MENU

विशेष

​‘मलेसियामा श्रीमान् म्यानेजर म लेवर’

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, पुस ३० – ‘मलाई त नेपालमै छु जस्तै लाग्थ्यो,’ सिन्धुलीको फिक्कल गाउँपालिकाकी कुमारी पहाडीले मलेसियामा श्रीमनसँगै बसेर काम गर्दाको अनुभव सुनाउनुभयो ।

कुमारीले मलेसियामा श्रीमानसँग एउटै कम्पनीमा १८ महिना काम गर्नुभयो । श्रीमान् म्यानेजर, कुमारी चाहिँ लेवरको काम गर्नुहुन्थ्यो । यी १८ महिना मलेसियाको बसाइमा उहाँले भोगेका अनुभव रमाइला र अचम्म लाग्दा छन् ।

 कुमारीका श्रीमान् मलेसिया बस्न थालेको १० वर्ष लागिसकेको थियो । श्रीमानको कमाइ र कम्पनीमा पद पनि म्यानेजरको भएकाले कुमारीलाई घुम्नका लागि मलेसिया बोलाउनुभयो । श्रीमानले वर्षौ पसिना बगाएको देश हेर्न पाउने भएपछि कुमारी २०६६ सालमा मलेसिया जानुभयो । 

जेठी छोरी ठूली भएपनि उनले दुई जना बहिनीको स्याहार गर्न सक्ने थिइनन् । त्यसैले कुमारी तीन छोरीलाई माइतीमा छाडेर जानुभएको थियो । उहाँकी एक छोरी त ३ वर्ष मात्रै लागेकी थिइन् ।

रोजगारीका लागि खाडीका देश जानेका परिवारलाई विरलै मिल्छ यस्तो अवसर । कुमारीले पनि पाएको मौका छोड्नुभएन । एक महिनाको भिजिट भिसामा उहाँ मलेसिया उड्नुभएको हो । 

घुम्नका लागि मलेसिया उड्दा उहाँले श्रीमानसँगै काम गरेर बस्छु भन्ने सोच्नुभएको थिएन । १ महिना श्रीमानसँगै विदेश घुमौला भनेर गएको भएपनि उहाँलाई काम गर्न मन लाग्यो । 

‘श्रीमानसँग विदेशमा बसेर काम थाल्दा साह्रै खुसी लाग्यो । सुरुसुरुमा त सपना जस्तै लाग्थ्यो,’ कुमारी परदेशमा काम थाल्दाको अनुभव सुनाउनुहुन्छ । कुमारीको काम थियो हाँस फार्ममा । उहाँका श्रीमान फार्मका म्यानेजर थिए ।

श्रीमान् म्यानेजर भएर पनि उहाँलाई काम नजान्दा, काम गर्न नसक्दा गाली त सहनु परेन तर काम भने गाह्रो थियो । हाँसको अण्डा टिप्ने, हाँसलाई आहारा दिएर सक्किएको बोरा पट्याएर राख्ने र सरसफाइ गर्ने । 

‘बिहान ६ बजेदेखि १२ बजेसम्मा ३ हजार अण्डा टिप्थेँ । १२ बजे पछि चाहिँ बोरा पट्याउने र सरसफाईको काम गर्थे । अण्डा टिप्दा साह्रै ढाड दुख्ने,’ कुमारीले सुनाउनुभयो ।

बिहान ६ बजेदेखि १२ बजेसम्मा ६ हजार वटा अण्डा टिप्न पर्ने भएपनि कुमारीले दिएको टार्गेट पुर्‍याउन सक्नुभएन । यसरी ६ घण्टासम्म लगातार अण्डा टिप्दा उहाँलाई निकै गाह्रो हुन्थ्यो ।

एउटा अण्डा फुट्यो भने ६० सेन्ट तलवबाट काट्थे । श्रीमानले नै कामको निरिक्षण गर्ने भएकाले उहाँलाई यस्ता सानातिना गल्तीमा कारवाही चाहिँ हुँदैन थियो । कुमारीलाई बस्न पनि कम्पनीले नै क्वाटर दिएको थियो ।

‘हामी बुढाबुढीसँगै बस्थ्यौ, मेरो ओभरटाइमले दुवै जनालाई खान पुग्थ्यो, विदेश भएपनि यसरी बस्न पाउँदा हामिलाई काम गर्न र सरसल्लाह गरेर अघि बढ्न सजिलो भएको थियो,’ कम्पनीमा पनि कुमारीले सम्मान पाउनुभयो । 

कुमारीलाई श्रीमान र आफ्नो पद र काम सम्झदा साह्रै रमाइलो लाग्थ्यो । ‘सबैले उहाँलाई सम्मान गर्ने । त्यो हुलमा म पनि पर्थे । बुढालाई म्यानेजरको सम्मान गर्न पाउँदा गर्व लाग्थ्यो,’ कुमारी मुस्कुराउनुभयो ।

कुमारीलाई आफू श्रीमानसँगै भएकाले सुरक्षित छु भन्ने लाग्थ्यो । तर उहाँले रोजगजारीका लागि मलेसिया पुगेका नेपाली महिलाका विभिन्न अप्ठेरा र असुरक्षा देख्नुभयो । 

‘कम्पनीमा पनि कस्तो व्यवहार गर्थे । कुट्ने पिट्ने, यौन हिं‍‌‌‌‌सा गर्ने । मलाई त बढो भएकाले त्यस्तो भोग्न परेन । केही बोल्न पनि नपाइने,’ कुमारीले विदेशमा आफूले देखेका कुरा सुनाउनुभयो । अरुको दुःख देख्दा उहाँलाई पनि यो ठाउँमा श्रीमान् नभएको भए यस्तै दुःख भोग्नुपर्थ्याे होला भन्ने सोच्नुहुन्थ्यो ।

माइतको साथमा छोडेर हिडेका तीन छोरीहरु दिनहुँ गुनासो गर्थे । छोरीहरुले फोनमा रुँदै बोल्दा भने उहाँको मन कुढिन्थ्यो । ‘नानीहरु फोनमा रुने । हामीपनि उता रुने । बालबच्चा छाडेर विदेश बस्नुको अर्को पीडा,’ काँखे छोरी छाडेर परदेशिएकी कुमारीलाई श्रीमानको साथैमा काम गर्दा नेपाल जस्तै अनुभव भएपनि छोराछोरीबाट टाढा हुनुको पीडाले साह्रै चिमोट्थ्यो ।

पराइदेशमा यसरी नै कुमारीको जीवनको रथ अघि बढिरहेको थियो । १५ महिनाजस्तो भएको थियो । रथले बाटो मोडिदियो । उहाँ गर्भवती हुनुभयो । गर्भवती हुन सामान्य भएपनि विदेशमा बसेको गर्भले कुमारीले निकै सास्ती बेर्होन पर्‍यो ।

बच्चालाई मलेसियामै जन्म दिँदा पनि कानुनी झमेला थियो । नेपाल फर्कन पनि सहज भएन् । ‘गर्भ तीन महिनाको भएपछि मात्रै बच्चा भएको पक्का भयो । त्यसपछि त म साह्रै विरामी परेँ,’ कम्पनीमा काम गर्ने भएकाले उहाँले त्यो बेला बिरामी पर्दा पनि छुट्टि पाउनुभएन ।

 सबै प्रक्रिया मिलाएर उहाँ नेपाल फर्कनुभयो । मलेसियाको १८ महिनाको बसाइमा उहाँले झण्डै चार लाख रुपैयाँ कमाउनु पनि भयो । साथमा अर्को सन्तान पनि लिएर आउनुभयो । विदेशमा १८ महिना बिताएको यो पल उहाँको लागि अविष्मरणीय बन्यो ।

अहिले पनि उहाँका श्रीमान् त्यही कम्पनीमै काम गर्नुहुन्छ । १८ वर्ष भयो त्यहाँ काम गर्न थालेको । कुमारीले घर धान्नुभएको छ । उहाँ नेपाल फर्किएर पनि हात बाँधेर बस्नुभएको छैन । 

सुरक्षित आप्रवासन परियोजना(सामी) सिन्धुली सुचना केन्द्रमा स्वयम सेवको काम गर्नुहुन्छ । विदेशमा आफूले देखेका, भोगेका कथाव्यथा सुनाउनुहुन्छ । वैदेशिक रोजगारीको बारेमा सचेतना बाढ्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • मरिसके भनेका श्रीमानसँग भिडियो कल

    गएको मंसिर ६ गते भने बिमलाले श्रीमानसँग भिडियोमै कुरा गर्नुभएको छ । काठमाडौं गएका बेला उहाँले श्रीमानलाई हेरेरै गफ गर्नुभयो । त्यति बेला पनि उहाँ हास्न सक्नुभएन । ‘दाँत देखाउन मन लागेन, आँसु झारिन मन कुँडिएको थियो ।’ बिमला भन्नुुहुन्छ ।

  • १८ वर्ष हराएकी सरस्वती घर फर्किंदा...(भिडियोसहित)

    उफ्रिदै, दौडदै कबड्डी खेलेको सरस्वतीको माइतको आँगनमा अहिले चिल्ला गाडी कुद्न थालेका थिए । माइती गाउँको जवानी चढेको थियो तर भाइबुहारीको उमेर ढल्किएको थियो । भाइहरुको मात्र हैन, १८ बर्षपछि घर फर्केकी सरस्वतीको पनि रुपरंग फेरिएको थियो

  • २३ वर्ष भयो निमकुमार कुवेत गएको, बाँचे मरेको पत्तो छैन

    मोवाइलको सुविधा भएपछि परिवारसँग टाढा भएकाहरु दिन दिनमा अनि छिनछिनमा कुरा गर्छन । तर चिठ्ठी पठाउने जमानामा विदेश गएका निमकुमार भने मोवाइलको जमाना आएपछि बेपत्ता छन् । त्यो पनि कुवेतमा ।

  • ​कम्पनीकै कारण ‘ओभरस्टे’ हुँदा युएईमै अड्किए तीन युवा, कमाएको पैसा अदालत धाउँदा सक्कियो

    साहुले भनेको समयमा पनि भिसा नलगाइदिएपछि रमेशसँगै काठमाडौंको बुढानिलकण्ठका राजन बस्नेत र राजेन्द्र पण्डितलाई झस्का पस्यो । ओभरस्टेको समय बढ्दै गएकाले विभिन्न माध्यमबाट बुझ्दा उहाँहरुले आफूले काम गरिरहेको लुइस रेष्टुरेन्ट क्याफे अध्यागम विभागको कालो सूचीमा परेकाले भिसा दिलाउन नसकेको थाहा पाउनुभयो ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस