MENU

विशेष

युएई आउने कामदारका लागि पुलिस रिपोर्ट चाहिने, कसरी बनाउने रिपोर्ट ?

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, माघ २४ – युएई आउने विदेशी कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य चाहिने भएको छ । युएई सरकारले गएको आइतबारदेखि आफ्नो देशमा आउने नयाँ कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरेको हो । 

युएई आउन लागेका नेपालीले प्रहरी प्रधान कार्यालय नक्सालबाट यस्तो प्रमाणपत्र बनाउन सक्ने छन् । प्रमाणपत्र त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभाग र पानी पोखरीमा रहेको युएइको दूतावासबाट प्रमाणिकरण गरेर आफूू आउन लागेको कम्पनीमार्फत अध्यागमनमा बुझाउन पर्ने छ । 

पछिल्लो पाँच वर्षमा आफ्नो देश बाहेकको देशहरुमा बसोबास गरेको भए सोही मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्ष भन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायबाट यो प्रमाणपत्र बनाउनु पर्ने कानुनी व्यवस्था गरिएको छ । भिजिट भिसामा आउनेका लागि पुलिस रिपोर्ट अनिवार्य छैन । 

युएईमा कागजी भिसा लागिसकेका तर नेपालबाट नउडेका कामदारले पनि पुलिस रिपोर्ट अनिवार्य बनाउनु पर्छ । अन्यथा यहाँ आएर पास्पोर्टमा भिसा लगाउन समस्या हुने यएईका लागि नेपाली श्रम सहचारी मोतिराम भुसालले जानकारी दिनुुभयो ।

युएई आइसकेका तर साथमा पुलिस रिपोर्ट नभएकाहरुका हकमा नेपालबाटै कागजात  बनाउनु पर्नेछ । यो कागजात उनीहरुका परिवारका सदस्यले पनि बनाइदिन सक्नेछन् । त्यसका लागि नक्सालमा रहेको प्रहरी प्रधान कार्यालय नक्सालको चालचलन शाखामा जानु पर्नेछ । नेपाल प्रहरीले विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराइदिन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउँछ । 

चारीत्रिक प्रमाण पत्र प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर, मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत अञ्चल प्रहरी कार्यालय नेपालगञ्ज र सुदुर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल अन्तर्गत अञ्चल प्रहरी कार्यालय धनगढी उपशाखाबाट लिन सकिनेछ ।

चारीत्रिक प्रमाणपत्र आफ्नो वेभ साइबाट डाउनलोड गर्न सकिने प्रहरीले जनाएको छ । निवेदनका साथमा राहदानीको प्रतिलिपी, नागरिकता, विवाहित महिलाको हकमा विवाह दर्ता, पासपोर्ट साइजको २ वटा रंगिन फोटो चाहिन्छ ।  निवेदन दिएको तीन दिनपछि सम्बन्धित कार्यालयबाट बिहिबार र शुक्रबार मात्रै प्रमाणपत्र वितरण गरिने प्रहरीले जनाएको छ । 

युएईमै रहेका नेपालीले के गर्ने ? 

युएईमै रहेका नेपालीका लागि अहिलेकै कम्पनीमा रहुुञ्जेल पुलिस रिपोर्ट आवश्यक पर्दैैन तर कम्पनी परिवर्तन गर्नुु परेमा रिपोर्ट अनिवार्य गरिएको छ । कम्पनी परिवर्तन गर्नेहरुले आफू रहेको ठाउँ नजिकैको प्रहरी कार्यालयबाट रिपोर्ट बनाउन सक्नेछन् । 

दूतावासमा जानकारी लिन आउने बढे  

युएई आउने कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरिएपछि दूतावासमा यस बारे बुझ्न आउनेहरु बढेका छन् । उनीहरुले टेलीफोन गरेर र आफैैं दूतावासमा आएर जानकारी लिइरहेको दूतावासका प्रवक्ता द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । 

यसैबिच युएईका लागि कार्यबहाक नेपाली राजदूत सागरप्रसाद फुुयाँलले नेपालीलाई कागजात बनाउन र यो जानकारी सबैसम्म पुर्याइदिन पनि आग्रह गर्नु्भएको छ । युएईले यो योजना आपराधिक गतिविधि नियन्त्रण गर्न ल्याएको भन्दै फुुयाँलले यसले नेपालीलाई फाइदा हुने बताउनु्भयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

  • त्यागेको सारङगीमै फर्किए हिमालसागर

    चुचे ढुङ्गो उही टुङगो भने जस्तै हिमालसागर सारङ्गीकै संगतमा फर्किनुभयो । हिमाल छोडेर गएपनि बुवा र दाइको सारङ्गी बजाएर गाउँ गाउँसम्म गाउँदै हिँड्ने क्रम चलिरहेकै थियो । उहाँ पनि बुवा र दाईसँगै हिँड्न थाल्नुभयो ।

  • युएईबाट घरमा पैसा पठाउँदा छविलालले जिते १२ लाख

    आबुधाबीको अलजिमी मुसाफा मजदुर क्याम्प क्षेत्रबाट युएईको अल अहलिया एक्सचेन्ज मार्फत परिवारलाई पैसा पठाउँदा उहाँलाई उपहार स्वरुप १२ लाख रुपैयाँ बराबरको कार परेको हो ।

  • भाखा राख्यो डाँडै काट्यो, पासपोर्ट र १६ लाख कहिले पाउने ?

    ‘भाखा राख्यो डाँडै काट्यो, हामीले पासपोर्ट र १६ लाख कहिले पाउँछौं होला त ?,’ सिराहका मनिसप्रसाद गुप्ता प्रश्न गर्नुहुन्छ । युएई पठाउँछु भन्दै ठग्ने दलाल गुफर मिया फरार भएपछि मनिसजस्तै १८ जनाको प्रश्न यही छ ।

  • ‘म जन्में भनेर बाबा घर नफर्किनुभएको हो ममी ?’

    ‘बाबा म जन्में भनेर घर नफर्किनुभएको हो ममी ?’ ६ वर्षकी बालिकाले यस्तो कुरा सोच्लिन अनि भन्लिन ? धेरैको उत्तर आउला यो त ठूलो भइसकेपछि मात्रै बुझ्ने र सोच्ने कुरा हो । साना केटाकेटीले कहाँ यस्तो कुरा बुझ्छन र गर्छन् ।

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

    ठाकुरप्रसाद तिवारी
  • कामदारको अवस्था नाजुक रहेका बेलामा दिवस मनाउनु र कामदारका अधिकारका कुरा गर्नुको कुनै अर्थ छैन । उहाँले हजारौ नेपली कामदार जो आफ्नो अधिकार नपाएर खडिको तातो मरुभुमी मा घोडाले खाने चना खानाको रुपमा खादै रगतको पसिना बगाउदै छन । तर न त भने बमोजीम तलब पाउछन, न त करार अबधि मा मेनपावरलाई बुझाएको ऋणको चर्को ब्याजनै तिर्न सक्छन ? फर्केर आउदा न त घर रहन्छ न जग्गा ? यस्तो अबस्थामा दिबस मनाउनु ति पिडित कामदारको पिडामा उत्सब मनाउनु हो ।

    ​दिलु घर्तीमगर
सबै हेर्नुहोस