MENU

विशेष

नेपाली दूतावास युएईमा कामदारका गुनासा र सूचनामा पहुँच

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, वैशाख २ – तीन वर्ष अघिसम्म युएईमा रहेको नेपाली दूतावासमा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) बनाउनेको घुईचो थियो । त्यही भीडमा पुग्ने नेपाली कामदारले महिनौं लगाएर राहदानी पाउँथे । पासपोर्ट कहिले आउँछ ? मेरो पासपोर्ट किन आएन ? दूतावासले समयमा सही सुचना किन दिएन ? भन्दै गुनासो सहित दूतावास  पुग्दा दूतावास  अस्तव्यस्त भएको सेवाग्रही आफैंले सुनाउँथे । 

तर अहिले यो समस्या न्युन मात्रै होइन प्राय शून्य छ । त्यसो त अहिले एमआरपी बनाउनेको घुइँचो उहिले जस्तो छैन । तर गएको महिना भने दूतावासमा भीड बढेकोे थियो । युएई आउने कामदारले भिसा पाउन अनिवार्य पुलिस रिपोर्ट बुझाउनुपर्ने नियम ल्याएकाले यस् बारे बुझ्न दूतावास आउने नेपालीको सख्या ह्वात्तै बढ्याे।  

तर यस पटक आफूलाई चाहिएको सुचना कहाँ गएर कसलाई सोध्ने भन्ने बारे दूतावास पुग्ने कसैलाई झनझट खेप्नु परेन । दूतावासको मुख्य ढोकाबाट सजिलै प्रवेश पाईन्छ । मुल ढोकाको अगाडि भेटिनुहुन्छ दूतावासका स्थानीय दरबन्दीमा रहेका कर्मचारी दस्तुरसिङ बस्नेत । 

उहाँले दूतावासमा कार्य विभाजन गरिए अनुसार सूचना लिन आउनेलाई सम्बन्धित कुटनैतिक कर्मचारीको कक्षमा जान सुझाव दिनुहुन्छ । त्यसो गर्दा एउटा व्यक्ति धेरै बेर भुलिनु पर्दैन । 

अहिले आइतबार १ सय भन्दा धेरै र अरु दिन ८० जना भन्दा धेरै सेवाग्राही दैनिक दूतावास आउने गरेका छन् । सेवाग्राहीकोे भीड केही कम भए पनि कर्मचारीलाई कामको चाप भने उतिकै छ । 

आजभोलि दूतावासमा विभिन्न विषयका सूचना लिनेहरुको सख्या बढ्दोे छ । सामान्य विषयको सूचना लिन समेत दुतावास पुग्ने सेवाग्राहीलाई प्रविधिले सहज बनाएको त छ तर सबैले त्यही सुविधा बारे जानकारी पाएका भने छैन । 

दुतावासले यहाँ कार्यरत नेपाली कामदारलाई लक्षित गरि दुतावासको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा विभिन्न गतिविधी र सूचना राख्दै आएको छ । यिनै माध्यम प्रयोग गरेर विभिन्न विषयका सूचना माग्ने र प्रतिक्रिया जनाउन पनि दिन पाइन्छ ।

दूतावासका सूचना तथा आम नागरिकले मागेको सुचना प्रदान गर्न द्वितीय सचिव कृष्ण अर्याललाई सूचना अधिकारीको जिम्मेवारी दिइएको छ । दूतावासको प्रतिक्षा कक्षामा डिजीटल बडापत्र समेत राखिएको छ ।  सामाजिक सञ्जालमा सोधिएका कतिपय विषयलाई महत्वका आधारमा दूतावासले सुनुवाई गर्ने गरेको छ । कार्यलय समय भन्दा बाहिरको समयमा पनि सेवाग्राहीका जिज्ञासालाई सम्बोधन गर्ने गरिएको अर्यालले बताउनुभयो । 

खासगरी घरेलु महिला कामदारमाथि लगाइएको प्रतिबन्ध सम्बन्धमा धेरैले जानकारी माग्ने गरेका छन् । त्यस्तै भिसा नविकरण, नयाँ भिसा प्रक्रिया, पुलिस रिपोर्ट, दूतावासबाटै गरिने भनेको पुनः श्रम स्वीकृती लगायतका बिषयमा धेरैले दूतावासमा सोध्ने गरेको अर्यालले जानकारी दिनुभयो । 

यस्तै परिवारका सदस्यलाई भिजिट भिसामा ल्याउँदा चाहिने कागजात, युएईमा फेरिएका कानुन र नियम लगायतका विषयमा सूचना माग्नेहरु पनि धेरै छ । अन्य देशका नागरिकले पनि भिसा पक्रिया लगायतका अन्य विषयमा सूचना लिने गर्छन् । 

दूतावासको फोन नउठ्ने सेवाग्राहीको गुनासो अहिले पनि छ । ‘हट लाइनको व्यवस्था नगर्दासम्म यो गुनासो कम हुने देखिदैन’, ‘त्यसका लागि हामीले काम गरिरहेका छौं,’सूचना अधिकारी  अर्यालले भन्नुभयो । 

फोन उठ्दैन भन्ने गुनासो आएपछि एक महिना अघिबाट सबै कुटनीतिक कर्मचारीको मोबाइल नम्बर समेत वेबसाइटमा राखिएको छ । आफ्नो काम अनुसार चाहिएका कर्मचारीलाई फोन गरेर सूचना लिन सकिने दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस