MENU

विशेष

‘म त अहिले राम्रो कमाउने भएँ नि'

रुपा राई/सिरहा ।

माघ २९ –  ‘म त अहिले राम्रो कमाउने भएँ नि,’ इमोमा म्यासेज आयो । राम्रो काम गरेँ भनेर मसँग खुसी साट्ने को होला ? मेलै म्यासेजको जवाफ दिनुअघि खोजी गरेँ । म्यासेज पठाउने नम्बर मलेसियाको थियो । 

म्यासेज पठाउने व्यक्तिको टुङ्गो लगाउन धेरै समय लागेन । झण्डै ७ महिना अघि मलेसिया पुगेका नरेश गजमेर थिए । ‘मलेसियामा भनेकै काम पाइयो, कमाइ पनि भने अनुसारकै छ,’ नरेशले यस्तै म्यासेज मलाई पठाइरन्छन् । 

नरेशले मलेसियामा भनेअनुसारकै काम पाएको र कमाई पनि राम्रै भएको भन्दै मसँग खुसी साट्नुको कारण एउटै छ, मैले उनलाई विदेश जाँदा सीप सिकेर मात्रै जानुपर्छ भनेर सम्झाएँको थिए ।

२०६९ मा जहाज चढ्ने रहरले कतार पुगेका नरेशलाई विदेशका सुखदुःख र सीपको महत्वको बारेमा हेक्का भएन । जहाज चढ्ने रहर थियो । 

जहाज चढेर पुगिने देशमा टन्न कमाइ हुन्छ भन्नेमा नरेश ढुक्क थिए । ‘त्यो बेलामा विदेशमा दुःख पाइन्छ कि भन्ने त सोचनै पो आएन । जहाज चढ्ने दिनको प्रतिक्षा थियो,’ नरेश सुनाउँछन, ‘काम राम्रै छ घाम गर्मी सहन पर्दैन कुर्सीमै बसेर गर्ने काम हो भने म्यानपावरले पनि ।’

तर जहाजबाट झरेपछि भने नरेश झस्किए । कम्पनीका मानिसले उनीसँग म्यापावरले दिएको कागजपत्र मागे । ‘खै ल्याउ त सबै कागज भने । हामीलाई के थाहा र १३ सय मासिक तलव पाउने भनेर सहमति गरेका कागज मागेर उनले त ७ सय रियालको सम्झौतापत्र पो दिए,’ खुसी हुँदै बोलिरहेका नरेशको आवाज फेरियो । 

कतारमा पाएको दुःखको कुरा सुनाउन थालेपछि नरेशको आवाजनै गले झै लाग्यो । मलेसियामा सीप सिकेर राम्रो काम पाएकोमा आनन्द भएपनि कतारमा भोगेको दुःखले नरेशलाई भतभती पोलिरहेको थियो । 

नरेश जहाज त चढे । तर त्यो जहाज चढ्ने रहरले निकै हैरानी सहनु पर्‍यो । कुर्सीमा बस्ने काम गर्ने सपना लिएर जहाज चढेका थिए । तर कुर्सीमा बस्ने हैन कुर्सीमा बस्नेले गरेका फोहोरहरु सफा गर्नु पर्‍यो । साहुको ऋण भने दिनदिनै बढिरहेको थियो । 

तर नरेशको कमाइ बढेन । 'काम छाड्उ ऋण कसरी तिर्ने । गरौं भुईं पुछ्ने, सफा गर्ने । त्यसमाथि सम्झौता भएको तलवमा पनि झण्डै आधा मात्र । ‘कम्पनीमा हुने फोहोरहरु सबै सफा गर्नुपर्ने । के गर्ने सफा गर्ने काम भनेर मात्र नहुँदो रहेछ । नेपालमा घर बढारेजस्तो नहुने । सुरुमा त सफा गर्न नजान्दा पनि निकै दुःख पाइयो,’ मलेसियामा रहेका नरेशले इमोबाटै दुःख साटे । 

पराई देशको बारेमा बुझ्दै नबुझी जाँदा पाएको दुःख सुनाउदा नरेशलाई चौतारीमा गह्रौ भारी बिसाए झैं लाग्यो होला । मलाई पनि उनले पहिलेका दुःख मसँग बिसाएकोमा भन्दा पनि सीप सिकेर यो पाली राम्रो काम पाएको खुसी लाग्यो ।

कतारको ३० महिने दुःखसँगको सम्बन्ध टुटाएर नरेश नेपाल फर्किए । कतारमा पाएको दुःखले नरेशलाई सीप र कमाइको महत्व सिकायो । ‘सीप सिकेर राम्रो काममा जान्छु भनेर मनमनै बाचा गरेँ । भुईं पुछ्ने काम नजान्दा खाएको गालिनै केही गर्नुपर्छ भन्ने प्रेरणा बन्यो,’ नरेश सुनाउँछन् ।

झण्डै ७ महिना अघि नरेश सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तर्गत सिराहामा रहेको सूचना केन्द्रमा आएका थिए । केन्द्र मार्फत नै प्लम्बरको सीप सिकेर उनी मलेसिया गएका हुन् । नरेश मलेसिया पुगेको ६ महिना पुग्न लाग्यो ।

नरेशले मलेसियामा प्लम्बरकै काम पाएका छन् । ‘मलाई कम्पनीले अन्त काम गरेको हो भनेर सोध्यो, मैले हैन सीप मात्र सिकेको भनेँ । मेलै गर्न सक्ने भएर हो कि मलाई त ६ महिनामै मेसिन अपरेटरको काम दिएको छ,’ नरेशले खुसी हुँदै भन्नुभयो, ‘बसीबसी काम गर्न पाएको छु, तलब पनि २४ सय रिंगट हुन्छ । मलाई यो भन्दा अरु के चाहियो र ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस