MENU

विशेष

मलेसिया र साउदीमा ६ वर्ष बस्दा जीउ त मोटायो, खल्ती रित्तै

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

पुस २९ – ‘विदेशबाट मोटाएर आएछ भन्छन् गाउँलेले, तर त्यहाँको दुःख कसले बुझ्ने,’ चौथो पटक विदेश जान खुट्टा उचालेर बसेका यमबहादुर बुढाथोकी गुनासो गर्नुहुन्छ । ‘शरीरमा लागेको मासु बेच्न नमिल्ने, के गर्नु’ गाउँठाउँमै गरीखाने मेसो नमिल्दा परदेशिएका यमसँग यस्ता गुनासा र पीडाका चाङ छन ।

 विदेशको दुःख र कमाइ जान्दाजान्दै पनि पटक पटक विदेशिनुपर्ने यमको रहर हैन, बाध्यता हो । विदेशमा गएर कमाउँला, घरखेत जोडौंला भन्ने उहाँसँग ठूला ठूला सपना छैनन् । यमलाई घर चलाउनु पर्ने बाध्यताले गर्दा विदेश जानुपरेको हो ।

३७ वर्षका यमले दुई वटा देश पुगिसक्दा पनि कमाएर जमाउनु भएको छैन । मलेसिया र साउदीको गर्मी र दुःखले उहाँको मन त भरिए, तर विदशिनु पर्ने बाध्यता सकिएनन् । 

त्यसैले अहिले पनि उहाँले विदेश जानका लागि पासपोर्ट म्यानपावरमा पठाउनु भएको । ‘राम्रो कामको डिमाण्ड पाए जहाँ भएपनि जाने हो । घरमा बसेर त नुनतेल किन्न पनि समस्या,’ यम विदेशिनु पर्ने आफ्नो बाध्यता सुनाउनुहुन्छ ।

बिहान बेलुका चुलो बाल्नकै लागि यमले विदेशमा ६ वर्ष बिताइसक्नुभएको छ । सन् २००७ मा मलेसिया उड्दा यमसँग सपना भारी थिए । परिवारसँगको विछोडमा मन गह्रौँ भएपनि विदेशमा कमाइ हुने सपनाले उहाँलाई उडाएरै मलेसिया पुर्‍यायो ।

 घर छाडेर पहिलो पटक परदेशिएका यमलाई विदेश सहज त भएन नै । त्यसमा पनि यहाँबाट जाँदा सम्झौता भएअनुसाको काम र तलव पाउनुभएन उहाँले । काम र कमाइ जस्तो भएपनि काम गर्दिन भन्ने विकल्प थिएन उहाँसँग । घरको दुःख सम्झिएरै उहाँले मलेसियामा ३ वर्ष दुःख गर्नुभयो । 

यात्रा साउदीको 

मलेसियाको ३ वर्षको दुःखले उहाँको विदेशका यात्रामा पूर्णविराम लागेन । एक देशबाट फर्किए पनि अर्को देशमा त कसो कमाइ नहोला भन्ने मनमा लागिरह्यो । यम २०११ मा साउदी जानुभयो । साउदीमा त झन मलेसियामा भन्दा दुःख आइलाग्यो । 

सप्लाई कम्पनीको काम । ‘एक ठाउँमा काम गर्‍यो भोलि कता पर्ने हो ठेगान नहुने । एउटा काम बल्ल जानेको हुन्छ फेरि अर्को काममा जाँदा त झनै गाह्रो हुने,’ यम सप्लाई कम्पनीमा काम गर्दाका दुःख सम्झनुहुन्छ ।

अब त केही होला कि भन्ने आशमा परदेशिएका यमलाई यो कामले झनै निराश बनायो । झण्डै २७ महिना काम गरेर घर फर्कनुभयो । विदेशमा बस्दा आफ्ना दुःख घर आयो व्यवहार चलाउनै बिजोग । यस्तै बाध्यता र परिबन्धले घेरिह्यो यमलाई ।

‘विदेश नजाउ पनि भएको छैन । जाउँ राम्रो हुँदैन । मेरो त भाग्य नै कस्तो होला जस्तो लाग्ने,’ यमको अनुहारको रंग बदलियो । हुनपनि सप्लाईको कम्पनीमा उहाँले निकै सास्ती सहनु पर्‍यो ।

प्लम्बरको हेल्परको काम भनेर साउदी पुगकेका यमले सप्लाईको काम पाउनुभयो । महिनाको २८ हजार रुपैयाँ जति कमाउनुहुन्थ्यो । तर तलब चाहिँ ४ महिनामा एक पटक मात्र आउथ्यो ।

घरपरिवार छाडेर दश बाहिर कमाउनकै लागि सात समुद्र पारी पुग्ने कसलाई कमाउने रहर नहोला र । यस्तै सोचेर परदेशिएका यमले सोचेजस्तो भएन । उहाँले घर फर्कंदा उल्टै ५० हजार रुपैयाँ ऋण काढ्नु पर्‍यो ।

साउदीको दोस्रो यात्रा : कम्पनी टुट्यो

दुई पटकको विदेश यात्रा असफल भएपनि उहाँले हार खानुभएन । २०१५ मा फेरि साउदी नै जानुभयो । देशको हावा पनि र रहनसहन बुझेकाले उहाँले साउदी नै रोज्नुभयो । फेरि योपटक काम पनि राम्रै हुन्छ भनेर सुनाएका थिए । पहिले जस्तो नराम्रो नहोला भन्नेमा ढुक्क हुनुहुन्थ्यो यम पनि । 

यो पटक काम ठिकै थियो । कामले राम्रै भएपनि यो पालि भने कम्पनीले नै साथ दिएन् । झण्डै १ वर्ष काम गरेपछि उहाँले काम गर्ने कम्पनी टुट्यो । ‘अभागीलाई कतै गएपनि नहुने रैछ । कहिले के कहिले के हुने,’ भाग्यलाई दोष दिनुभन्दा अर्को विकल्प रहेन यमसँग । 

कम्पनी टुटेपछि यमलाई झनै आपत आइलाग्यो । ‘कम्पनीले कामै नदिइ ४ महिना यसै राख्यो । काम देउ भन्दा पुलिस थाना लग्यो, धन्न त्यो कम्पनीमा एकाउन्टेन्ट नेपाली थिएर उनैले निकाले,’ यमले त्यहाँ भोग्नुपरेको सास्ती सुनाउनुभयो  ।

उहाँलाई नेपालमा जस्तै होला नीति नियम जस्तो लाग्थ्यो । ‘विदेशमा त पाउने अधिकार माग्दा पनि जेल पठाउँदा रहेछन्’ परदेश देश जस्तो नहुने रहेछ भनेर यम गुनासो गर्नुहुन्छ ।

५० हजार रुपैयाँ घरबाट मगाएर उहाँ नेपाल फर्कनुभयो । दुई देशमा ६ वर्ष खेपेका दुःख सम्झँदा उहाँलाई नेपालमै केही गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर हातमा रकम नभएका कारण विदेशनै जाने उहाँको योजना हो ।

‘देशमा परिवर्तन आयो भन्छन्, खै विदेश नगइ सुखै भएन । देशमा गरिखाने मेसो मिले जान्न थिएँ’ उहाँ भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • मरिसके भनेका श्रीमानसँग भिडियो कल

    गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गर्नुभएको छ । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गर्नुभयो । त्यति बेला पनि उहाँ हास्न सक्नुभएन । ‘दाँत देखाउन मन लागेन, आँसु झारिन मन कुँडिएको थियो ।’ बिमला भन्नुुहुन्छ ।

  • १८ वर्ष हराएकी सरस्वती घर फर्किंदा...(भिडियोसहित)

    उफ्रिदै, दौडदै कबड्डी खेलेको सरस्वतीको माइतको आँगनमा अहिले चिल्ला गाडी कुद्न थालेका थिए । माइती गाउँको जवानी चढेको थियो तर भाइबुहारीको उमेर ढल्किएको थियो । भाइहरुको मात्र हैन, १८ बर्षपछि घर फर्केकी सरस्वतीको पनि रुपरंग फेरिएको थियो

  • २३ वर्ष भयो निमकुमार कुवेत गएको, बाँचे मरेको पत्तो छैन

    मोवाइलको सुविधा भएपछि परिवारसँग टाढा भएकाहरु दिन दिनमा अनि छिनछिनमा कुरा गर्छन । तर चिठ्ठी पठाउने जमानामा विदेश गएका निमकुमार भने मोवाइलको जमाना आएपछि बेपत्ता छन् । त्यो पनि कुवेतमा ।

  • ​कम्पनीकै कारण ‘ओभरस्टे’ हुँदा युएईमै अड्किए तीन युवा, कमाएको पैसा अदालत धाउँदा सक्कियो

    साहुले भनेको समयमा पनि भिसा नलगाइदिएपछि रमेशसँगै काठमाडौंको बुढानिलकण्ठका राजन बस्नेत र राजेन्द्र पण्डितलाई झस्का पस्यो । ओभरस्टेको समय बढ्दै गएकाले विभिन्न माध्यमबाट बुझ्दा उहाँहरुले आफूले काम गरिरहेको लुइस रेष्टुरेन्ट क्याफे अध्यागम विभागको कालो सूचीमा परेकाले भिसा दिलाउन नसकेको थाहा पाउनुभयो ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस