्नुभयो ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस