विशेष
वैदेशिक रोजगारीका क्षेत्रमा रहेको सिण्डिकेट तोड्छु : मन्त्री विष्ट
- Sunday, Apr 08, 2018
- 19:58 PM (2 weeks ago)
- Total Views: 5.1 K
सञ्जिता देवकोटा/उज्यालो ।
काठमाडौं, चैत २५ – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीका क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य बताउनुभएको छ ।
वैदेशिक रोजगार पत्रकार समाजले गरेको कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगारीमा स्वस्थ्य जाँच जस्तै धेरै काममा सिण्डिकेट रहेको भन्दै त्यसलाई तोड्ने गरी काम गर्ने बताउनुभएको हो ।
स्वास्थ्य क्षेत्र रहेको सिण्डिकेट तोड्न आजै युएईका राजदूतसँग नेपालका सरकारी अस्पतालले गरेको होल बडी चेकअपलाई मान्यता दिन आग्रह गरिएको र त्यसमा युएई सकारात्मक जवाफ दिएको मन्त्री विष्टले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका क्षेत्रमा अहिले विकृती रहेको भन्दै मन्त्री विष्टले त्यस्ता विकृतीलाई हटाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसरी काम गर्दा अहिले विकृती फैलाइरहेका शक्तिले रोक्न खोज्ने आफूलाई थाहा भएको भन्दै त्यस्ता शक्तिलाई परास्त गर्न दृढ रहेको उहाँको भनाई छ ।
वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या निर्मूल पार्न भएका कानुन परिमार्जन र नयाँ कानुन बनाइने पनि मन्त्री विष्टले बताउनुभयो । विदेशमा कानुनी समस्या परेका नेपालीलाई कानुनी सहायता उपलब्ध गराउने काम छिट्टै थालिने मन्त्री विष्टको भनाई छ ।
पुनः श्रम स्वीकृतीका लागि नयाँ ढङ्गले सोचिने भन्दै मन्त्री विष्टले कामदार भएकै देशबाट गर्ने व्यवस्था मिलाउने गरी निर्णय लिइने पनि बताउनुभएको छ । यहाँबाट तोकेको सेवा सुविधा नपाएका कामदारको हित हुने गरी अनुगमन र त्यसका लागि गर्नुपर्ने सबै काम गर्न तयारी गरिरहेको बताउनुभयो ।
यस्तै नेपालमै रोजगारी सिर्जना गर्ने अनि विदेशमा भएका नेपालीलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाउने उहाँले बताउनुभयो । मन्त्री विष्टले विदेशबाट फर्किएका नेपालीको अभिलेख राख्ने व्यवस्था छिट्टै मिलाउने पनि बताउनुभयो ।
अहिले विदेश जानु अघि दिइने दुई दिने अभिमुखिकरणलाई प्रभावकारी नभएको गुनासो बढीरहेको भन्दै उहाँले त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउने पनि बताउनुभएको छ ।
अहिले श्रम स्वीकृतका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता अन्त्य गर्न विकेन्द्रीकरणको निर्णय लिइसकिएको भन्दै त्यो छिट्टै कार्यान्वयन गर्ने बताउनुभयो ।
मन्त्रीलाई एनआरएनएका प्रतिनिधिको सुझाव
मन्त्री विष्टलाई विभिन्न देशका एनआरएनएका प्रतिनिधिले आ–आफ्नो क्षेत्रमा रहेका समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका छन् ।
एनआरएनए दक्षिण कोरियाका महासचिव डाक्टर इन्दिरा तिवारी इपिएसबाट गएका नेपाली पनि अदक्ष रुपमा गइरहेका छन् भन्दै दक्ष कामदार पठाउनुपर्नेमा जोड दिनुभयो । कोरियाली नागरिकले नगरेका काम नेपालीले गर्नु परिरहेको भन्दै उहाँले सीपयुक्त जनशक्ति पठाउन सरकारले नै सीप सिकाउनुपर्ने बताउनुभयो ।
काम गाह्रो हुँदा नेपाली कामदारमा डिप्रेसनको समस्या बढेको भन्दै उहाँले त्यसकै कारण आत्महत्याको दर पनि बढीरहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
एनआरएनए मलेसिया अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसिया जाने नेपालीका लागि नेपाल सरकारले तोकेको तलब र त्यहाँ दिइने तलब फरक रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । मलेसियामा मुख्य रुपमा रहेको नेपाली अवैधानिक हुने समस्या कम गर्न दूतावासले नै नोटरी बनाउनु पर्नेमा जोड दिनुभयो ।
एनआरएनए मध्यपूर्व संयोजक आरके शर्माले विदेशमा समस्यमा पर्ने नेपालीलाई तत्काल उद्धार र राहत दिने व्यवस्था मिलाउन माग गर्नुभयो । ब्लडमनी तिर्नु पर्ने र कानुनी अप्ठ्यारोमा पर्नेहरुका दूतावासमै वकिलको व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो ।
यस्तै दूतावासबाटै श्रम स्वीकृती हुनुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी सबैले वैदेशिक रोजगारीमा जाने नेपालीलाई आफू जाने देशका बारेमा सामान्य जानकारी पनि नभएको भन्दै दुई दिने अभिमुखिकरण प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।
त्यसका लागि सरकारले नै अभिमुखिकरण दिने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ । त्यस्तै मलेसियासहित खाडीका देशमा जानेहरुलाई फ्रि भिसा फ्रि टिकट कार्यान्वयन नहुँदा समस्या परेको भन्दै त्यसमा ध्यान दिन आग्रह गरेका थिए ।
वैदेशिक रोजगारीका क्षेत्रमा रहेको सेटिङलाई रोक्न अध्यागम चुस्त हुनुपर्ने उनीहरुको भनाई छ । एनआएनए ओमानले कामदारका हितका विषय समेट्दै ज्ञापन पत्र पनि बुझाएको छ ।
सम्बन्धित समाग्रीहरु
-
उद्धार गर्न निवेदन दिएको आठ महिनापछि विभागले भन्यो ‘केश हेर्नुपर्छ, फेरि निवेदन दिनुहोस्’
बलबहादुर आफैंले गएको हप्ता वैदेशिक रोजगार विभागको उद्धार शाखाका अधिकृत शशी लम्साललाई फोन गरेर उद्धार गरिदिन आग्रह गर्नुभयो । तर उहाँले दिएको जवाफले बलबहादुर निराश हुनुभएको छ ।
-
‘विदेश पुगेपछि थाहा पाएँ पैसा त नेपालमै रहेछ’
‘विदेशको दुःख भन्दा यो धेरै सहज लाग्छ’ दुवै जनाले एकै स्वरमा भन्नुभयो ‘विदेश पुगेपछि पैसा त नेपालमै रहेछ भन्ने थाहा पाएँ ।’
-
उद्धारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
युएईमा रहेको नेपाली दूतावासले रोजगारीका लागि युएई आएर समस्यमा पर्ने नेपालीलाई सहयोग र अप्ठ्यारोमा परेकाहरुलाई उद्धार गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताएको छ ।
-
सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
चौतारा साँगाचोकगढी नगरपालिकाकाको स्याउलेका चन्द्र बहादुर खत्री, पिपल डाँडाका कमल बस्नेत र बतासेका मिनबहादुर तामाङ मलेसियामा सम्पर्कविहीन भएका हुन् ।
विशेष
समाचार
-
आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर
काठमाडौं, वैशाख ९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
-
वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्रै दक्ष, अदक्ष ७४ प्रतिशत
काठमाडौं, वैशाख ८ – वैदेशिक रोजगारीमा जान नेपालीमध्ये धेरै अदक्ष कामदारकै रुपमा जाने गरेको पाइएपछि सरकारले अब तालिम दिएर मात्रै पठाउने तयारी गरेको छ ।
-
त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण नेपाल जान लागेका यात्रुहरु युएईमा अलपत्र परेका छन् ।
-
शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
काठमाडौं, वैशाख ७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।
मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु
-
तपाईंको बोली पनि परदेशी सम्पर्कविहीन हुने कारण बन्न सक्छ मलेसियाबाट श्रीमानले पैसा पठाई दिन्छु भन्दा निशा फुरुङ्ग थिइन् । भोलिपल्ट श्रीमानले फोन गरेपछि भने निशा रिसले चुर भइन् । पैसा पठाइदिने भनेका श्रीमानको कुरा फेरिएछ । श्रीमानले निशालाई पुलिसले पैसा खोसिदियो भनेपछि उनलाई धेरै रिस उठेछ । उनले पनि रिसको झोंकमा पैसा जति सबै कुन केटी खुवायौ होला भनिदिइन् । उनलाई पुलिसले पनि पैसा खोस्छ त भन्ने लागेर त्यसो भनेकी हुन रे । उनले त्यति भन्न नपाउँदै फोन काटेका श्रीमानले त्यसपछि फोन गरेका छैनन् । पार्वतीका छोरा मलेसियामा थिए । उनले छोरालाई फोनमा ट... पुरा पढ्नुहोस
-
१७ वर्षको उमेरमै कतार पुग्दा एसएलसी दिएको थिएँ । त्यो भन्दा माथि पनि पढ्न मन थियो । तर घरको आर्थिक अवस्थाले गर्दा मैले त्यो भन्दा धेरै पढ्न सकिन । त्यतिबेला गाउँबाट सबैजना विदेश गइरहेका थिए । मलाई विदेशको बारेमा थाहा थिएन । अरुले कमाइ हुन्छ भन्ने सुनाए । पढ्न पैसा थिएन । घरमा यतिकै बस्नु भन्दा त विदेश गएर कमाउँछु भन्ने लाग्यो । विदेश जान्छु भन्ने शब्द मेरो मुखबाट उम्कन नपाउँदै दलालले मैले सुनेको भन्दा पनि राम्रा कुरा सुनाए । एसीको पसलमा हो काम । उनले मलाई किन्न आउने गाह्रकलाई एसी देखाउने र घरमा गएर एसी फिट ग... पुरा पढ्नुहोस
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
मेरो पनि भन्नु छ
-
माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।
प्रकाश थापा / युएई -
कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।
निशान राई / दक्षिण कोरिया -
खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या, -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्यो भने ठिकै हुन्छ खराब पर्यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्
अबिर मान लिम्बु / साउदी अरब -
हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ। पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।
दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
प्रतिक्रिया दिनुहोस