MENU

विशेष

मलेसियामा हराएको छोराको अनुहारबाट रगत बगिरहेको फोटो फेसबुकमा आएपछि

दुर्गाप्रसाद भट्टराई/सर्लाही ।

माघ २१ – सर्लाहीको मुर्तियाकी शोभा सुनुवारको मोवाइलमा गएको माघ ८ गते राती घण्टी बज्यो । फोन दुवईमा रहेका सौतेनी छोरा विजयको थियो । 

विजयले आमालाई फेसबुकमा रामजी दाइको अनुहारबाट रगत बगिरहेको फोटो फेसबुकमा देखेको खबर सुनाए । विजयले रामजीलाई कुटेर नालिमा फालिएको बेला साथीहरुले भेटेर उनीहरुकै कोठामा लगेर राखेको पनि सुनाए । 

४ वर्षदेखि हराइरहेका छोरा रामजीका बारेमा शोभा खबर पर्खिरहनुभएको थियो । तर विजयले सुनाएको जस्तो होइन । छोरा सकुशल छ भन्ने समाचार पर्खिएकी शोभाले सोच्दै नसोचेको खबर सुन्नुपर्‍यो । 

शोभाका श्रीमानले दुई वटा बिहे गरे । श्रीमान् कान्छी श्रीमतीसँग बस्न थालेपछि शोभाले एक जना छोरासहित ६ जनाको परिवार आफैं सम्हाल्नुभयो । 

घर चलाउने पैसाको जोहो गर्न शोभा भारत जानुभयो । भारतमा घरेलु कामदारका रुपमा काम गर्ने शोभाको पैसाले घर खर्च त चल्थ्यो तर एक पैसा बच्दैनथ्यो । 

त्यसैले कमाएर पैसा बचाउन छोरा रामजी मलेसिया जानुभयो । ८ वर्ष अघि मलेसिया पुगेका रामजीले पनि कमाउन सक्नुभएन । 

काम र कमाई राम्रो नभएकाले कमाउने नसकेको हो कि अरु नै कारणले हो भन्ने परिवारका कसैलाई थाहा छैन । जाँदा लिएको एक लाख ६० हजार रुपैयाँ २ वर्षमा एक पैसा पनि घटाउन सक्नुभएन रामजीले । 

कमाउन नसकेर होला भनेर शोभाले छोरालाई घर फर्किनु भन्नुभयो । रामजीले पनि केही समयमा फर्किहाल्छु नि भन्ने उत्तर मात्रै दिनुभयो । तर फर्किनुभएन । बरु फोन गर्नै छोड्नुभयो । 

रामजीका तीन जना छोराछोरी । बुवा मलेसिया जाने बेला ९ वर्षकी रहेकी जेठी छोरी अमृता अहिले १७ वर्षकी पुगिन् । 

उनले फेसबुक खोलेर बुवालाई पनि साथी बनाएकी थिइन् । बाबु छोरीको गफ हुन्थ्यो फेसबुकमा । तर फोन गर्न छोडेपछि रामजीले फेसबुक पनि बन्द गर्नुभयो । ‘पहिला गफ गर्थें, २ वर्षपछि उसको नाम हालेर खोज्दा पनि नभेटिने भएछ । उसले बन्द गर्‍यो भने त्यस्तो हुन्छ रे’ शोभाले भन्नुभयो । 

शोभाका २ वर्ष छोराको फोन आउने बाटो हेरेरै बिते । २ वर्षपछि रामजीले फोन गर्नुभयो । त्यतिबेला शोभा भारतमै हुनुहुन्थ्यो । रामजीले आफूले गर्दै गरेको काम छोडेर भागेर काम गरेको सुनाउनुभयो आमालाई । 

‘भागेकाले मसँग अहिले कुनै कागजपत्र छैन भनेको थियो’ ४ वर्ष अघि छोरासँग भएका कुरा सुनाउँदै शोभाले भन्नुभयो ‘उसले घर फर्किने पैसा छैन भन्दै ६० हजार रुपैयाँ पठाइदिनुभयो भने घर फर्किन्छु पनि भन्यो ।’

छोरा हराएपछि आत्तिएको शोभाको मन केही शान्त भयो । घर आउन खोजेको छ भनेर उहाँले ३५ हजार रुपैयाँ भारु पठाइदिनुभयो । पैसा पाएपछि रामजीले आमालाई के ल्याइदिउँ भनेर पनि सोध्नुभयो । तर शोभाले परिवार तितर बितर हुन लागेको भन्दै आफूलाई केही नचाहिने भन्दै छिट्टै घर आउन भन्नुभयो । 

रामजीले ‘ल हुन्छ’ भन्नुभएको थियो । तर त्यसो भनेको ४ वर्ष बितिसक्दा पनि उहाँ घर फर्किनुभएको छैन । 

उमेर ढल्किँदै गएपछि शोभाले अर्काको घरमा काम गर्न सक्नुभएन । उहाँ घर फर्किनुभयो । तर घर चलाउने कसै न कसैले त काम गर्नै पर्ने बाध्यता थियो शोभाको परिवारमा । त्यसैले रामजीकी श्रीमती देवी आफैं अहिले भारत जानुभएको छ । 

फर्किन्छु भनेर पैसा मगाएका रामजी हराएपछि शोभाले भने झैं उहाँको परिवार तितरबितर भएको छ । बुहारी काम गर्न भारत गएको डेढ वर्ष भयो । नाती अमिन मावलमा बसेर पढ्छन् । अहिले त घरमा शोभा र नातिनीहरु अमृता र अरुणा मात्रै छन् । 

एउटा मात्रै छोरो त्यो पनि विदेशबाट नफर्किएपछि तनावमा परेकी शोभाको भोक तिर्खा हराएको छ, माघ ८ गते सौतेनी छोरा विजयले गरेको फोनले । विजयले दाइलाई साथीहरुले राखिदिएका छन् रे त भने तर कहाँको साथीले राखेका हुन, अहिले अवस्था कस्तो छ परिवारले थाहा पाउन सकेको छैन । 

छोराको अवस्था बुझिदिन आग्रह गर्दै शोभाले सामाजिक परिचालक मार्फत हरिवनमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवेदन दिनुभएको छ । 

तर उहाँका कुनै पनि कागजात नभएकाले खोज्न समस्या भएको केन्द्रका परामर्शकर्ता लालकिशोर भण्डारीले बताउनुभयो । केन्द्रले पनि खोज्न गाह्रो छ भनेपछि शोभासँग अब छोराले आफैंले फोन गर्छ भनेर आश गरेर बस्नु बाहेक अर्को विकल्प छैन । 

शोभाले छोरालाई चिन्ने उहाँका साथीहरुलाई आफू पर्खिरहेको खबर छोरासम्म पुर्‍याइदिन आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • त्यागेको सारङगीमै फर्किए हिमालसागर

    चुचे ढुङ्गो उही टुङगो भने जस्तै हिमालसागर सारङ्गीकै संगतमा फर्किनुभयो । हिमाल छोडेर गएपनि बुवा र दाइको सारङ्गी बजाएर गाउँ गाउँसम्म गाउँदै हिँड्ने क्रम चलिरहेकै थियो । उहाँ पनि बुवा र दाईसँगै हिँड्न थाल्नुभयो ।

  • युएईबाट घरमा पैसा पठाउँदा छविलालले जिते १२ लाख

    आबुधाबीको अलजिमी मुसाफा मजदुर क्याम्प क्षेत्रबाट युएईको अल अहलिया एक्सचेन्ज मार्फत परिवारलाई पैसा पठाउँदा उहाँलाई उपहार स्वरुप १२ लाख रुपैयाँ बराबरको कार परेको हो ।

  • भाखा राख्यो डाँडै काट्यो, पासपोर्ट र १६ लाख कहिले पाउने ?

    ‘भाखा राख्यो डाँडै काट्यो, हामीले पासपोर्ट र १६ लाख कहिले पाउँछौं होला त ?,’ सिराहका मनिसप्रसाद गुप्ता प्रश्न गर्नुहुन्छ । युएई पठाउँछु भन्दै ठग्ने दलाल गुफर मिया फरार भएपछि मनिसजस्तै १८ जनाको प्रश्न यही छ ।

  • ‘म जन्में भनेर बाबा घर नफर्किनुभएको हो ममी ?’

    ‘बाबा म जन्में भनेर घर नफर्किनुभएको हो ममी ?’ ६ वर्षकी बालिकाले यस्तो कुरा सोच्लिन अनि भन्लिन ? धेरैको उत्तर आउला यो त ठूलो भइसकेपछि मात्रै बुझ्ने र सोच्ने कुरा हो । साना केटाकेटीले कहाँ यस्तो कुरा बुझ्छन र गर्छन् ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस