MENU

विशेष

​साउदीको १४ चक्के लरीमा नेपाली मन

रीतु थेबे/उज्यालो । 

काठमाडौं, पुस २९ –‘पाथीभरा दर्शन’ । त्यसमुन्तिर आइ लभ नेपाल लेखिएको स्टिकर टाँसिएको छ  । मेची राजमार्गमा चल्ने प्रायःजसो यात्रुवाहक र मालवाहक मोटरमा लेखिने गरेका यी दुई शब्दसाउदीको सडकमा गुड्नेएसडिए ८०१० नम्बरको लरीमा लेखिएको छ । 

यी दुई शब्द गाडीको अगाडिको भागमा लेख्ने आइडियो हो, सात समुन्द्र पारी मरुभूमीमा गाडी चलाउने पेसामा लागेका तेह्रथुमको आठराई गाउँपालिका ३ का३३ वर्षे रामकुमार ल्वागुनको । स्टिकर स्थानीय बजारमा किनेर टाँसिएको हो । पाथीभरा दर्शन चाहिँ आफैंले मेहनत गरेर लेख्नुभएको हो । 

१४ चक्के लरीको स्टेरिङ सम्हाल्ने जिम्मा पाएका छन् उनै रामकुमारले । लरी भरी आलुको भारी बोकेर साउदीको सडकमा हुँइकिन थालेको १९ महिना भयो । 

मरुभूमीमा फलेका आलु लरीमा राखेर रामकुमारले साउदीका कुना कुनामा पुर्‍याउनुपर्छ । उसो त साउदी भन्दा बाहिर यमन र कतारमा पनि आलु लिएर जानुपर्थ्याे । तर अहिले यमनमा सुरक्षा अवस्था राम्रो छैन । कतारसित साउदीले कुटनीतिक सम्बन्ध तोडेको छ । त्यसैले हिजोआज त्यहाँ सामान पुर्‍याउन जानुपर्दैन । 

रामकुमारले साउदीमा काम गर्न थालेको ७ वर्ष पुग्न लाग्यो । मलेसिया समेत जोड्ने हो भने विदेशमा रोजगारी गर्न थालेको १० वर्ष हुन लागे । लेवरको भिसामा साउदीको अल रसिद कम्पनीमा पुगेका उहाँले ५ वर्ष लेवरकै काम गर्नुभयो । 

लेवरको कामबाट फिनिस फर्केपछि उहाँ साउदीकै लेहा ट्रान्सपोर्टेसन कम्पनीमा हेभी ड्राइभरको काममा जानुभएको हो । लेहा ट्रान्सपोर्टेसनमा ३५ जना नेपाली ड्राइभरले स्टेरिङ सम्हाल्छन् । ३५ नेपाली सहित भारत, पाकिस्तान, श्रीलंकाका गरी पाँच सय ड्राइभर छन् त्यो कम्पनीमा । 

रियादको हायलमा रहेको मजरामा आलुका बोरा लोड गर्दै गर्दा आफूले चलाउने गाडीको फोटो रामकुमारले फेसबुकमा अपलोड गर्नुभयो । 

रामकुमारले गाडीमा किन यी लाइन लेखे ?आइ लभ नेपाल लेखिएको स्टिकर किन टाँसे ?

रियादको हालयदेखि जेद्धासम्म ११ सय किलोमिटर सडक छिचोलेर फेरि रियाद नै आइपुगेका रामकुमारले फेसबुक म्यासेन्जरमा जवाफ दिनुभयो, ‘विश्वासले । देवीदेउता सम्झँदा रक्षा होला भन्ठानेर ।’ 

हुन पनि श्रीमती, एक छोरी र आफन्तलाई गाउँमै छाडेर साउदी पुगेका रामकुमारको धेरैजसो समय एक्लै बित्छ । त्यो पनि आफूले चलाउने गाडीमै । कुन ठाउँमा रात बिताउनु पर्ने हो ठेगान हुँदैन । महिनौं लेवर क्याम्प बाहिर बस्नुपर्छ । 

मरुभूमिको सडकमा गाडी छेउ लगाएर भात पकाएर खानुपर्छ । सुत्ने बस्ने व्यवस्था गाडीमा नै छ । गाउँघरको सम्झना र आफ्नो भगवान मात्रै रामकुमारका साथै हुन्छन् । 

धेरै नेपाली युवा मरुभूमीमा रामकुमारले जस्तै भाग्य खोज्दै पुगेका छन् । एक्लै सही, उनीहरु आफन्तका सुखको र सुन्दर भविष्यको खोजीका लागि परदेशिन विवश छन् । रामकुमारले फेसबुकमा पनि रामकुमार विवश ल्वागुन नाम राख्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • मरिसके भनेका श्रीमानसँग भिडियो कल

    गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गर्नुभएको छ । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गर्नुभयो । त्यति बेला पनि उहाँ हास्न सक्नुभएन । ‘दाँत देखाउन मन लागेन, आँसु झारिन मन कुँडिएको थियो ।’ बिमला भन्नुुहुन्छ ।

  • १८ वर्ष हराएकी सरस्वती घर फर्किंदा...(भिडियोसहित)

    उफ्रिदै, दौडदै कबड्डी खेलेको सरस्वतीको माइतको आँगनमा अहिले चिल्ला गाडी कुद्न थालेका थिए । माइती गाउँको जवानी चढेको थियो तर भाइबुहारीको उमेर ढल्किएको थियो । भाइहरुको मात्र हैन, १८ बर्षपछि घर फर्केकी सरस्वतीको पनि रुपरंग फेरिएको थियो

  • २३ वर्ष भयो निमकुमार कुवेत गएको, बाँचे मरेको पत्तो छैन

    मोवाइलको सुविधा भएपछि परिवारसँग टाढा भएकाहरु दिन दिनमा अनि छिनछिनमा कुरा गर्छन । तर चिठ्ठी पठाउने जमानामा विदेश गएका निमकुमार भने मोवाइलको जमाना आएपछि बेपत्ता छन् । त्यो पनि कुवेतमा ।

  • ​कम्पनीकै कारण ‘ओभरस्टे’ हुँदा युएईमै अड्किए तीन युवा, कमाएको पैसा अदालत धाउँदा सक्कियो

    साहुले भनेको समयमा पनि भिसा नलगाइदिएपछि रमेशसँगै काठमाडौंको बुढानिलकण्ठका राजन बस्नेत र राजेन्द्र पण्डितलाई झस्का पस्यो । ओभरस्टेको समय बढ्दै गएकाले विभिन्न माध्यमबाट बुझ्दा उहाँहरुले आफूले काम गरिरहेको लुइस रेष्टुरेन्ट क्याफे अध्यागम विभागको कालो सूचीमा परेकाले भिसा दिलाउन नसकेको थाहा पाउनुभयो ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस